Khabar Dabali Logo
  June 17, Mon

तीन जना साहित्यकार पुरस्कृत

स्याङजा । स्याङ्जा साहित्य प्रतिष्ठानले शनिबार तीन साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले स्याङ्जाको भीरकोट–१ बयरघारीमा आयोजना गरेको स्रष्टा सम्मान तथा विशेष रचनावाचन कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, खगेन्द्र गिरी र अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट प्राज्ञ दधिराज सुवेदी, ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट बाँके नेपालगञ्जका वरिष्ठ साहित्यकार खगेन्द्र गिरी ९कोपिला० र ‘आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट युवा साहित्यकार अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले बताए ।

विराटनगरमा रहेर नेपाली भाषा साहित्यको विशेषगरी समालोचना विधामा कलम चलाउँदै आउनुभएका प्राज्ञ सुवेदीलाई स्याङ्जा साहित्य प्रतिष्ठानले विसं २०५३ मा स्थापना गरेको ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट पुरस्कृत गरेको हो । प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशि रु १५ हजार ५०० रहेको छ ।

नेपालगञ्जमा रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा खेल्नुभएको योगदानको मूल्याङ्कन गर्दै ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट वरिष्ठ साहित्यकार खगेन्द्र गिरी ९कोपिला० लाई पुरस्कृत गरिएको हो ।

नेपाली भाषा साहित्यका कविता, काव्य तथा गजल विधामा कलम चलाउने स्याङ्जाको वालिङका युवा साहित्यकार अग्निकुमार पल्लवलाई ‘आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट पुरस्कृत गरिएको छ ।

जेठ ५ गते, २०७६ - १३:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार...   

गुठी विधेयक विवादः सत्ता पक्षकै सांसद पक्ष र विपक्षमा

काठमाडौं । राष्ट्रियसभाका सांसदले गुठीसम्बन्धी विधेयकको पक्ष र विपक्षमा विभाजित भई आ–आफ्नो धारणा...   

काठमाडौँ–केरुङ रेलमार्गः नेपाली टोली चीन प्रस्थान, बल नेपालको कोर्टमा

काठमाडौं । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल...   
माथिल्लो तामाकोसीमा सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

माथिल्लो तामाकोसीमा सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो...   
होटल हायातको कर्मचारी पाँच दिनदेखि आन्दोलित, होटलको सम्पुर्ण सेवा ठप्प

होटल हायातको कर्मचारी पाँच दिनदेखि आन्दोलित, होटलको सम्पुर्ण सेवा ठप्प

काठमाडौं । होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको...   

२०० मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्ट स्थापनाको तयारीमा भारत

नयाँदिल्ली । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को अगुवाईमा दुई वटा नयाँ सौर्य ऊर्जा प्लान्ट स्थापना...   

प्रतिनिधिसभामा पाँच वटा खर्च कटौतीको प्रस्ताव

काठमाडौं । विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलमा उद्योग, वाणिज्य तथाका आपूर्ति,...   
क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाडौँ । नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)0 ले आज त्रिभुवन...   

पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सम्पन्न, कहिलेबाट सञ्चालन हुने

वीरगञ्ज । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म...   
पार्टी एकताप्रति सहमति र इमान्दारिसाथ उभिनुपर्छ – अध्यक्ष प्रचण्ड

पार्टी एकताप्रति सहमति र इमान्दारिसाथ उभिनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकप)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top