Khabar Dabali Logo
  June 17, Mon

धादिङबेँसीमा विकास र मानवअधिकार विषयक अन्तरक्रिया

धादिङबेँसी । राष्ट्रिय मानवअधिकार आयोगद्वारा मङ्गलबार धादिङबेँसीमा विकास र मानवअधिकार विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

सो अवसरमा आयोगका आयुक्त सुदीप पाठकले विकास निर्माणको काम गर्दा मानवीय स्वास्थ्यमा कत्तिको ध्यान दिने गरिएको छ, वातावरणमा त्यसले के कस्तो प्रभाव पार्ने गरेको छ तथा विकास र मानवअधिकारको अन्तरसम्बन्ध कस्तो छ भन्नेबारे प्रकाश पारी आवश्यक सुझावसमेत पाउन सहभागीसँग आग्रह गरेका थिए ।

नेपालमा भौतिक विकास (बाटो, खानेपानी, सिँचाइ, भवन निर्माण आदि) लाई मात्र विकासको रुपमा परिभाषित गर्ने प्रयास रहेको र मानवीय स्वास्थ्य वातावरणमा त्यसले कत्तिको प्रभाव पार्ने गरेको छ, त्यसतर्फ सोच्ने प्रवृत्ति नरहेकाले मानवअधिकारलाई सर्वोपरी मानी विकास र मानवअधिकारबीच अन्तरसम्बन्ध कायम गरेर विकासको काम गर्नु आवश्यक रहेको भनाइ सहभागीहरुको थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक राजकुमार वैदवारले जिल्लामा बलात्कार, आत्महत्या, हत्या, लैङ्गिक हिंसाका घटना घट्दै गएको विवरण पेश गर्दै लैङ्गिक हिंसा नियन्त्रणका लागि नागरिक समाजसँग हातेमालो गरी सञ्चालन गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जिल्लामा मानवअधिकार उल्लङ्घनका घटना नघटेको बताउँदै सबैले कानूनी राज्यको अवधारणालाई आत्मसात गरी काम गरे मानवअधिकार उल्लङ्घनको घटनामा कमी आउने विचार व्यक्त गरेका थिए ।

जेठ ८ गते, २०७६ - ११:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडाैँमा किन यति धेरै गर्मी ?

एजेन्सी । विगत केही दिनदेखि काठमाडाैँ उपत्यकामा समेत गर्मी बढेको महसुस भएको उपत्यकावासीहरूले बताउन...   

दोहोरो करको मारमा एग्रोभेट व्यवसायी

रुकुमपश्चिम। रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय...   

फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ – नेता पौडेल

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा...   
ढल्केबरमा देशकै ठूलो सवस्टेशन निर्माण हुँदै, पुसभित्र सकिँने

ढल्केबरमा देशकै ठूलो सवस्टेशन निर्माण हुँदै, पुसभित्र सकिँने

काठमाडौँ । विद्युत् निर्यात तथा आयातलाई सहज बनाउने लक्ष्यका साथ सरकारले देशभित्र हालसम्मकै ठूलो क्षमताको...   

निर्माणाधीन बनेपा सडक खण्ड पूरा गर्न पहल गर्दै

बनेपा। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ महादेवटारबाट वडा नं ६ बनुखचौर जोड्ने...   

भक्तपुरको बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राख्दा समस्या परेको...   
बागलुङमा दुई सङ्गठनबीच एकता

बागलुङमा दुई सङ्गठनबीच एकता

बागलुङ । नेपाल राष्ट्रिय वाणिज्य सङ्घ र नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको जिल्लामा एकता टुङ्गिएको...   
पाँचथरमा शैक्षणिक शब्दकोष निर्माण हुँदै

पाँचथरमा शैक्षणिक शब्दकोष निर्माण हुँदै

फिदिम । मातृभाषा शिक्षणमा सहयोग पुर्याउने उद्देश्यसहित पाँचथरमा नेपाली, लिम्बू र अङ्ग्रेजी भाषाको...   

नेकपा कास्कीले टुङ्ग्यायो ७२ वडामा पार्टी नेतृत्व

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सङ्गठन कमिटी कास्कीले पोखरा महानगरपालिकासहित जिल्लाका...   
अनर्गल प्रचारले जनतामा निराशा – मुख्यमन्त्री शाही

अनर्गल प्रचारले जनतामा निराशा – मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top