काठमाडौं । पोलिटब्युरो गठन र केन्द्रीय नेताको कार्यविभाजनको गृहकार्यमा जुटेका नेताले अझै तयारी सकेका छैनन्। आन्तरिक तयारी पूरा गरेपछि सचिवालय बैठक बोलाउने र प्रस्ताव अनुमोदन गराउने तयारीमा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल लागेका छन्।
आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - आन्तरिक तयारीका लागि अध्यक्षहरूले दैनिक छलफल गरिरहेका छन्। पोलिटब्युरो र नेताको कार्यविभाजनमा गृहकार्य नसकिएको महासचिव विष्णु पौडेलले बताए।
गृहकार्य सकिनेबित्तिकै सचिवालय बैठक बोलाउने पनि उनले जानकारी दिए। ‘सचिवालय बैठकको मिति तोकिएको छैन, अझै आन्तरिक गृहकार्यको काम भइरहेको छ। त्यो सकिनेबित्तिकै सचिवालयको बैठक बस्छ’, महासचिव पौडेलले भने।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई अध्यक्षबीच ‘वान टू वान’ छलफलसमेत भएको थियो। सरकारले ल्याउन लागेको बजेट, राष्ट्रिय राजनीतिलगायत विषयमा केन्द्रित रहेर छलफल भएको महासचिव पौडेलले जानकारी दिए।
सरकारले जेठ १५ मा बजेट ल्याउँदै छ। ‘सरकार बजेट निर्माणमा छ। त्यसको अन्तिम तयारी भइरहेको छ। यसमा अध्यक्षहरूले छलफल गर्नुभएको हो,’ महासचिव पौडेलले भने, ‘बजेटका अतिरिक्त राष्ट्रिय राजनीति, संगठनात्मक कार्यविभाजनलगायत विषयमा पनि छलफल भएको छ।’
पोलिटब्युरो गठनमै नेताले समझदारी जुटाउन सकेका छैनन्। नेताहरूले पोलिटब्युरो गठन भएपछि देखिन सक्ने असन्तुष्टिलाई दृष्टिगत गरी प्रक्रियामा ढिलाइ गरिरहेका छन्।
‘कार्यविभाजन पहिले गरेर पछि पोलिटब्युरो गठन गर्ने कि पोलिटब्युरोपछि कार्यविभाजन भन्नेमा अझै नेतामा छलफल चलिरहेको छ,’ सचिवालयका अर्का एक नेताले भने, ‘पहिले अध्यक्षले गृहकार्य सकेपछि मात्र बैठकको टुंगो लाग्छ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: