Khabar Dabali Logo
  September 20, Fri

निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै झडप, सुरक्षा व्यवस्था कडा

काठमाडौं । गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने भएकोले निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाई गरिएको समाचार छ ।

राजधानी जाकर्तामा बिहीबार दशौँ हजारको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बिहीबार बिहानैदेखि सुरक्षामा कडाई गरिएका समाचारहरु आइरहेका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

गत मङ्गलबार इन्डोनेसियामा राष्ट्रपतिको निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रदर्शनकारीबीच कैयौँ झडपहरु भएका थिए ।

विशेषगरी राजधानी जाकर्तामा भएको झडपमा परी छ जना व्यक्तिको मृत्यु हुनुको साथै दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै राष्ट्रपतिमा विजयी जोको बिडोडोको विरोध भएको छ । यहाँका विपक्षीहरुले निर्वाचनमा धाँधली भएको भन्दै सडक प्रदर्शन थालेका हुन् । प्रदर्शनका क्रममा मारिएका ती व्यक्तिहरुमा उच्च माध्यमिक विद्यालयका एक १७ वर्षीय छात्र पनि परेका छन् ।

मङ्गलबारबाट हिंसा शुरु भएको थियो । निर्वाचनजन्य हिंसामा परी बुधबार बिहान ९ बजेसम्म छ व्यक्तिको मृत्यु हुनुको साथै करिब दुई सयभन्दा बढी घाइते भएका मध्य जाकर्तामा रहेको एक अस्पताल स्रोतले जानकारी दिएको समाचारमा उल्लेख छ ।

मङ्गलबार रातिबाट शुरु भएको यो झडप पाँच घण्टासम्म जारी रहेको थियो । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको बिडोडो मङ्गलबार पुनःराष्ट्रपति पदमा निर्वाचित भएका थिए।

जाकर्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासितरुपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोका निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकले निर्वाचनमा धाँधली भएको दाबी गर्न थालेका थिए ।

सत्तासिन राष्ट्रपति विडोडोले ५५।५ प्रतिशत मत प्राप्तगरी पुनःराष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएपछि उनको विरोधमा प्रर्दशनकारीले प्रर्दशन शुरु गरेका थिए ।

निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोले ४४।५ प्रतिशत मत प्राप्त गरेका थिए । उनले निर्वाचन स्वच्छ र स्वस्थ रुपमा हुन नसकेको आरोप लगाएका छन् ।

निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनःराष्ट्रपतिमा विजयी भएको घोषणा गरेको थियो ।

इण्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ । सन् २०१४ मा पनि विडोडोले ५३।१५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६।८६ प्रतिशत प्राप्त गरेका थिए ।

निर्वाचनको परिणाम बाहिरीएपछि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मान्नुभएको छैन । उनले पाँच ओटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिनुभएको छ ।

यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ । तर राष्ट्रपति बिडोडोको दलले भने निर्वाचनमा धाँधली भएको भन्ने समाचारको खण्डन गरेको छ ।

जेठ ९ गते, २०७६ - १५:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्ने आएकाे छ – वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने...   

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हँुदै...   

वासिङ्टन डिसीमा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङ्टन । उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना...   

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको यस्तो कटाक्ष

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित...   
पूर्वसांसद दाहालको निधन

पूर्वसांसद दाहालको निधन

काठमाडौं। पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा...   

युवती भनेर ७० वर्षीया वृद्धालाई ४० वर्षीय रोहितद्वारा बलात्कार

राजविराज । सप्तरीमा युवती भनेर ७० वर्षीया वृद्धालाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन् । सप्तरीको...   
संविधान परिमार्जन गर्न सकिन्छ – प्रधानमन्त्री ओली

संविधान परिमार्जन गर्न सकिन्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा...   
उपमेयर राई चढ्ने गाडीलाई लक्षित गरेर बम विस्फोट

उपमेयर राई चढ्ने गाडीलाई लक्षित गरेर बम विस्फोट

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राई चढ्ने गाडीलाई लक्षित गरि कुकर बम विस्फोट...   

एन आई सी एशिया बैंक र लोक सेवा आयोगबीच राजश्व संकलन गर्ने सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर...   

विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना

काठमाडाैं। संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top