Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

हतियारसहित आठ जना डाँका धनुषाबाट पक्राउ

धनुषा । हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पक्राउ गरिएका डाँकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

जानकी विहारका महन्त नारायण शरणको बासस्थानमा नगद र मन्दिरमा रहेको सुनचाँदीलगायतका गरगहना डकैती गरी लुटी लैजाने उद्देश्यले भारतको विहारबाट भारतीय नंं प्लेटको २ मोटरसाइकल तथा एक स्कुटरमा आठ जनाको आपराधिक समूह हातहतियारसहित स्थानीय लभ्ली होटलमा बसी रातिको समयमा डाँका गर्दैछन् भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि गएराति ९ः१५ बजेको समयमा प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय, सङ्घीय प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले डाँकालाई घेरा हाली नियन्त्रणमा लिइएको जनाइएको छ ।

नियन्त्रणमा लिन खोज्दा डाँकाहरूले हतियार फायर गरी भाग्ने क्रममा प्रहरीका तर्फबाट समेत पेस्तोलद्वारा फायर हुँदा भारत विहार प्रदेशको समस्तीपुर जिल्ला बस्ने २४ वर्षीय रवि मलिक डोम गोली लागी घाइते भएपछि उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा उपचार भइ रहेको छ ।

घटनास्थलबाट घाइतेसहित सात जनालाई नियन्त्रणमा लिइएको र लभ्ली होटलमै बसेर वारदातपछि स्कुटर चढी फरार भएका भारत विहार मधुवनी साहरघाटका ३८ वर्षीय पप्पु भन्ने सञ्जयकुमार साह सुमनलाई महोत्तरी जिल्लाको मटिहानीबाट पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ हुने अन्य डाँकामा भारतको समस्तीपुर जिल्ला सिमरी–८ का विद्यापति नगरका २० वर्षीय साहिल रजक, सोही ठाउँका २८ वर्षीय सुजितकुमार राय, ३० वर्षीय अमितकुमार सिंह, २० वर्षीय अमितकुमार यादव र मधुवनी जिल्ला साहरघाटका ३२ वर्षीय रञ्जितकुमार भगत रहेका छन् ।

घटनास्थलबाट दुई राउण्ड गोली लोड गरिएको पेस्तोल एक नाल, दुई राउण्ड एसएलआरको गोली, कटुवा पेस्तोल एक नाल, खुकरी एक थान, भारतीय नं प्लेटको स्कुटर थान एक र मोटरसाइकल थान दुईसमेत बरामद गरिएको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies