Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मन्त्री मगरको पहलमा शहिद गौतमका तीन छोरी काठमाडौँमा भर्ना

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले नेपाल–भारत सीमामा भएको भिडन्तमा भारतीय सुरक्षा बलको गोलीबाट मारिएका शहीद गोविन्द गौतमका तीन छोरीलाई काठमाडाैंकाे एक विद्यालयमा भर्ना गरिदिएकी छन् । २०७३ साल फागुन २६ गते
कञ्चनपुर पुनर्वास नगरपालिका–८ का ३४ वर्षीय गाैतमकाे हत्या गरेकाे थियाे । भन

गौतमकी पत्नी लक्ष्मी गौतमको इच्छा र मन्त्री मगरको पहलमा सो शिक्षा सदनमा आज भर्ना गरिएको हो । जेठी छोरी १० वर्षीय आकृति र माइली आशुम गौतमलाई कक्षा ५ र कान्छी आषिकालाई युकेजीमा भर्ना गरिएको हो । आमा लक्ष्मी र तीन छोरीलाई हाल बानेश्वरस्थित एक आफन्तको घरमा बसोबासको प्रबन्ध गरिएको छ ।

तीन छोरीलाई उक्त विद्यालयमा भर्नापछि मन्त्री मगरले भनिन्, ‘राज्यसत्ताको परिवर्तन र देशको मातृभूमिको रक्षाका लागि लड्दा ज्यान आहुति दिएर शहीद भएकालाई हामीले सम्मान गर्नुपर्छ । गौतमको आहुति आफैँमा राष्ट्रभक्तिका लागि एक प्रेरणा हो । उहाँका सन्तानको हेरचाहको जिम्मेवारी हाम्रो पनि हो ।’

उनले तीन छोरीको उच्चशिक्षासम्मको व्यवस्था गर्न आफूहरुले जिम्मा लिने र गोविन्दकी श्रीमती लक्ष्मीलाई जागिर दिलाउने विषयमा पनि आफूहरु संवेदनशील रहेको बताइन् । विद्यालयका प्रबन्ध निर्देशक तारानाथ उप्रेतीले गौतमका छोरीहरुलाई मन्त्री मगरले सामाजिक जिम्मेवारी लिएकाले उनीहरुलाई भर्ना गरिएको जानकारी दिए ।

कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री मगरले र उनको पार्टीले गौतमका छोरीहरुलाई उच्चशिक्षासम्मको शिक्षा र श्रीमती गौतमलाई रोजगारको जिम्मा लिने घोषणा गरेको थियो । सरकारले गौतमलाई शहीद घोषणा गरी परिवारलाई रु १० लाख उपलब्ध गराइसकेको छ ।

श्रीमती लक्ष्मीले कुरा गर्दै गौतमको हत्या हुँदा कान्छी छोरी अढाई वर्षकी रहेको स्मरण गर्दै छोरीहरुलाई काठमाडौँ ल्याएर पढाउन पाएकामा सन्तोष व्यक्त गरिन् । उनले आफूलाई सरकारले रोजगारी पनि दिएमा काठमाडौँमा गुजारा गर्न सक्ने अपेक्षा जनाइन् । उनले सरकारबाट प्राप्त शहीद घोषणाबापतको रकममा थपेर आफूले जिल्लामा एक कट्ठा जग्गा किने पनि अन्य सम्पत्ति खासै नभएको जनाइन् ।

कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षा बलको गोली प्रहारबाट गौतमको निधन भएपछि तीन छोरी जिल्लाकै सामुदायिक र निजी विद्यालयमा गरी अध्ययन गर्दै आएका थिए । गौतमको हत्यापछि तत्कालीन नेकपा (एमाले) ले आयोजना गरेको मेची महाकाली अभियानको समापनका अवसरमा कञ्चनपुरमा आयोजित जनसभामा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मृतक परिवारलाई रु पाँच लाख दिने र छोराछोरी पढाइदिने वचन दिएका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies