Khabar Dabali Logo
  June 25, Tue

छोरा मलेसियाको जेलमाः नेपाल ल्याइदिन आमा र परिवारको बिन्ती

बेझाड । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएका छन् ।

६ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेसिया पुगेका थिए । परिवारको मीठो सपना बोकेर विदेश गएका नेपाली दुई वर्षदेखि त्यहाँको जेल जीवन बिताइरहेका छन् ।

घरपरिवार, छोराछोरीको भविष्य बोकेर मलेसिया पुगेका नेपाली गएको वर्ष दिनमा नै जेल जीवन बिताउन बाध्य भए । उनी विदेश गएपछि परिवारमा एक किसिमको खुशियाली छायो । एक वर्षभित्रै उनले विदेश जाँदा लागेको ऋण चुक्ता गरिसकेका थिए । ऋण सकिएपछि घरखर्च, परिवारको खुशीका निम्ति कमाएर केही वर्षमा नै स्वदेश फर्कने योजना बनाउँदै आएका नेपाली जेल जीवन बिताउन बाध्य भए ।

श्रीमान् विदेशको जेलमा छन्, परिवारमा आयस्रोत नहुँदा दैनिक गुजारा चलाउन जमुनालाई निकै समस्या छ । मजद्रूी गरेर दैनिक रु ५०० बुझेको ज्यालाबाट घरखर्च, छोराछोरीको पढाई खर्च चलाउनुपर्ने बाध्यता छ । ‘छोराछोरी सानै छन्, कमाउन जानुभएका श्रीमान् जेलमा पर्नुभयो, मजदूरी नगरेसम्म साँझ बिहान चुल्होमा आगो बल्दैन’, उनले भने । श्रीमान्लाई जेलबाट निकाल्न कहीँकतैबाट पहल नहुँदा कति समयसम्म जेल जीवन बिताउनुपर्ने हो पत्तो नभएको उनको गुनासो छ ।

‘श्रीमान्ले कसरी के कारणले भनेर सोध्दा केही बताउनु हुँदैन, जेलमा बसेको एक वर्षपछि मात्र परिवारमा खबर भयो, न रातमा निद्रा न दिनमा भोक लागेको जस्तै भएको छ’, उनले दुःखेसो पोखे । परिवारमा शिक्षित व्यक्ति नहुनु, आयस्रोत अत्यन्तै न्यून रहँदा उनको परिवारमा चिन्ता छाएको छ । छोरो जेलमा छ भनेको सुनेपछि ६० वर्षीया आमा पवित्रा नेपालीको आँखामा आँशु रोकिएको छैन । घरमा पुग्ने जो कोही, छिमेकी, आफन्त देख्नेबित्तिकै छोरालाई नेपाल झिकाउने व्यवस्था गर्न आग्रह गर्छन् ।

‘उमेर ढल्कँदै गएको छ, छोराको पिरैपिरले बिरामी पर्न थालेको छु, धन कमाउन छोरो विदेश गयोभन्दा मनमा खुशी छाएको थियो, अहिले धन कमाउन त परै जाओस् अर्काको देशमा जेलमा छ भनेको सुन्दा मनमा पिरको भारीले थिचिरहेको छ’, उनले बिलौना गर्दै भने । छोराछोरी घरको आँगनमा कोही नयाँ व्यक्ति पुग्नै हुदैन, बाबा आउनुभयो भन्दै बाहिर निस्कन्छन् ।

मनबहादुर नेपाली त एक उदाहरणीय पात्र मात्र हो । उनी जस्तै धेरै नेपालीले यो समस्या भोगिरहेका छन् । बेरोजगारी समस्याले धन कमाउन खाडी मुलुकमा ऋण खोजेर जाने युवाले सोही रकम गाउँमै लगानी गरेर कमाउन सकिन्छ ।

जेठ ५ गते, २०७६ - १४:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले...   

रौतहटमा प्रहरीको गाडी दुर्घटना, ११ जना घाइते, दुइकाे अवस्था गम्भीर

रौतहट । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा प्रहरीको गाडी दुर्घटना भएको छ । उक्त दुर्घटना हुँदा ६ जना...   

शेयर बजारमा सामान्य सुधार, कति अंकले बढ्यो ?

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल...   
महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’

महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’

एजेन्सी । इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र...   

हेटौँडा उपमहानगरपालिकाको बजेट एक अर्ब ८१ करोड १८ लाख

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको...   

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना कति ?

सियोल ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई...   

लडाकुद्वारा कब्जा गरिएको जिल्ला सुरक्षाकर्मीले लियाे फिर्ता

अफगानिस्तान । अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला...   
अमेरिकाले २४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा राख्न सफल

अमेरिकाले २४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा राख्न सफल

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न...   
मन्तव्य राख्न नदिएपछि नगरसभानै अवरुद्ध

मन्तव्य राख्न नदिएपछि नगरसभानै अवरुद्ध

काठमाडौँ। कैलालीको गोदावरी नगरपालिकाको नगरसभामा विवाद उत्पन्न भएको छ । स्थानीय व्यापारीहरूले उदोग...   

करेन्ट लागेर २८ वर्षीया सीता थापाको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top