Khabar Dabali Logo
  August 21, Wed

विदेशमा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ६२५ कामदारका परिवारले बीमाबापत रु सात लाख आर्थिक सहायता प्राप्त गरेका छन् । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका÷बिरामी भएका २४६ लाई पनि आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अङ्गभङ्ग तथा बिरामी भएका कामदारले अङ्गभङ्गको प्रकृतिअनुसार रु सात लाखको पाँच प्रतिशतदेखि १०० प्रतिशतसम्म प्राप्त गरेको बोर्डले जनाएको छ ।

साउनदेखि वैशाख मसान्तसम्म १९ कामदारका परिवारलाई औषधोपचार सहयोग प्रदान गरिएको छ । बोर्डले श्रम स्वीकृति लिएर गएका कामदारको परिवारका सदस्यलाई पाँच प्रकारका कडा रोग लागेमा उपचार खर्चबापत रु ५० हजार उलपब्ध गराउँदै आएको छ । कामदारको परिवारलाई स्वास्थ्य उपचार सहयोगसम्बन्धी मापदण्ड, २०७३ ले क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सोही अवधिमा बोर्डले गन्तव्य मुलुकमा विभिन्न कारणबाट अलपत्र परेका ३९ नेपालीको उद्धार तथा मृत्यु भएका ६९ जनाको शव झिकाउन पत्राचार गरेको छ । ६५८ शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर ठेगानासम्म ढुवानी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जान छनोट भएका एक हजार ३७ महिलाले अभिमुखीकरण तालीम लिँदा तिरेको रकम सोधभर्ना गरिएको छ ।

त्यसैगरी बोर्डले वैदेशिक रोजगारीका क्रममा अभिभावक गुमाएका सन्ततिको अध्ययनमा समस्या नआओस् भनेर मृतक कामदारको ५२३ बालबालिकालाई छात्रवृत्ति वितरण पनि गरेको छ । बार्डले मृतक कामदारको सन्ततिको शैक्षिक विकासका लागि सामुदायिक विद्यालयतर्फ पूर्वप्राथमिकदेखि १२ कक्षासम्म र संस्थागत विद्यालयतर्फ नर्सरी वा सोसरहदेखि कक्षा १२ सम्मका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । आधारभूत तहमा अध्ययन गर्ने बालबालिकालाई वार्षिक रु आठ हजार र माध्यमिक तहका लागि वार्षिक रु १२ हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले प्रतिव्यक्ति रु एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म कल्याणकारी कोषमा जम्मा गर्ने गरेका छन् । करारअवधि दुई वर्ष भएका कामदारले रु एक हजार ५०० र दुई वर्षभन्दा बढी भएका कामदारले प्रतिव्यक्ति रु दुई हजार ५०० कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । बोर्डले सोही कोषमा जम्मा भएको रकमबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग, बिरामी भएमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै बोर्डले वैदेशिक रोजगारमूलक सीप तालीम सञ्चालनका लागि बालाजू स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजीसँग मेशिन, सटरिङ कारपेन्टर, प्लम्बर, इलेक्ट्रिसियन, स्टिल फिक्चर्सको तालीम सञ्चालन गर्ने सम्झौता गरेको छ ।

जेठ ८ गते, २०७६ - १५:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ

काठमाडौं । हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ’ साँखु शालीनदी यातायात प्रालिका...   

रवि लामिछाने पत्नी निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम...   

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

मेलबोर्न । अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई...   

चर्चमा सामूहिक हत्याको योजना बनाएको आरोपमा पक्राउ

वासिङ्टन । अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर...   
काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको कार्यसुची

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको कार्यसुची

काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपाल आइपुगेका छन् । बुधबार सवा १२ बजे त्रिभुवन...   

सेनाले गरेको हवाई आक्रमणमा १८ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा...   

आज पनि ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ३०० रुपैंयाँले...   
यो संविधान विगतको सङ्घर्ष र बलिदानको उपलब्धिको सङ्ग्रह हो – प्रधानमन्त्री

यो संविधान विगतको सङ्घर्ष र बलिदानको उपलब्धिको सङ्ग्रह हो – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका...   
सहभोज खाएर सामाजिक बहिस्कारमा परेको ७६ वर्षीय आचार्यले मागे सरकारसँग गुहार

सहभोज खाएर सामाजिक बहिस्कारमा परेको ७६ वर्षीय आचार्यले मागे सरकारसँग गुहार

खोटाङ । जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि...   

नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाचाैं बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top