Khabar Dabali Logo
  June 2, Tue

ऐतिहासिक केदारनाथ मन्दिरको उद्घाटन

भक्तपुर । भक्तपुर दरबार स्क्वायरस्थित पुरातात्विक एवं ऐतिहासिक केदारनाथ मन्दिरको मङ्गलबार उद्घाटन गरिएको छ । गत २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएपछि पुनःनिर्माण गरिएको उक्त मन्दिर नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गरेका हुन् ।

भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरस्थित केदारनाथको मन्दिर भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरेको हो । कार्यक्रममा सांसद सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्न सरकारसँग माग गर्दै उपत्यकाका मूर्त र अमूर्त सम्पदाको संरक्षण र संवद्र्धनको आवश्यकता रहेको औँल्याए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्र्धारित समयभन्दा अगावै केदारनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भएको बताउँदै सम्पदा पुनःनिर्माणमा कहिल्यै पनि अरुको भर पर्न नहुने बताए । त्यस अवसरमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, कार्यक्रमका सभापति एवं भक्तपुर नपा–३ का वडाध्यक्ष राजकृष्ण गोरालेलगायतले यहाँका सम्पदा पुनःनिर्माणमा नगरपालिकाले देखाएको अग्रसरता नमूना रहेको चर्चा गरे ।

कार्यक्रममा केदारनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण त्वायनाले मन्दिरको साँचो भक्तपुर नपाका प्रमुख प्रजापतिलाई हस्तान्तरण गरे ।

वडा कार्यालय उद्घाटन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–१ को नवनिर्मित वडा कार्यालय भवनको मङ्गलबार उद्घाटन गरेका छन् ।

उनले नक्सा पास र मापदण्डबारे सर्वसाधारण जनतालाई अभिमुखीकरण गर्दै जानुपर्ने र नगरभित्रका घर पुनःनिर्माण तथा नवनिर्माण नक्साबमोजिम नै बनाउनुपर्नेमा जोड दिँदै सम्पदा उत्खननमा सम्बन्धित नगरपालिका, प्रशासन र पुरातत्व विभागको सहभागिता आवश्यक रहेको बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख प्रजापतिले विकास निर्माणको काम ठेक्कापट्टामा गराउँदा गुणस्तरहीन निर्माण भइरहेकाले नगरपालिकाले उपभोक्ता समितिमार्फत गराइरहेको बताउनुभयो । नपाका उपप्रमुख जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीलगायतले उपभोक्ता समितिमार्फत भइरहेको काम प्रभावकारी भइरहेको बताउनुभयो ।
–––

जेठ ८ गते, २०७६ - ११:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एघार सय घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

एघार सय घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका...   
रिक्सा नचलाए अब परिवार भोकभोकै मर्छ

रिक्सा नचलाए अब परिवार भोकभोकै मर्छ

नेपालगञ्ज । नेपालगञ्ज—९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे रिक्सा नचलाएको दुई महिना भयो...   
गत वर्षभन्दा धानको बीउ दोब्बर बिक्री

गत वर्षभन्दा धानको बीउ दोब्बर बिक्री

रत्ननगर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री...   
नेपाल फर्कन चाहनेलाई पाँच दिनभित्र राजदूतावासमा विवरण बुझाउन अनुरोध

नेपाल फर्कन चाहनेलाई पाँच दिनभित्र राजदूतावासमा विवरण बुझाउन अनुरोध

लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित...   
सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौं : संयोजक बस्नेत

सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौं : संयोजक बस्नेत

रुकुमपश्चिम । रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको...   
हावाहुरीले घर भत्किँदा चारजना घाइते, चट्याङले अस्पतालमा क्षति

हावाहुरीले घर भत्किँदा चारजना घाइते, चट्याङले अस्पतालमा क्षति

लहान । हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते...   
महिलाका लागि छुट्टै क्वारेन्टिन

महिलाका लागि छुट्टै क्वारेन्टिन

भैरहवा । बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन...   
अब ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

अब ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

काठमाडौ । मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य...   
अचानक श्वास फेर्न समस्या हुँदा गर्भवतीको मृत्यु

अचानक श्वास फेर्न समस्या हुँदा गर्भवतीको मृत्यु

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु...   
तिब्बतबाट सात करोडको स्वास्थ्य सामग्री सहयोग प्रदेश सरकारलाई

तिब्बतबाट सात करोडको स्वास्थ्य सामग्री सहयोग प्रदेश सरकारलाई

विराटनगर । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश नं. १ सरकारलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top