Khabar Dabali Logo
  August 21, Wed

वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन बनेको छ ।

अघिल्लो आर्थिक वर्षमा भवन निर्माणको काम सकिए पनि अस्पतालमा उपकरण ल्याउन ढिलाइ हुँदा भवन प्रयोगविहीन भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकाको डेनभर चिडियाखाना विश्व वन्यजन्तु कोषको रु दुई करोड ४६ लाख सहयोगमा अस्पतालको भवन निर्माण भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले जानकारी दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले भवन बनाइसकेकाले अबको स्वामित्व निकुञ्ज विभागको हुने डा लामिछानले बताए । उपकरण खरीद गर्ने कामदेखि व्यवस्थापनको पाटो निकुञ्ज विभागले गर्ने र राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा सहयोग गर्ने उनको भनाइ छ । घाइते तथा बिरामी वन्यजन्तु उपचारका लागि यहाँ नेपालमै पहिलो वन्यजन्तु अस्पताल निर्माण गरिएको थियो ।

विसं २०७१ फागुन २० गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालीन वनमन्त्री महेश आचार्यबाट शिलान्यास भएको सो अस्पताल चार वर्षमा निर्माण सम्पन्न भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार आगामी आवमा अस्पताल पूर्णरूपमा सञ्चालनमा आउनेछ ।

“अस्पताल संवेदनशील विषय भएकाले सञ्चालनमा ढिलाइ भएको हो”, उनले भने, “वन्यजन्तु अस्पताल भएकाले व्यवस्थापनमा जटिलता हुन्छ, अर्को आर्थिक वर्षबाट अस्पतालले सेवा दिन शुरु गर्छ ।” उपमहानिर्देशक भट्टराईले वन्यजन्तुको कतिपय औषधि नेपाल सरकारले अर्को देशको सरकारलाई आग्रह गरेर ल्याउनुपर्ने भएकाले ढिलाइ हुन पुगेको बताए।

अस्पताललाई चाहिने कर्मचारी लोकसेवामार्फत ल्याउनुपर्ने भएकाले अस्पतालले तोकिएको समयमै सेवा शुरुआत गर्न कठिन भएको उनको भनाइ छ । अस्पतालमा चार चिकित्सक र सात प्राविधिक बस्ने कोठा, एक्स–रे कक्ष, प्रयोगशाला र उपचार कक्ष रहने बताइएको छ ।

अस्पतालले हात्ती, बाघ, गैँडाजस्ता ठूला वन्यजन्तुको एक्स–रे देखि सम्पूर्ण शरीर परीक्षण गर्ने गरी अस्पताल सञ्चालनसँगै त्यसका लागि मुभिङ एक्स–रे मेसिन तथा क्वारेन्टाइनसम्म उपलब्ध गराउने लक्ष्य छ । बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुञ्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो ।

जेठ ५ गते, २०७६ - १२:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अठार वर्षपछि साधारणसभा, एउटा धारा जडान गर्न रु ४० हजार

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्चालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महीनाभित्र...   

फुटबल : नेपाल भारतसँग पराजित

काठमाडौ । भारतमा जारी पाँचौँ संस्करणको यू–१५ ९पन्ध्र वर्षमुनि० साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो...   

दुर्घटनाका कारण रसुवाको राजमार्ग अवरुद्ध

रसुवा । स्याफ्रुबेँसी धुञ्चे सडकखण्डमा आज बिहान ८ बजे भएको सवारी दुर्घटनाका कारण रसुवागढी क्षेत्रको...   

यी ११ उद्योग कारवाहीमा

हेटाैडा । तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको...   

एशिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले...   
ट्रान्सफर्मर भित्रको तार चोरी

ट्रान्सफर्मर भित्रको तार चोरी

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित गुटबजारमा बिजुलीको ट्रान्सफर्मर भित्रको तार चोरी...   
तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

कावासोती । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा...   

बिहादीमा केन्द्र सार्ने विषयमा विवाद

पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धमा विवाद चुलिएको छ । चालू आर्थिक...   

यसकारण महीनावारी र सुत्केरीलाई दिइँदैन दूधदही

बाजुरा । जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको...   

काठमाडौबाट ४५ लिटर रक्तचन्दनको तेलसहित तीन पक्राउ

काठमाडौ । नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top