Khabar Dabali Logo
  July 13, Mon

काठमाडौँबाट चोरीएका नौ थान मोटरसाइकल बरामद

बेत्रावती। नगरप्रहरी चौकी कोलनीले पछिल्लो तीन महीनामा नौ थान चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थान र काठमाडौँबाट हराएका नौ थान मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको नगर प्रहरी चौकीका इञ्चार्ज (प्रहरी सहायक निरीक्षक) राजु लामिछानेले जानकारी दिए ।

उनका अनुसार आठ थान मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ भने एक थान धनी यकिन हुन नसक्दा प्रहरी चौकीमा थन्किएको छ । प्रहरी कार्यालयले नियन्त्रणमा लिएका मोटरसाइकल अधिकांश काठमाडाँैबाट र केही जिल्लाको शहरी क्षेत्रबाट चोरी भएका छन् ।

चोरीको मोटरसाइकलसहित संलग्न रहेको आशङ्कामा दुई व्यक्तिसमेत पक्राउ गरिएको प्रहरी इञ्चार्ज लामिछानेले जानकारी दिनभयो । ती व्यक्ति चोरी भएको मोटरसाइकलमा सवार रहेको अवस्थामा समातिएका थिए । ‘चोरीको मोटरसाइकलको अधिकांशका सवारी नम्बर र रङ परिवर्तन गरेर चलाउने गरेको अवस्थामा बरामद गरिएको छ’, उनले भने, “सम्बन्धित धनी र स्थानीयवासीले सहयोग पुर्याएमा चोरी नियन्त्रण र अपराधमा न्यूनीकरण सफलता मिल्नेछ ।”

सीमा जोडिएको र ग्रामीण क्षेत्रमा लुकीछिपी चलाउन सहज हुने हँदा काठमाडौँमा हराएका धेरै मोटरसाइकलको गन्तव्य नुवाकोट हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । केही समयअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जिल्लाका सुरक्षाकर्मीको सहयोगमा सञ्चालन गरेको तीन दिनसम्म ‘सर्च अपरेसन’मा १८ थान चोरीको मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको थियो ।

जेठ ८ गते, २०७६ - १०:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ताे छ आगामी ३ दिनसम्मको मौसम पूर्वानुमान, यी स्थानमा हुँदैछ भारी वर्षा (सूचीसहित)

काठमाडौं । अझै तीनदिनसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको...   
चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

बैतडी । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन्...   

मुद्दा मिलाईदिन्छु भन्दै मोटो रकम असुल्ने पत्रकार पक्राउ

कलैया । प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ...   

तनहुँको पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच जना बेपत्ता

दमौली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई...   

विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौ । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता कुनै पनि...   

नक्कली भारतीय रुपैयाँको कारोवार गर्ने तीन गिरोह पक्राउ

सुरुङ्गा । भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक...   

सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत कोरोना सङ्क्रमित निको भएर फर्किए

भीमदत्तनगर । सुदूरपश्चिममा कोरोना सङ्क्रमित भएकामध्ये ३३.९५ प्रतिशत निको भएर घर फर्किसकेका छन् ।...   

म्याग्दी पहिरो : बेपत्ता थप एक जनाको शव फेला

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एक जनाको शव...   

एन्फाका नाममा कारण देखाउ आदेश जारी

काठमाडौ । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश...   

विपद्मा जुट्न सभामुख सापकोटाको आह्वान

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले विपद्मा परेका नागरिकलाई छिटो उद्धार, राहत र पुनःस्थापनामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top