Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

तपाईंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो ? नत्र यो लफडामा फस्नुहोला !

धादिङ । गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए । पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो ।

आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत बिक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा आफँैले बेचेको मोटरसाइकलका चालकको मृत्यु भएको रहेछ । प्रहरीले सो मोटरसाइकल धनी खोज्दै जाँदा यातायात व्यवस्था कार्यालयमा पण्डितको नाम फेला प¥यो । त्यसपछि प्रहरीले कसरी त्यो मोटरसाइकल त्यहाँ पुग्यो भनेर पण्डितको खोजी गर्न थाल्यो ।

रिकण्डिसनमा बिक्री गरेको कागजका कारण पण्डित त बच्नुभयो । तर यस्तै तवरले सवारी साधन बिक्री गरेकाहरु फस्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्का बताउनुहुन्छ । यस्ता घटना धेरै आउने गरेको उहाँले बताउनुभयो ।

मोटरसाइकल, गाडी जस्ता सवारी साधन विश्वासमा अरूलाई बिक्री पछि पनि नामसारी नगरी चलाउन दिन नहुने खड्काको भनाइ छ । ती सवारी साधन दुर्घटना हुँदा त्यसको दोषी आफू हुन्छु भन्ने थाहा भई बेवास्ता गर्दा धेरै फस्ने गरेको उनले बताए । सरकारी वकिलले सवारी धनीपूर्जामा जस्को नाम छ उही प्रतिवादी बनाउने हुँदा धेरैले सानो कमजोरीका कारण ठूलो क्षति बेहोर्न बाध्य भएको खड्काको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौर सवारी साधन बिक्री गरेपछि तत्काल नामसारी गर्नुपर्ने बताउछन् । अर्काको सवारी साधन चलाउनेलाई पनि राम्रो नहुने भन्दै उहाँले यो सन्देश सबै सवारी धनीलाई पु¥याउन जरुरी देखिएको जानकारी दिए ।

आफ्ना सवारी साधन बिक्री गरेर नामसारी नगरेकाहरु धेरै रहेका छन् । विश्वासका आधारमा बस्दा सवारी साधन किनेकाहरुले बीमा नगर्ने, सवारी साधनको नवीकरण नगर्ने जस्ता समस्या देखिने गरेको छ । यसको दोषी पनि सवारी धनी हुने गरेका छन् । धेरै सवारी साधन पुराना भएपछि बढी बिक्री वितरण हुने गर्दछ । खरीद गरेकाहरुले आफ्नो नाममा नभएमा नवीकरण नै नगरी सञ्चालन गरीदिँदा सरकारी राजश्वमा स्वयम् सवारी धनीको बक्यौता बसिरहने समस्या हुने गर्दछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies