Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

उपभोक्ता आफै जानी -जानी लगाउँछन् आगो

डडेल्धुरा । डडेल्धुराका सामुदायिक वनमा आगो लाग्नेक्रम शुरु भएको छ । सुक्खायाम र गर्मी बढेसँगै जिल्लाका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

जिल्लाका त्रिशूल, असुर्पा, अजयमेरु, भद्रपुर र कैलपालमाण्डौँका सामुदायिक वनमा र अमरगढी नगरपालिका– १० राई बस्ती नजिकको वनका साथै महाभारत र चुरे वन क्षेत्रमा समेत आगो लाग्ने गरेको छ ।

साथै जिल्लाका अन्य सामुदायिक तथा सरकारी वनमा समेत आगो लाग्ने गरेको वनमा आबद्ध पदाधिकारी बताउँछन् । स्थानीय उपभोक्ताको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रकाश जोशीले बताए । उनी भन्छन्, “चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा अन्य लापर्वाहीले वनमा आगलागी हुने गर्छ ।” नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ता आफैँ आगो लगाउने गर्दछन् । निजी खोरिया, गजाल (घास काट्नका लागि बनाइएको क्षेत्र) मा उपभोक्ताले नयाँ घाँसका लागि आगो लागाउने र त्यही आगो सुक्खायाममा नियन्त्रमा ल्याउन नसक्दा अन्य वनसमेत विनाश हुने गर्दछन् । गाईगोरु चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नै आगो लगाउँछन् तर अत्यधिक स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसक्दा वन विनाश हुने गर्दछ । आगो लाग्दा भिरालो र घना जङ्गलका स्याउला, सोत्तर र हावाका कारण फैलने भएकाले अन्य वन पनि विनाश हुँदै आएको छ । सुक्खायाममा सल्लेरी वनमा आगो लगाउनेक्रम स्थानीय बासिन्दाबाटै बढी हुने गरेको तथ्य फेला परेको यसबारे जनचेतना जगाउँदा पनि सार्थकरूप लिन नसेको रेञ्जर धनबहादुर झुकालको भनाइ छ । आगलागीका कारण साना बुट्यान र नयाँ बिरुवासमेत विनाश हुन्छ ।

जिल्लामा करीब ६०० सामुदायिक र कबुलियती वन छन् । हरेक वर्ष गर्मीयाममा जिल्लाका प्रायजसो सल्लेरी वन र अन्य वनमा आगलागीका कारण वन विनाश हुँदै आएको छ । जिल्ला वन कार्यालयका अनुसार एक लाख ५३ हजार आठ हेक्टर जमीनमध्ये एक लाख १५ हजार १५९ हेक्टर वन जङ्गल रहेको छ । वर्षेनी यहाँका ५० प्रतिशतभन्दा बढी वनमा आगो लाग्ने गर्दछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies