Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

हाँस्ने शैलीले झल्काउँछ तपाईको व्यक्तित्व

एजेन्सी । सामुद्रिक शास्त्रका माध्यमले हामीले जोकोहीको पनि व्यक्तित्व पनि विश्लेषण गर्न सक्छौं । मान्छेको हाँस्ने शैलीबाट पनि उसको व्यक्तित्वका बारेमा थाहा लाग्छ ।

मजाले गलल्ल हाँस्ने मानिस सहृदयी, सहनशील, दयालु र सबैको भलो चाहने खालको हुन्छ । यस्तो मानिसमाथि विश्वास गर्न सकिन्छ । भगवानको भक्तिमा मन लाग्छ यस्तो मानिसलाई । यस्ता मान्छेले सबैलाई खुशी राख्छन् । प्रेमजीवनमा पनि यिनीहरू इमान्दार हुन्छन् ।

चर्को स्वरमा हा हा गर्दै हाँस्ने मानिस उच्च स्थानमा पुग्नका लागि सदैव प्रयत्नशील हुन्छन् । उनीहरूको हाँसोमा अहंकार पनि झल्किन्छ । उनीहरू अर्काको कुरा काट्दैनन् । यिनीहरूको अहंकारमा कसैले चोट पु–यायो भने चाहिँ यिनीहरूले त्यसलाई बाँकी राख्दैनन् । यस्ता मानिस समाजमा लोकप्रिय हुन्छन् । मान्छेलाई प्रयोग गर्ने कलामा यिनीहरू निपूण हुन्छन् ।

रोकिई रोकिई हाँस्ने मानिसहरू आफ्नो काममा चतुरा हुन्छन् । यस्ता मान्छेको दिमागमा केही न केही कुरा घुमिरहेको हुन्छ । यिनीहरू अर्काको कुरा बुझेर त्यसै अनुसारको व्यवहार गर्छन् । यिनीहरू सन्तुलित हुन्छन् तर यिनीहरूमा केटौलोपना देखिन्छ ।

शान्त मुस्कान हुनेहरू मनको प्रसन्नता अभिव्यक्त गर्न हिचकिचाउँदैनन् । यस्ता मानिस गम्भीर, धैर्यवान्, शान्त, विश्वासी र चरित्रवान् हुन्छन् । आफ्ना कुरालाई थोरै शब्दमा व्यक्त गर्न सक्छन् यिनीहरूले । सबैका साथ सामान्य व्यवहार गर्छन् । शान्त स्वभावका साथ सबैलाई आफूतिर आकर्षित गर्छन् ।

घोडाले हिनहिनाएको जस्तो गरी हाँस्ने मानिसहरू फटाहा, धूर्त, अहंकारी र चरित्रहीन हुन्छ । आफ्नो स्वार्थ पूरा गर्न यिनीहरू जे पनि गर्छन् । स्वार्थ पूरा भएपछि यिनीहरू व्यक्तिलाई बिर्सिदिन्छन् र अझ कुरा पनि काटिदिन्छन् । यस्ता मानिसबाट टाढा हुनु बेश ।

सबैसँग मिलेर हाँस्ने र सानो सानो कुरामा पनि अकारण हाँस्ने मानिस मिलनसार हुन्छन् तर त्यत्तिकै स्वार्थी पनि हुन्छन् । यिनीहरूलाई बुझ्न अलि गाह्रै हुन्छ । कसैलाई प्रयोग गरेर आफ्नो स्वार्थ साँध्न यिनीहरू माहिर हुन्छन् । यिनीहरूको दिमागमा जतिखेर पनि स्वार्थपूर्तिका कुरा घुमिरहेका हुन्छन् ।

हाँस्दाखेरी गालामा डिम्पल बन्ने मानिसहरू सबैसँग छिट्टै घुलमिल गर्छन्, आत्मविश्वासी हुन्छन्, मिलनसार र रोमान्टिक हुन्छन् । गालामा डिम्पल पर्ने युवतीहरू प्रेमी फेर्दै हिँड्ने खालका हुन्छन् । यिनीहरू संवेदनशीलका साथसाथै जिद्दी पनि हुन्छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies