Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

राष्ट्रियसभामा प्रमाण विधेयक स्वीकृत, गुठी विधेयक पेश

काठमाडौं । प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिले स्वीकृत भएको छ । सोसम्बन्धी प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले विधेयकमा ३२ ठाउँमा संशोधन गरिनुभन्दा नयाँ ल्याइनुपर्ने, विज्ञान प्रविधिको विकासले प्रमाणका नयाँ आयाम आएकाले त्यसअनुसार विधेयकलाई परिष्कृत गरिनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद बद्री पाण्डेले विधेयक पढ्दा सरकारले पर्याप्त समय नदिएको र हेलचेक्र्याइँ गरेको आरोप लगाउँदै विद्युतीय कारोवार ऐन र यसमा के फरक छ भन्नेमा प्रष्ट नभएको बताए । सांसद विन्दादेवी आले रानाले विधेयकको दफा १९ मा दोहोरो अर्थ लाग्ने ‘अदालतले चाहेको खण्डमा श्रव्यदृश्य लिनसक्ने’ वाक्यांशले कार्यान्वयनमा असहज हुन सक्ने बताए ।

सांसद प्रकाश पन्थले बलात्कारका घटनामा प्रमाण लोप हुन सक्ने र बहिराले बोल्न नसक्ने भएकाले कसरी प्रमाणको सुनिश्चितता गर्ने भन्ने स्पष्ट हुनुपर्ने विचार राखे । सांसदत्रय जीवन बुढा, वृशेषचन्द्रलाल र ठगेन्द्र पुरीले समसामयिक रुपमा विधेयक परिमार्जन गर्न सकिनेमा जोड दिए । सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले सर्वोच्च अदालतको रायसुझाव लिएर विधेयक संसद्मा पेश गरिएको बताए ।

यसैगरी सभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘गुठी विधेयक, २०७५’ पेश गरे । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ८ गते अपराह्न १ बजे बस्नेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies