Khabar Dabali Logo
  September 20, Fri

विकास र समृद्धिको मार्गप्रशस्त गर्ने कानून आवश्यक छ – गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिको मार्गप्रशस्त गर्नका लागि उपयुक्त कानूनको आवश्यकता रहेको बताएका छन् । नेपाल कानून आयोगले ‘जग्गा प्राप्तिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’बारे आज यहाँ आयोजना गरेको अन्तरक्रियामा गृहमन्त्री थापाले देशको विकास र सुरक्षाका निम्ति कडा कानूनको आवश्यकता रहेकामा जोड दिए।

कानून आयोग र कार्यदलले मेहनेतका साथ विधेयक तयार पारेकामा धन्यवाद दिँदै उनले रचनात्मक सुझावलाई समेटेर परिमार्जन गर्न आयोगलाई सुझाव दिए । नेपाली जनताको हित, राष्ट्रको विकास तथा सुरक्षाका दृष्टिले विधेयक महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भूमिसम्बन्धी नीति ठीक ढङ्गले बनाउन नसक्दा वा भएका नीतिलाई कार्यान्वयन गर्न नसक्दा देशको विकासले गति लिन नसकेको जिकिर गरे ।

भूनीतिका आधारमा विश्वका विभिन्न देशले विकास गरेको प्रसङ्ग जोड्दै उनले स्पष्ट भूनीति भएका देशले सार्वजनिक सुरक्षमा समेत सफलता हासिल गरेको भनाइ राखे ।

गृहमन्त्री थापाले विकासका लागि औद्योगिक क्षेत्र र सुरक्षा प्रतिष्ठान निर्माण आवश्यक रहेको बताउँदै कुनै ठाउँमा बाटो विस्तार, औद्योगिक क्षेत्र, जलविद्युत् निर्माण गर्दा राजनीतिक वा भूमाफियाको चलखेल हुने गरेकाले यसका निम्ति कडा कानून बनाउनु जरुरी रहेको औँल्याए ।

जेठ ८ गते, २०७६ - १५:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हँुदै...   

वासिङ्टन डिसीमा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङ्टन । उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना...   

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको यस्तो कटाक्ष

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित...   
पूर्वसांसद दाहालको निधन

पूर्वसांसद दाहालको निधन

काठमाडौं। पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा...   

युवती भनेर ७० वर्षीया वृद्धालाई ४० वर्षीय रोहितद्वारा बलात्कार

राजविराज । सप्तरीमा युवती भनेर ७० वर्षीया वृद्धालाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन् । सप्तरीको...   
संविधान परिमार्जन गर्न सकिन्छ – प्रधानमन्त्री ओली

संविधान परिमार्जन गर्न सकिन्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा...   
उपमेयर राई चढ्ने गाडीलाई लक्षित गरेर बम विस्फोट

उपमेयर राई चढ्ने गाडीलाई लक्षित गरेर बम विस्फोट

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राई चढ्ने गाडीलाई लक्षित गरि कुकर बम विस्फोट...   

एन आई सी एशिया बैंक र लोक सेवा आयोगबीच राजश्व संकलन गर्ने सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर...   

विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना

काठमाडाैं। संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति...   
संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना

संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना

काठमाडौं । संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top