Khabar Dabali Logo
  May 26, Tue

यी स्थानीयवासी जसले करोडौँको जग्गा विद्युत् प्राधिकरणलाई दान गरे

गलकोट। गलकोट नगरपालिका–४ डाँडाखेत निवासी चुडामणि शर्माले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रलाई रु एक करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।

केन्द्रले गलकोट प्रशाखा स्थापनाका लागि जग्गा खोजी गरिरहे पनि तीव्र शहरीकरण भएको गलकोट नगरपालिकामा आवश्यक जग्गा नपाउँदा समस्या भइरहेको थियो । आफ्ना स्व बाबा डण्डपाणि शर्माको स्मृतिमा गलकोट नगरपालिका–२ नरेठाटीस्थित मध्यपहाडी लोकमार्गसँगैको दुई रोपनी तीन दाम दुई पैसा जग्गा प्राधिकरणको नाममा नामसारी गरेको उनले बताए । ‘गलकोटमा कार्यालयको सेवा प्राप्त गर्नु पश्चिमवासीकै लागि खुशीको कुरा हो’, दाता शर्माले भने, ‘आफ्ना बाबुबाजेको जग्गामा सरकारी कार्यालय स्थापनाका लागि जग्गा प्रदान गर्दा म खुशी छु ।’

जिल्लामा पहिलोपटक सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै उक्त केन्द्रले प्रशाखा स्थापना गर्न लागेको केन्द्रका प्रमुख कपिलराज पाण्डेयले बताए । यही जेठ ७ गते मङ्गलबार मात्र जग्गादाताले प्राधिकरणको नाममा जग्गा नामसारी गरिदिएको उनको भनाइ थियो । ‘हामी लामो समयदेखि प्रशाखा स्थापनाका लागि जग्गाको खोजीमा थियौँ’, प्रमुख पाण्डेयले भने, ‘निःशुल्क प्राप्त भएको जग्गामा तत्कालै प्रशाखा भवन निर्माण थाल्नेछौँ ।’ उनका अनुसार प्रशाखा स्थापना भएपछि पश्चिम बागलुङका सेवाग्राही जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य हुनेछ । प्रशाखाबाट विद्युत् मिटर वितरणलगायत वितरण केन्द्रबाट गरिनै सबै प्रकारका सेवा उपलव्ध गराइने जनाइएको छ ।

जेठ ९ गते, २०७६ - १२:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतबाट लागुऔषध ल्याउँदै गरेका युवक पक्राउ

लहान । प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट...   

अब बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

पर्वत । पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान...   

मृतक नवराजका बुवा भन्छन् : बुहारी लिन जाँदा यो अवस्था आयो

जाजरकोट । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका...   
सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

काठमाडौ । प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक...   

चिकित्सकको सेवाबाट कोरोनाका बिरामी ढुक्क

लम्की । कैलालीको टीकापुर अस्पतालमा रहेका कोभिड –१९ संक्रमित तीनै जनाको अवस्था सामान्य छ । उनीहरुमध्ये...   

भारतबाट आएका नागरिकले क्वारेन्टिन भरिभराउ

डोटी । जिल्लाका नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा भारतबाट आएका नागरिकले अहिले भरिभराउ...   
रुकुम घटना, निष्पक्ष छानबिन होस् : सांसद विशुन्खे

रुकुम घटना, निष्पक्ष छानबिन होस् : सांसद विशुन्खे

काठमाडौ । प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही...   

काठमाडौँको टोखा क्षेत्र सिल

काठमाडौ । टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...   
जङ्गली हात्तीको आक्रमणबाट भारतीय युवकको घटनास्थलमै मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट भारतीय युवकको घटनास्थलमै मृत्यु

भद्रपुर । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको...   
राष्ट्रिय युवा परिषद्मा पुन : ढुङ्गेल

राष्ट्रिय युवा परिषद्मा पुन : ढुङ्गेल

काठमाडौ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त भएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top