Khabar Dabali Logo
  August 21, Wed

मोदी फेरी सत्तामा आउलान ? सुरुवाती नतिजा एनडिएको पक्षमा

एजेन्सी । लोकसभा चुनाव २०१९ बाट को बन्ला बाहुबली ? के फेरि पनि मोदी सरकार कै बहार आउला ? जसको उत्तर छिट्टै आउनेवाला छ । आजदेखि सुरु भएको भारतीय आम चुनावको मतगणनाले पाँच वर्षको लागि नेतृत्वमा को आउँछ भन्ने कुराको तय गर्नेछ ।

धेरैजसो एग्जिट पोलको नतिजाले फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै अगुवाईमा एनडीए गठबन्धनले जित्ने सम्भावना देखाइएको छ । विपक्षीले यहीबीच आफुँले जित्ने दावा पनि गरिरहेका छन् ।

लोकसभा चुनाव २०१४ मा भाजपाले एकलै २८२ सिट ल्याएको थियो । त्यसबेला कांग्रेस ४४ सिटमा सिमित हुन पुगेको थियो । यस चुनावमा कसले पल्लाभारी ल्याउया ? त्यो त तय भइसकेको छैन् । तथापि छिट्टै नै नतिजा सबैको सामुन्ने आउने छ । भारतीय चुनाव आयोगले जनाएअनुसार अन्तिम नतिजा बिहिबार राती दसबजेसम्म आउने छ ।

लोकसभा चुनावको लागि ५४२ संसदीय सिटमा भएको मतदानको गणना आजबिहान आठबजेदेखि सुरु भएको छ । चुनाव ११ अप्रिलदेखि १९ मईसम्म सात चरणमा सम्पन्न भएको थियो । अहिलेको लोकसभाको कार्यकाल तीन जुनमा समाप्त हुँदैछ । यस चुनावमा करिब ९० करोड मतदाता थिए । ९० करोड मतदातामा ६७ प्रतिशत मतदाताले चुनावमा भोट हालेका छन् ।

सुरुवाती नतिजा एनडिएको पक्षमा आउँदै
मतगणना सुरुवातमै सत्तारुढ एनडीएले अग्रता लिएको छ । मतगणना भएको करिब डेढ घण्टाको अवधिमा ९२ स्थानमा अग्रता लिएको छ । युपिए गठबन्धनले ३६ स्थानमा अग्रता लिएको छ । अन्यले २२ स्थानमा अग्रता लिइरहेको देखिएको छ ।

जेठ ९ गते, २०७६ - ०९:३२ मा प्रकाशित
Tags:
मोदी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरेको भन्दै छानविन गर्न माग

काठमाडौं। डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरिरहेको आरोप एक सांसदले लगाएका छन् । बुधबार...   

कश्मीर मुद्दामा मध्यस्थता गर्न ट्रम्पको चाँसो, भारत र पाकिस्तानसँग निरन्तर संवादमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक कश्मीर मुद्दामा मध्यस्थतताको चाँसो देखाएका...   
१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको...   

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न...   
यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

काठमाडौं । पछिल्ला सचिवालय निर्णयहरु प्रति असहमत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र...   
चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

एजेन्सी । चीनको स्वशासित क्षेत्र हङकङमा प्रदर्शन झनै चर्किदैं गएको छ । चीनको चेतावनीका वावजुत झन्...   

५० पदका लागि हुने उपनिर्वाचनका लागि ४० करोड लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ...   

ज्योतिषीलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौं । प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि करको दायरामा ल्याउनु पर्ने माग गरको छन् । मंगलबारको...   
सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ...   
सरकारको कारण राँगा भैंसी तस्करी बढ्यो : नेकपा सांसद खतिवडा

सरकारको कारण राँगा भैंसी तस्करी बढ्यो : नेकपा सांसद खतिवडा

काठमाडौं । नेकपाका सांसद विरोध खतिवडाले सरकारको कारण राँगा भैंसी तस्करी बढेको भन्दै विरोध जनाएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top