Khabar Dabali Logo
  August 22, Thu

खानेपानी मन्त्रीकै जिल्लामा खानेपानीको अभाव

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका स्थानीय बासिन्दाका घर नजिकै सार्वजनिक धारा बनाइएका छन् तर, स्थानीय बासिन्दाले अझै हातेपम्पकै आर्सेनिक र आइरनयुक्त पानी पिउनुपरेको छ ।

फुलेली खानेपानी आयोजना निर्माण भएको २४ वर्ष बितेको छ । आयोजना निर्माण भएपछि दुईपटक मर्मतसमेत भएको छ । अझै पनि धारामा पानी आइपुगेको छैन । आयोजनाको दुईपटक उद्घाटन गरिए पनि धारामा एक थोपा पानी पाउन नसकिएको स्थानीयवासी लक्ष्मीदत्त जोशीले बताए ।

‘खानेपानी आयोजना निर्माणपछि सहजरूपमा पानी पाउने आशामा थियौँ’ उनले भने, ‘धारामा पानी नआउँदै उद्घाटन गरियो । पानीपछि आउँछ भन्थे, अहिलेसम्म आएको छैन ।’ शुद्ध पेयजल उपलब्ध नहुँदा हातेपम्पको असुरक्षित पानी पिउनुपरेको उनले बताए ।

विसं २०५२ मा स्थापना भएको खानेपानी आयोजना निर्माणमा रु ८३ लाख रकम खर्च गरिएको थियो । धारापानीमा रहेको खानेपानीको बाँध बाढीले बगाएपछि पुनः रु ४० लाख खर्च गरेर गिठेमा बाँध बनाई पानी ल्याउने भन्दै कार्य अगाडि बढाइए पनि बस्तीसम्म पानी पुग्न सकेन । ‘खानेपानी आयोजना मर्मतका लागि वर्षेनी बजेट आउँछ भन्ने सुनिएको छ, त्यो कुन ठाउँमा खर्च हुन्छ थाहा हुँदैन’, स्थानीयवासी पवन हमालले भने ।

फुलेली चुरे नजिकैको ठाउँ भएकाले हातेपम्प गाड्नसमेत धेरै रकम खर्च गर्नुपर्दछ । आर्थिकरूपमा विपन्न परिवारले हातेपम्पसमेत गाड्न नसक्दा खानेपानीका लागि अरुकै भर पर्नुपर्ने बाध्यता छ । ‘खानेपानी आयोजनाका पाइप खेत भएर गाड्न थालेपछि निकै उत्साहित थियौँ’, स्थानीय बिजुलीदेवी धामीले भनिन्, ‘घर नजिकै धारा बनाइँदा सहजरूपमा खानेपानी पाउने भयौँ भनेर खुशी थियौँ, धारा निर्माण भएको वर्षौं बितेपनि पानी नपाउँदा निराशा मात्रै हात लागेको छ ।’ फुलेली खानेपानी आयोजना निर्माण समितिको म्यादसमेत धेरै अघिनै सकिएको छ ।

वडाध्यक्ष बहादुरसिंह महराले मर्मतका लागि वर्षेनी आउने बजेटबारे आफूले पनि सोधखोज गरिरहेको बताए। ‘मर्मतका लागि आएको बजेट दुरुपयोग भएको रहेछ भने कारवाही प्रक्रिया अगाडि बढाउन तत्पर छु’, उनले भने । यस्ता खानेपानी आयोजना भूस्खलन, बाढीलगायतका कार्यले बढी क्षति हुने भएकाले मर्मतका नाममा रकमको दुरुपयोग बढी हुने गरेकाले यसको विकल्पमा भूमिगत खानेपानी आयोजना निर्माणको काम अगाडि बढाइएको उनले बताए ।

‘पिउने पानीको अभाव पूर्ति गर्न दुई खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइरहेका छौँ’, उनले भने, केही वर्षभित्रै आयोजना निर्माणको कार्य पूरा गरी सर्वसाधारणलाई शुद्ध पानी उपलब्ध गराउँछौँ ।’

जेठ ५ गते, २०७६ - ११:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ

धादिङ । झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको...   

चार लाख दिएर बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ

राँझा । आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले...   

मोरङमा सवारी दुर्घटनामा परी १०५ जनाको मृत्यु

विराटनगर । गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मोरङमा १०५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी...   

बारपाकमा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको...   
संसद् भवनमा सुविधासम्पन्न चमेना गृह

संसद् भवनमा सुविधासम्पन्न चमेना गृह

काठमाडौ। नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण...   
अब चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने

अब चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने

काठमाडाै । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु...   

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा: मन्त्री पोखरेल

काठमाडाै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा...   

अठार वर्षपछि साधारणसभा, एउटा धारा जडान गर्न रु ४० हजार

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्चालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महीनाभित्र...   

फुटबल : नेपाल भारतसँग पराजित

काठमाडौ । भारतमा जारी पाँचौँ संस्करणको यू–१५ ९पन्ध्र वर्षमुनि० साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो...   

दुर्घटनाका कारण रसुवाको राजमार्ग अवरुद्ध

रसुवा । स्याफ्रुबेँसी धुञ्चे सडकखण्डमा आज बिहान ८ बजे भएको सवारी दुर्घटनाका कारण रसुवागढी क्षेत्रको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top