Khabar Dabali Logo
  June 25, Tue

समाज किन विवाहेत्तर यौन सम्वन्धमा लिप्त हुँदैछ ?

केही पहिले पथरी, मोरङमा भएको महिला हत्याको विषय र उनीसगँ जोडिएका पात्र र परिवेशहरुको समाचारले फेसबुक र अनलाइन समाचारका भित्ताहरु सजिएका थिए । समाचारमा लेखिए अनुसार उनी एक पसल चलाएर बसेकी व्यवसायी थिइन् । जसका श्रीमान बैदेशिक रोजगारीको लागि विगत लामो समयदेखि विदेशमा थिए । उनका एक छोरा उनीसगैँ डेरामा बस्थे ।उनी वैदेशिक रोजगारबाट श्रीमानले पठाइदिएको रकम र आफ्नो व्यवसायबाट आएको रकमले घर चलाउथिन् र छोरालाई पढाउँथिन् ।

यहाँसम्म उनका आफन्त, साथीभाइ र छरछिमेकमा यही परिचय थियो, त्यो बाहेक उनलाई धेरैले चिन्दैन थिए । तर, उनको हत्या भए लगत्तै एकाएक चर्चामा आइन् । उनको परिचय अब त्यतिमा मात्र सीमित भएन, त्यहाँ उनको विवाहेत्तर सम्वन्धको पनि चर्चा भयो । त्यो सम्वन्धको चर्चा मात्र भएन कि हत्यामा सम्लग्नताको आरोपमा उनका प्रेमीलाई प्रहरीले पक्राउ गरी अझै अनुसन्धान गरीरहेको छ ।

रिनाका पे्रमी पनि विवाहित हुन् भने उनका दुई छोरा समेत छन् ।

त्यो भन्दा अझै अघि बेलबारीमा एक प्रेमीले आफ्नी प्रेमिकालाई आफ्नै घरमा हत्या गरी आफ्नै गाडीमा राखी कोशी व्यारेजमा फ्याँकेर आएपछि पनि प्रेमिकाको परिवारसँगै गएर प्रहरी कार्यालयमा प्रेमिकाको खोजी गरीदिन जाहेरी दिए । प्रहरीले अनुसन्धान शुरु गर्यो । केटी पक्षका आफन्तको वयान, उसको प्रेम सम्वन्ध, केटीले विवाह गर्न दिएको दवाव र सोही कारण भएको झगडा र हराएको साझँसम्म पनि दुईजना सगैँ रहेको प्रमाण लगायत सि।सि। क्यामेरको फुटेजको आधारमा प्रहरीले हत्यारा पक्राउ गर्यो । प्रेमी तथा हत्यारा एक राजनैतिक जिम्मेवारी पाएका सामाजिक व्यक्तित्व (नेकपाको पूर्वनगर कमिटी अध्यक्ष) थिए । उनकी श्रीमति दुई छोराहरु पढाउन काठमाडौं बस्दै आएकी थिइन् । उनकी प्रेमिका श्रीमानबाट अलग भएकी एक छोरीकी आमा थिइन् ।

अघिल्लो वर्ष दाङका एक व्यापारीलाई उनकी प्रेमिकाले सल्यानको जंगलमा बोलाएर मान्छे लगाई हत्या गरिएको समाचार पनि निकै दिन आईरहे । उनी पनि एक प्रतिष्ठित व्यापारी थिए, जो विवाहित थिए ।

यी त केही प्रतिनिधि घटना हुन् विवाहेत्तर सम्वन्धका जो अपराधमा परिणत भए र बाहिर आए । यस्ता विवाहेत्तर सम्वन्धहरु जोडिएर कयौं अपराधिक घटना घटेका छन् ।

हाम्रो समाजमा सार्वजनिक भएका यस्ता कैयौं सम्वन्धहरु छन् । त्यस्तै परिवार, समाज, ईज्जत र प्रतिष्ठाको कारणले सार्वजनिक नभएका यस्ता कयौं सम्वन्धहरु छन् । जसको तापमा कोही न्यानो खोजिरहेका छन् भने कोही त्यसकै रापमा पिल्सिरहेका छन् । जो तापमा न्यानो खोजी रहेका छन् उनीहरु आफ्नो पारिवारिक, सामाजिक प्रतिष्ठा विर्षेर क्षणिक शारिरीक सुखका लागि सारा ईज्जत, कमाई र खुशी गुमाइरहेका छन् । जो रापमा पिल्सिरहेका छन् उनीहरु न आफ्नालाई त्यस्तो सम्वन्धबाट छुटाउन सक्छन् न आफैं छुटिएर वस्न सक्छन् । न सहज जीवन बाँच्न सक्छन् न खुला दिलले हाँस्न सक्छन् । मर्ने पनि मरेर जान्छ, मार्नेले पनि सजाय पाउँछ । उनीहरुको नामको कलंकले परिवारको जीवनमा त्यस्तो दाग लाग्छ, जुन कहिल्यै पखालिँदैन । त्यस्तो घाउ लाग्छ, जुन कहिल्यै निको हुँदैन, सधैँ चहर्याइरहन्छ । उनीहरुको व्यक्तिगत तथा सामाजिक जीवनमा सधैँ तुवाँलो छाइरहन्छ । परिवारको एउटा सदस्यको गल्तिको मूल्य सबै सदस्यले जीवनभर चुकाइरहनु पर्दछ ।

हामीले हाम्रो समाज कतातिर डोर्याइरहेका छौं ? हामीले हाम्रा अग्रजहरुबाट के सिकेका थियौं र भावी पुस्तालाई के सिकाइरहेका छौं ? हामी आधुनिकतातर्फ प्रवेश गरेसगैँ हाम्रा पूर्वीय मान्यताहरुलाई विर्सिएर किन खुला पश्चिमा संस्कारमा रमाउन खोजिरहेका छौं ? पश्चिमाहरु वेद, उपनिषद्, महाभारत, गीताजस्ता ग्रन्थहरु र यसले दिशार्निदेश गरेको समाजको अध्ययन गरी अवलम्वन गर्दै गर्दा हामी भने आत्मापरक स्वार्थ र खुशीका लागि परिवार र समाज विखण्डनको दिशामा अग्रसर छौं ।

सयुंक्त परिवारमा एकअर्काविच माया, ममता र लडाईझगडा गर्दै एकअर्काको दुखसुख बाँड्दै हुर्किएका हामी यसरी आत्मपरक हुन थाल्ने हो भने अहिलेको हाम्रो एकल परिवारमा जन्मिएर प्रविधिसँग खेल्दै एक्लै हुर्किएका सन्तानले हामीबाट के सिक्लान् र आफ्ना सन्तानलाई के सिकाउलान् ?

हाम्रो पुस्ताले समय र ठाँउ अनुसार पाएको शिक्षाको ज्योतिले बाटो देख्ने भयो । त्यही ज्योतिले बाटो खोज्दै कोही पढ्नलाई शहर पस्यो, कोही कमाउनलाई । कोही शिक्षाका लागि विदेशियो, कोही रोजगारीका लागि । कोही जागिरका लागि गाँउ पस्यो, कोही व्यवसाय गर्नका लागि । विकासको सूचक सूचना र प्रविधिको विकाससँगै हुलाकी सेवा र हल्काराको सूचना विस्थापित भयो । प्रविधिको आवश्यकता र रहरले विस्तारै सबैको सहज पहुँच हुन थाल्यो । यसले कार्यालयको काम सहज बनाई संगठनको व्यवसायीकतामा बृद्धि मात्र गरेन कि मानिसहरुको साथीभाई र पारिवारसँगको निकटता पनि उत्तिकै बढायो जसले गर्दा कामकाजीहरुमा पुर्नताजगीको काम पनि गर्‍यो । यसरी सबैसँगको नेटवर्किङको काम समाजिक सञ्जालले गर्‍यो ।

विदाको समयको सदुपयोग, एक्लोेपनको साथी, परिवारको न्यास्रो मेट्ने भरपर्दा साथी भए भर्चुअल दुनियाँ । हेलो, हाईबाट शुरु भएको सम्वन्ध खाजा, खाना खाएको नखाएको सोधीखोजी, कामकाज र पारिवारिक कुराहरु देखि लिएर व्यक्तिगत भावना सेयर गर्नेसम्मका साथी भए । त्यतिमा मात्र सम्वन्ध सीमित नभएर नवयौवनाका लागि मायाप्रिति साट्ने, वैवाहिक सम्वन्ध गाँस्ने र विवाहितहरुका लागि पार्टनरको अनुपस्थितिमा यौनकुण्ठा सेयर गर्नेसम्मको साझा चौतारी भयो, प्रविधि ।

प्रजातन्त्र, स्वतन्त्रता, शिक्षा, विज्ञान र सूचना प्रविधिको विकासको युगमा भर्खरै पाइला चाल्दै गरेका हामीले प्रविधिलाई सदुपयोग गर्न जानेनौं । यसमा प्राप्त हुने सूचनालाई प्रयोग गरी आफ्नो ज्ञान बढाउने तर्फ लागेनौं । आफ्नो कार्य क्षमता बढाउने तर्फ लागेनौं हामी । हामी त केवल यसबाट नयाँ सम्वन्ध गाँस्ने तर्फ मात्र लाग्यौं, जुन नयाँ सम्वन्धले हाम्रा भएका पुराना सम्वन्धहरु विस्थापित गर्नेतर्फ लाग्यौं । त्यसपछि हामी भर्चुअल सम्वन्धमा रमाउन थाल्यौं, शुन्यतामा हराउन थाल्यौं, भावनामा बहकिन थाल्यौं । जुन सम्वन्ध नै होइन, त्यसलाई महत्व दियौं, जुन सम्वन्ध थियो त्यसलाई महत्वहीन ठान्यौं ।

प्रविधिले हामीलाई आफ्नासँग टाढा बनायो । टाढाकालाई नजिक ल्याइदियो । प्रविधिले हामीलाई ढाँट्न पनि सिकायो । हातमा फोन बोकेर हाट गएका हामी घरमा नै भएको नाटक गर्न सक्ने भयौं । साथीहरुसँग बसेर पेगमा मस्त हुँदा मिटिङमा व्यस्त भएको भन्न सक्ने भयौं ।

हामीले आफ्नालाई ढाँट्दा ढाँट्दै आफैँलाई ढाँटिरहेको कुरा थाहा पाएनौं । यसरी आफैंलाई ढाँटेर कति दिन रमाउन सक्छौं हामी क्षणिक सम्वन्धहरुमा रु कसरी सजाउन सक्छौं हामी परिवार र आफ्नै सपनाहरु रु अनि कसरी जोगाउन सक्छौं समाजका मूल्यमान्यता, परिवारको साख, बालवच्चाको भविश्य अनि आफ्नै जीवन र अस्तित्व ?

सूचना प्रविधिले विवाहेत्तर सम्वन्धको सुत्रपात गरेको पक्कै होइन । तर, यसले यस्ता सम्वन्धहरुलाई सहज र खुकुलो बनाइदिएको चाहिँ हो ।

प्रविधिसगैँ महिला शिक्षा, रोजगारी, राजनीतिमा भएको संलग्नताले ल्याएको उनीहरुको स्वतन्त्रता, स्रोतसाधनमा पहुँच र नियन्त्रणलाई पुरुषहरुले सहज रुपमा स्वीकार्न नसक्दा पनि धेरै ठाँउहरुमा यस्ता समस्या देखा परेका छन् । बाहिरी काममा मात्रै ध्यान दिएको, साथीभाईलाई बढी महत्व दिएको, घरमा समय नदिएको, आफ्नो र परिवारको हेरचाह नगरेको भन्दै कतिपयका श्रीमानहरुले काम छोड्न दवाव दिएको पनि सुनिएको छ । कतिपय पुरुषहरु हिजोका आमाहरुको भन्दा आजका श्रीमतिहरुको फरक अस्तित्व स्वीकार गर्न नसकेर वैवाहिक सम्वन्धमा वेखुश छन् ।

कोही भने पार्टनरसँगको बेमेल उमेर, शिक्षा, लवाईखवाई र यौन चाहानाबाट सन्तुष्ट छैनन् । स्वतन्त्रता, अधिकार र छुट्टै पहिचानको नाममा पारिवारिक र सामाजिक दायित्वलाई वन्धन ठानेर परिवार विखण्डन गर्दै महिला अधिकारको परिभाषालाई गलत व्याख्या गर्ने महिलाहरुको पनि कमी छैन यहाँ ।

विवाहेत्तर सम्वन्ध आफ्नो जीवनसाथीको अनुपस्थितिमा जैविक आवश्यकताले जन्माएको वाध्यात्मक अवस्था हो या जीवनसाथीसँगको असन्तुष्टि रु या नयाँ यौन पार्टनरको खोजी रु चाहे जेसुकै कारणले मानिसहरु यस्तो सम्वन्धमा पुगुन् नेपाली समाजमा यस्तो सम्वन्ध अवैधानिक, अनैतिक र पापकर्म मानिन्छ ।

समाजले मान्यता नदिएको यस्तो सम्वन्धमा भएका मानिसहरु शारीरिक रुपमा त सन्तुष्ट होलान् तर मानसिक र पारिवारिक रुपमा सधैँ तनावमा हुने गर्छन् । सामाजिकरुपमा पनि सम्मानजनक अवस्था छैन उनीहरुको । अहिले समाजमा घटिरहेका कतिपय घटनाको अन्तरवस्तु पनि यस्तै सम्वन्धको रहेको पाइएको छ ।

एउटी साथीले एक वर्षपछि श्रीमान हङकङबाट आउँदै गरेको कुरा सुनाउँदा अरु साथीहरुले ‘ल ल, जाउ, वहाँलाई कहिले भेटौँ भएको होला’ भन्दै जिस्काए । ‘के को हुनु नि, भेट्दा नाटक गर्छन नि, तलब आएपिच्छे गई हाल्छन् नि, बुढीलाई पर्खेर बस्छन् र ?’ भन्दै उसले त कति सहजै पो भनिन् ।

तिम्रो शंकामात्र होला, सबै कहाँ जान्छन् र ? मैले उसको विश्वास जगाउनका लागि भनेँ । उसले सहजै भनी ‘जाओस्, महिनामा एकपटक त जाला नि, कति नै पो खर्च गर्ला र ? म पो परिवारसँग छु, पर्खिन सक्छु, उ त एक्लै छ, एक–एक वर्षसम्म उसलाई त गाह्रै होला नि । अरुले त केटी नै राखेका हुन्छन्, जसका लागि कमाएको सबै सक्छन्, यहाँ परिवारलाई पठाउँदैनन् । त्योभन्दा त कहिलेकाही त्यता (रेड लाईट एरिया) जाने मान्छे धेरै राम्रो १ कमसेकम परिवार त हेर्छन् । परिवारमा तनाव त हुन्न ।’

उसका कुरा सुनेर म अवाक भएँ ।

साँच्चै अन्य देशहरुमा जस्तै नेपालमा पनि यस्तै वैधानिक रेड लाईट एरियाहरु भए कोही पनि मानिस मानसिक तनावबाट गज्रनु पर्ने थिएन होला । कुनै पनि परिवार विखण्डन हुने थिएन होला । कोही पनि मानिस समाजबाट बहिष्कृत हुनुपर्ने थिएन होला । कुनै पनि समाज विकृत हुने थिएन होला कि ?

माया, प्रेम, मोह, लोभ, ईष्र्या, काम, क्रोध जस्ता आफ्ना संवेगहरुलाई आवश्यक नियन्त्रण गर्न सक्ने भएर नै मानिसलाई विवेकशील प्राणी भनिएको हो । नत्र त मानिस र पशु जातिमा फरक के नै हुन्थ्यो र ? जैविक आवश्यकतालाई पूरा गर्न पाउनु अधिकार हो । तर, दुरुपयोग गर्नु अपराध हो ।

साथै सामाजिक मूल्यमान्यता जोगाई सभ्य समाज निर्माण गर्नु हाम्रो कर्तव्य पनि हो । त्यसैले हामीले आफ्नो अधिकार प्रयोग गर्दै गर्दा आफ्नो कर्तव्यलाई पनि सम्झियौँ भने मात्र हाम्रा सामाजिक मूल्यमान्यताहरुले दर सन्तानलाई पनि घरपरिवार, समाज र राष्ट्रप्रति नैतिक बन्न प्ररित गर्ने थियो । अनलाइनखबर

जेठ ७ गते, २०७६ - १५:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हरेक पुरुषले विवाह अगाडि बोल्ने यी ८ झुट, जान्नुहोस्

हरेक पुरुषले विवाह अगाडि बोल्ने यी ८ झुट, जान्नुहोस्

एजेन्सी । प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका...   

यस्तो सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक

काठमाडौँ । सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज...   

कास्कीमा एक घर एक धारा’ अभियान

पाेखरा । कास्की जिल्लाका पाँच वटा स्थानीय तहमध्ये खानेपानीको सबैभन्दा बढी अभाव भोग्दै आएको रुपा गाउँपालिकामा...   
सार्वजनिक सवारी साधनको मार्ग व्यवस्थापन भएन

सार्वजनिक सवारी साधनको मार्ग व्यवस्थापन भएन

काठमाडौँ । सरकारले यातायात व्यवसायी महासङ्घको एकाधिकार अन्त्य गरेको एक वर्ष नाघे पनि काठमाडौँ उपत्यकामा...   

लगातार वर्षाका कारण जमीन भासिँदा जिससको भवन भत्कियो

पर्वत । लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जिससको भवनमा...   

दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलोनीमा गएराति दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको...   
उद्योग व्यवसायीद्धारा नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न माग

उद्योग व्यवसायीद्धारा नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न माग

परासी । औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै आएको पश्चिम नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न यहाँका...   

यसकाण पछिल्लो समय बलात्कारकाे घटना दोब्बर बढ्यो

वीरेन्द्रनगर। पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ बलात्कारका घटना भएका छन् । यो गत आवको घटनाभन्दा...   

पाँच दिनदेखि डोल्पा अस्पतालमा औषधि अभाव

जाजरकाेट । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या...   
प्रदेशको नाम अन्तिम चरणमा: मुख्यमन्त्री राई

प्रदेशको नाम अन्तिम चरणमा: मुख्यमन्त्री राई

गाइघाट । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङग्याइने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top