Khabar Dabali Logo
  June 25, Tue

विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन

धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ ।

‘नेपालमा सामाजिक विकास र सामाजिक परिवर्तन¬’ विषयमा विद्यालय शिक्षामा जारी निजीस्तरको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन दुवै पृष्ठभूमिका विद्यार्थी एकै ठाउँ हुनुपर्ने देखाएको हो ।

नेपालमा निजी र सरकारी विद्यालयका कारण धनी र गरीबको विभेद् उत्पन्न हुने गरेको छ भने सामुदायिक विद्यालयमा पनि धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङ्ख्या बराबर (उच्च समिश्रण) भएमा भेद्भाव झन् बढ्ने देखिएको छ ।

स्वीटजरल्याण्डको जुरिच विश्वविद्यालयका डा जेनी ग्रुटर, संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड विश्वविद्यलायका प्रा मेलानी किलेन र नेपालको त्रिभुवन विश्वविद्यालयका सन्देश ढकालले ललितपुरका ७६४ विद्यालयका विद्यार्थीमा गरेको एक अध्ययनले गरीब परिवारका विद्यार्थीलाई सरकारको छात्रवृत्तिको प्रबन्धले उनीहरुमा सकारात्मक सामाजिक अन्तर्क्रियाको भावना विकास भएको औल्याएको हो ।

अध्ययनको प्रारम्भिक निचोडमा भनिएको छ, ‘कमजोर आर्थिक अवस्था भएका बालबालिकाको उच्च समीश्रण भएका विद्यालयमा उनीहरुले निकै कम भेदभाव महसुस गरेको पाइयो । तुलनात्मकरुपमा धनी पृष्ठभूमिका बालबालिका गरीब पृष्ठभूमि भएका बालबालिकाप्रति बढी समावेशी, सहिष्णु र घुलमिल भएको पाइयो ।’

कमजोर आर्थिक अवस्थाका बालबालिकालाई छात्रवृत्तिको माध्यमबाट निःशुल्क शिक्षा उपलब्ध गराउँदा उनीहरुको सामाजिक सहभागिता अभिवृद्धि गर्ने, भेद्भाव र बहिष्करण न्यून गराउन कत्तिको सहयोग पुग्छ भन्नेबारेमा आफूहरुले एक वर्षदेखि अध्ययन गरिरहेको अनुसन्धानकर्ता ढकालले बताए ।

उनले विद्यालयमा विविधता प्रदान गर्नु समावेशी र समानताका लागि प्रभावकारी हुने बताउँदै आफूहरुले केन्द्रीय तथ्याङ्क विभागसँग सहकार्य गरी छात्रवृत्तिका लागि आवश्यक पर्ने कमजोर आर्थिक अवस्था भएका बालबालिकाको पहिचान र छनोटका लागि विश्वसनीय हुने कम्प्युटरमा आधारित एक विधिको पनि विकास गरेको जानकारी दिए ।

जेठ ५ गते, २०७६ - १२:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हरेक पुरुषले विवाह अगाडि बोल्ने यी ८ झुट, जान्नुहोस्

हरेक पुरुषले विवाह अगाडि बोल्ने यी ८ झुट, जान्नुहोस्

एजेन्सी । प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका...   

यस्तो सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक

काठमाडौँ । सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज...   

कास्कीमा एक घर एक धारा’ अभियान

पाेखरा । कास्की जिल्लाका पाँच वटा स्थानीय तहमध्ये खानेपानीको सबैभन्दा बढी अभाव भोग्दै आएको रुपा गाउँपालिकामा...   
सार्वजनिक सवारी साधनको मार्ग व्यवस्थापन भएन

सार्वजनिक सवारी साधनको मार्ग व्यवस्थापन भएन

काठमाडौँ । सरकारले यातायात व्यवसायी महासङ्घको एकाधिकार अन्त्य गरेको एक वर्ष नाघे पनि काठमाडौँ उपत्यकामा...   

लगातार वर्षाका कारण जमीन भासिँदा जिससको भवन भत्कियो

पर्वत । लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जिससको भवनमा...   

दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलोनीमा गएराति दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको...   
उद्योग व्यवसायीद्धारा नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न माग

उद्योग व्यवसायीद्धारा नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न माग

परासी । औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै आएको पश्चिम नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न यहाँका...   

यसकाण पछिल्लो समय बलात्कारकाे घटना दोब्बर बढ्यो

वीरेन्द्रनगर। पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ बलात्कारका घटना भएका छन् । यो गत आवको घटनाभन्दा...   

पाँच दिनदेखि डोल्पा अस्पतालमा औषधि अभाव

जाजरकाेट । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या...   
प्रदेशको नाम अन्तिम चरणमा: मुख्यमन्त्री राई

प्रदेशको नाम अन्तिम चरणमा: मुख्यमन्त्री राई

गाइघाट । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङग्याइने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top