Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

रुसी सेनाले गरेको हवाई आक्रमणमा परि १२ जनाको मृत्यु

बेरुत । सिरियाको सरकारी फौजले इडलिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । उक्त हवाई आक्रमण रुसी सेनाले गरेको आशंका समेत गरिएको छ ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार रमादानको दिउँसोको उपबास सकिएर साँझपख मानिसहरु बजारमा भेला भएका बखत आक्रमण भएको थियो ।

यस्तै, मङ्गलबार राति विद्रोही लडाकूले नियन्त्रणमा लिइरहेको मारत अल–नुमान शहर आसपास गरिएको अर्को हवाई आक्रमणमा १८ जना घाइते भएको अब्जरभेटरीले जनाएको छ ।

भएका पछिल्ला भिडन्तमा ५२ जनाको ज्यान गएको छ जसमा सरकारी फौजतर्फ २९ जना र विद्रोहीतर्फ २३ जना रहेका छन् ।

गत मे ८ मा सरकारी फौजले नियन्त्रणमा लिएका धेरैवटा शहरलाई पुनः विद्रोहीले कब्जामा लिएको अब्जरभेटरीले जनाएको छ ।

मुस्लिम जिहादीको प्रभुत्व रहेको इड्लिब क्षेत्रलाई रुस, सिरिया र टर्कीबीच गत वर्ष सेप्टेम्बरमा भएको सहमति बमोजिम मध्यवर्ती क्षेत्रका रुपमा लिइएको छ । तर पछिल्ला हप्ताहरुमा सिरियाली फौज र रुसी सेनाले बमबारी गरिरहेका छन् ।

इड्लिब प्रान्तको अधिकांश भूभाग हायात तहरिर अल–शाम समूहले कब्जामा लिएको छ । साथै यही समूहले छिमेकी अलेप्पो, हामा र लाटाकीयाका केही भूभागमा पनि कब्जा गरेको छ ।

अब्जरभेटरीले गत अप्रिल ३० यतामात्र १८० जनाभन्दा बढी नागरिकको मृत्यु भइसकेको जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला भिडन्तका कारण दशौं हजार मानिस आफ्ना घर छाडेर अन्यत्र भागेका छन् ।एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies