Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

गाउँमा बिजुली पुगेपछि ३५ घरधुरीमा खुशियाली

लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो ।

चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी जिल्ला तनहुँको भिमाद नगरपालिकाको डुम्रेबेँसीमा बलेको उज्यालो हेरेर रात कटाउनुपर्ने बाध्यतामा रहेको स्थानीय सन्तबहादुर रानाले बताए । \'गाउँमा बिजुली बत्तीको अभावका कारण निक्कै समस्या भोग्नुपर्यो\', स्थानीय रानाले भने, \'बिजुली गाउँमा आएपछि मोबाइल चार्ज गर्न, रेडियो, टिभी तथा अन्य बिजुलीबाट चलाउने विद्युतीय सामग्री चलाउने गरिएको छ ।\'

चापाकोट नगरपालिकाकै अति विकटमध्येको गहते, टाङ्ले र कोकमाडीमा मगर समुदायको बसोबास रहेको छ । बजारभन्दा टाढा रहेको उक्त बिजुलीको अभावमा अँध्यारो रहेको बस्तीमा नेपाल विद्युत् प्राधिकरण उज्यालोको सहारा बन्न पुग्यो । \'३५ घरधुरीमा टुकी र सोलार बत्तीको मद्दतले उज्यालोको निर्वाह गर्दै आएका थियौँ\', स्थानीय रानाले भने, \'यस्तो विकट ठाउँमा बिजुली आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस मैले र हाम्रो समाजले गरेको छ ।\'

झरी परेका बेला सोलारले राम्रो र धेरै समय काम नगर्ने साथै शहर बजारबाट आउने आफ्ना आफन्त, इष्टमित्रलाई अहिलेको जमानामा बिजुली बिनाको अन्धकारमा राख्नु हाम्रा लागि दुर्भाग्य थियो अब सो समस्या हटेर गएकाले खुशियाली छाएको स्थानीय रानाले बताए । दुई वर्ष पहिले निर्वाचनका बेला त्यस गाउँमा पुग्दा स्थानीयको मुख्य माग विद्युतीकरण रहेको वडा नं ७ का वडाध्यक्ष एकादेव भट्टराईले बताए ।

\'निर्वाचनका बेला त्यहाँका स्थानीयले राखेको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए\', वडाध्यक्ष भट्टराईले भने, “गत वर्ष विजयादशमीका समयमा यो वडाका गढभञ्ज्याङ, जालिमडाँडा, कोलङ, सामाकोट, पँधेरामा विद्युतीकरण गरिएको र यसपटक वडामा बाँकी रहेका ३५ घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराएका छौँ ।”

गाउँमा बिजुली आउने भएपछि स्थानीयले बिजुलीका पोल बोक्ने, गाड्ने तथा तार तान्ने कार्यमा सघाएका थिए । स्थानीय वडावासी र नेपाल विद्युत् प्राधिकरण स्याङ्जा वितरण शाखाले निरन्तररुपमा कार्यलाई तीव्रता दिएसँगै समयमै कार्य सम्पन्न भएको वडाध्यक्ष भट्टराईले बताए । यो ठाउँमा पहिले नै बिजुली पुग्नुपर्ने भए पनि अहिलेसम्म बिजुली नपुग्नु दुःखद् रहेको नेपाल विद्युत् प्राधिकरण स्याङ्जा शाखाका प्रमुख सुनिल सापकोटाले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies