Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

म्याग्दीमा व्यावसायिक एभोकाडा खेती

म्याग्दी। पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा पहिलोपटक एभोकाडाको व्यावसायिक खेती शुरु भएको छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडाको खेतीमा किसानलाई आर्कषित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको व्यवस्थापनमा बाबियाचौरमा तीन दिने एभोकाडाखेती सम्बन्धी तालीमपछि किसानले यसको खेती शुरु गरेका हुन् ।

किसानलाई गाउँपालिकाले एभोकाडाका एक हजार बिरुवा निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले तरकारी तथा फलफूल खेतीबाट छोटो समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले तालीम अनुसार व्यावसायिक खेतीमा सक्रिय हुनेलाई अनुदान समेत दिइने बताए ।

\'यहाँको हावापानीमा एभोकाडाखेती सम्भव छ,फलफुल खेतीमा गाउँपालिकालाई पकेटक्षेत्र बनाउने लक्ष्य छ\', रोकाले भने । गाउँपालिकाभित्रका सबै बस्तीको माटो परीक्षण गरी अनुकूल अनुसारका फलफूल खेती गर्नका लागि किसानलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले समेत प्राथमिकता दिएकाले आगामी वर्ष तालीमसहित अनुदानमा बिरुवा वितरण गरिने अध्यक्ष रोकाले बताए । विज्ञ जीवनप्रसाद राईले पछिल्लो समयमा एभोकाडो फलप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको बताए ।

उनले केही जिल्लामा व्यावसायिक खेती शुरु भएको पनि जानकारी दिए । \'उष्ण र समशितोष्ण हावापानीमा एभोकाडाको खेती गर्न सकिन्छ, बिक्री गर्न बजारमा जानै पदैन्, घरदैलोमै खोसाखोस हुन्छ\', एभोकाडाखेती सम्बन्धी तालीमका प्रशिक्षक समेत रहेका राईले भने ।

समुद्री सतहबाट दुई हजार ५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको चार देखि ६ वर्षभित्रै उत्पादन दिने भएकाले पनि पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन मञ्जुश्री नर्सरी हाउसले गाउँपालिकासँग सहकार्य गरेको अध्यक्ष रोकाले जानकारी दिए ।

नेपालीमा एभोकाडोलाई ‘घिउ’ फल भनेर चिनिने गरेको राईले बताए । यसले फल दिन थालेपछि ५० वर्षसम्म एउटै बिरुवाले फल दिइरहने उनको भनाइ थियो । प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडाको माग र उपभोक्ता दिनदिनै बढ्दै गएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies