Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रचण्डकाे प्रतिवद्धता पुरा हुँदै, भरतपुर-ठाेरी हुलाकी सडककाे कालाेपत्रे सुरु

काठमाडौं, ६ जेठ । भरतपुर–माडी–ठोरी हुलाकी राजमार्ग विस्तारको कार्य शुरु भएको छ। प्रचण्डकै पहलमा उक्त सडक खण्डको कालोपत्रे गर्ने काम शुरु भएको हो। माडी–रिउ–देवेन्द्रपुर खण्डमा अन्य काम सकिए पनि कालोपत्रेको काम बल्ल सुरु हुन लागेको हो ।

करिब ११ वर्षअघि कालोपत्रे भएको सडकको कालोपत्रे उक्किसकेको थियो । १५.२ किलोमिटरमा दुई लेनको कालोपत्रे गरिँदैछ । सडकका लागि चाहिने गिटी बालुवा माडीकै खोलाबाट निकाल्ने गरी ठेक्का सम्झौता भएपनि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेकाले चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले उत्खननमा रोक लगाउँदै आएपछि कामले गति लिन सकेको थिएन । भरतपुरस्थित डिभिजन सडक कार्यालयले वि.सं. २०७३ माघ ५ गते आशिष निर्माण सेवा प्रालिसँग सम्झौता गरेको थियो ।

२० करोड ४२ लाख रुपैयाँ लागतमा बन्न लागेको सडक गत माघमै पुरा भइसक्नुपर्ने भएपनि ढिलाई भएको छ । आशिष निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर इञ्जिनियर रोहित भट्टराईले मगुई खोलाबाट नदीजन्य सामाग्री ल्याएर सडक निर्माणको काम गर्न लागिएको बताए। कालोपत्रेको काम माडी प्रवेशद्वार बनकट्टाबाट शुरु हुनेछ । गिट्टी–बालुवा मकवानपुरको मनहरीदेखि ल्याउँदा निकै समस्या हुने गरेको उनले बताए। नदीजन्य पदार्थको समस्याले कालोपत्रे काम अलपत्र पर्दै आएको थियो ।

ठोरी नाका सञ्चालनमा ल्याउन नेकपाका अध्यक्ष एवं चितवन क्षेत्र नं–३ का सांसद प्रचण्डले निरन्तर पहल गर्दै आएका छन्। प्रचण्डकै पहलमा उक्त सडक खण्डको कालोपत्रे गर्ने काम शुरु भएको हो।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies