Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अपराधीहरुलाई नियन्त्रण गर्नका लागि ठोस सूचना आवश्यक – गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित एक कार्यक्रमवीच प्रथम समूहको रणनीतिक तथा नेतृत्व विकास तालिम समापन भएको छ । राष्ट्रिय अनुसन्धान विभागका सह-अनुसन्धान निर्देशक र उप-अनुसन्धान निर्देशकहरुको लागि उक्त तालिम संचालन भएको हो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण पश्वात गृहमन्त्री थापाले तालिमको मुख्य लक्ष्य सफल, सक्षम नेतृत्व एवम् व्यावसायिक सुरक्षा अधिकृत निर्माण गर्नु रहेको चर्चा गर्दै तालिमबाट प्राप्त नेतृत्व विकास सम्बन्धी सिद्धान्त तथा विबिध ज्ञानले देश र जनताको सुरक्षामा महत्वपूर्ण योगदान मिल्ने विश्वास व्यक्त गरे ।

राष्ट्र र नागरिकको सफलतापूर्वक सुरक्षा गर्ने नेपाल सरकारको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै यस्तो जिम्मेवारीका लागि सहि सूचनाहरु संकलन गर्नुपर्ने बताए । कुनै पनि अपराधीहरुलाई नियन्त्रण गर्नका लागि ठोस सूचना आवश्यक रहेको बताउँदै सहि सूचना, यथार्थ एवम् ठोस प्रमाणको आधारमा सुरक्षा योजना तथा नीति निर्माण गर्न सकिने उनले बताए । राष्ट्रिय अनुसन्धान विभागका मुख्य जिम्मेवारी ठोस सूचना संकलन गर्नु रहेको बताउँदै गृहमन्त्री थापाले आगामी दिनमा सूचना संकलनको लागि अनुसन्धान विभागलाई प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन समेत दिए।

सरकारले राज्य व्यवस्थालाई उल्टाउन सक्रिय रहेका तत्वलाई निस्तेज र नियन्त्रण गर्ने नीति लिएको चर्चा गर्दै गृहमन्त्री थापाले देशको अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर, भष्ट्राचारीलाई नियन्त्रण एवम् निस्तेज पार्न जरुरी रहेको बताए । देशको राजनीतिक प्रणाली, अर्थतन्त्रको सुरक्षा, नागरिकले प्राप्त गरेका राजनीतिक अधिकार एवम् राष्ट्र र जनताको गरिमाको सुरक्षाका लागि हामीसँग भएका ज्ञान, सिप एवम् क्षमतालाई अभिवृद्धि गर्नुपर्ने उनले उल्लेख गरे।

वर्तमान अवस्थामा विज्ञान र प्रविधि गुणात्मक रुपमा तीव्र विकास भइरहेको चर्चा गर्दै अपराधीहरुले प्रविधिको उच्च प्रयोग गर्दै आपारधिक क्रियाकलाप गर्दै आएको र त्यस्ता आपराधिक गतिविधिलाई निस्तेज गर्न प्रविधिको विकास गर्दै प्रविधि सम्बन्धी ज्ञान तथा सिप लगायतका बिषयहरु तालिममा समेत समावेश गर्नुपर्नेमा उनले जोड दिए । साथै उच्च प्रविधिको ज्ञान सँगसँगै सुरक्षाका जिम्मेवारीलाई वहन गर्न इमान्दरिता र अनुशासन अनिवार्य रहेको समेत उनले बताए ।

कार्यक्रममा गृहसचिव प्रेम कुमार राईले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुमा निखार ल्याउनका लागि तालिम संचालन गरिएको बताउँदै आउँदा दिनमा यस्ता तालिमलाई निरन्तर रुपमा संचालन गरिने बताए । साथै तालिम पश्चात सूचना संकलन तथा नेतृत्व गर्दा विगतको भन्दा प्रभावकारी रुपमा क्षमता प्रदर्शन हुने विश्वास उनले व्यक्त गरे ।

गृहसचिव राईले सूचना संकलनमा गुणस्तरीयता घट्दै गएको बताउँदै आगामी दिनमा खोज एवम् अनुसन्धानमुलक सूचना संकलनमा यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए। तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर गुणस्तरीय सेवा प्रवाह गर्न प्रशिक्षार्थीहरुलाई उनले निर्देशन समेत दिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तालिम समापनको अवसरमा माननीय गृहमन्त्रीज्यूबाट प्राप्त सान्दर्भिक एवम् सारभूत निर्देशन तथा समसामयिक परिस्थितिसँग सवै सुरक्षा निकायले निर्वाह गर्नुपर्ने आ(आफ्नो भूमिका अक्षरस पालना गरी फिल्डमा उतार्न प्रहरी संगठन सदैव प्रतिबद्ध रहेको बताए । मुलुकमा सीमावर्ती अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध एवम् राष्ट्रिय सुरक्षाको बिषयमा बिभिन्न चुनौतीहरुको सामना गर्न सवै सुरक्षा संयन्त्रले एकिकृत रुपमा समन्वय गर्दै कार्ययोजना निर्माण गर्न आवश्यक रहेको उहाँले बताए ।

नेपाल सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई अझ बढी प्रभावकारी बनाउँदै चुस्त र दुरुस्त एवम् समयसापेक्ष सुदृढ गर्दै लैजाने नीति अनुरुप यो तालिम संचालन गरिएको बताउँदै प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रण गर्न राष्ट्रिय अनुसन्धान विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। यस्ता तालिमले सुरक्षा निकायवीचको समन्वय थप प्रगाढ हुने चर्चा गर्दै प्रशिक्षार्थीहरुबाट प्राप्त राय सुझावहरूलाई आगामी दिनमा संचालन गरिने तालिममा समावेश गरिदै लैजाने समेत उनले बताए ।

राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारीले तालिमको महत्वबारे मन्तव्य राखेको उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले स्वागत मन्तव्य एवम् प्रशिक्षण समबन्धि जानकारी दिएका थिए । साथै राष्ट्रिय अनुसन्धान विभागका सह(अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकीले प्रशिक्षार्थीहरुको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा तालिम गतिविधि सम्बन्धि श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो । कुल ७० कार्यदिनको उक्त तालिममा राष्ट्रिय अनुसन्धान विभागका ७ जना सह(अनुसन्धान निर्देशक र १८ जना उप(अनुसन्धान निर्देशकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गृह मन्त्रीका सल्लाहकार, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ अधिकृत एवम् अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies