Khabar Dabali Logo
  June 25, Tue

त्रिशुलीमा बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो (अपडेट)

धादिङ। धादिङको गजुरीबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । आइतबार बिहान भएको दुर्घटनामा ५ जनाको घटनास्थलमा र अन्य चारजनाको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ४३८७ नं.को यात्रुबहाक बस धादिङको गजुरीबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा परि ३० जना यात्रुहरु घाईते भएका छन् । कतिपय यात्रु सामान्य उपचारपश्चात फर्किएको प्रहरीले जनाएको छ ।

घटना परि मृत्यु हुनेहरुमा काठमाडौं थानकोटका ५१ वर्षीय राज कुमार सुवेदी, इलामको कन्याम बस्ने ४६ वर्षीय विशाल गिरी, धादिङ बेनीघाट रोराङ गा.पा. ३ बस्ने ४३ वर्षीय राजन आचार्य, काठमाडौं चन्द्रागिरी न.पा. बस्ने ४० वर्षीया सिता थपलिया, शेखर मगर, प्रकाश श्रेष्ठ र नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुष, ३०र३२ वर्षीय पुरुष र अर्का २०/२२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

जेठ ५ गते, २०७६ - १७:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजस्व बढाउन सरकारलाई छाँया अर्थमन्त्री रिजालको यस्तो सुझाव

राजस्व बढाउन सरकारलाई छाँया अर्थमन्त्री रिजालको यस्तो सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का नेता तथा छाँया अर्थमन्त्री मिनेन्द्रप्रसाद रिजालले...   

बजेट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले संसद्‍मा पेस गरेको बजेट आज पारित भएको छ । मंगलबार...   
पुस्तकमा कर लगाउने विषयले उठाएको प्रश्न

पुस्तकमा कर लगाउने विषयले उठाएको प्रश्न

“एक छाक खाएरै भए पनि काँसी बास बस” त्यसै भनिएको होइन । यसको अर्थ तपाईं अल्प आहारमै भए पनि ज्ञान चैं चाहे...   

अब विदेशमा उपचार गराउने नेताले पैसा नपाउने

काठमाडौं । स्वेदशमा उपचार हुँदाहुँदै उपचारको नाममा विदेश जानेलाई सरकारले आर्थिक सहयोग उपलब्ध नगराउने...   
भारतीयको करिब ९ लाख करोडभन्दा बढि कालोधन विदेशमा

भारतीयको करिब ९ लाख करोडभन्दा बढि कालोधन विदेशमा

एजेन्सी । भारतीयले सन् १९८० देखि २०१० सम्म मात्रै ९ लाख करोड (भारतीय रुपैयाँ) भन्दा बढि कालोधन विदेशमा...   

नेकपाको किसान महासंघले पूर्णता पायो (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन किसान महासंघले पूर्णता पाएको छ । गत जेठ ३१ देखि...   
यी हुन् गीताको मुख्य श्लोक, जसको प्रभावले अर्जुनले महाभारत जितेका थिए

यी हुन् गीताको मुख्य श्लोक, जसको प्रभावले अर्जुनले महाभारत जितेका थिए

काठमाडौं । महाभारत युद्धपूर्व अर्जुनले जब भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य र कुटुम्बका सबै मानिसलाई...   
एक्कासी आएको आँधीले त्रिपाल उडाउँदा राजस्थानमा १४ जनाको मृत्यु, ७० भन्दा बढि घाईते

एक्कासी आएको आँधीले त्रिपाल उडाउँदा राजस्थानमा १४ जनाको मृत्यु, ७० भन्दा बढि घाईते

काठमाडाैं । रामकथा वाचन चलिरहेको राजस्थानको बाण्डमेरमा एक्कासी आएको आँधी र वर्षाले ठूलो जनधनको क्षति...   
ईरानसँगको युद्धबाट यसकारण अमेरिका पछाडि हट्छ

ईरानसँगको युद्धबाट यसकारण अमेरिका पछाडि हट्छ

काठमाडाैं। आफ्नो ड्रोनलाई इरानले ध्वस्त पारिदिएपछि आक्रामक बनेको अमेरिका ईरानविरुद्ध सिधा युद्धको...   
विप्लवका जिल्ला नेता मारिएको बारे कांग्रेसद्धारा गृहमन्त्रीको जवाफ माग

विप्लवका जिल्ला नेता मारिएको बारे कांग्रेसद्धारा गृहमन्त्रीको जवाफ माग

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सिर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top