Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बुद्धमय बन्यो पोर्चुगलको राजधानी लिस्बन

काठमाडौं । युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बन शनिबार बुद्धमय बन्यो । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको २५६३औँ जन्मजयन्तीको अवसर पारेर नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र नेपाली सङ्घसंस्थाको सक्रियतामा यहाँ आयोजित वृहत् शोभायात्राले लिस्बन शहर बुद्धमय बनेको हो ।

बुद्धको मूर्ति, बुद्ध अङ्कित तस्वीर, बुद्धवाणी र दिव्य उपदेश लिखित प्लेकार्ड, ब्यानर र नेपालको राष्ट्रिय झण्डासहित तामझामका साथ नेपाली वेशभूषामा सजिएका नेपाली समुदायले यहाँको मुख्य पर्यटकीय शहरलाई बुद्धमय बनाएका हुन् । रोसियोस्थित समुद्र किनारबाट शुरु भएको शोभायात्रा मुख्य पर्यटकीय क्षेत्रको परिक्रमापश्चात मार्तिम मोनिज पार्कमा आएर समापन भएको थियो ।

शोभायात्रामा बुद्ध वचनका साथै बुद्धम् शरणम् गच्छामी, धम्मं शरणम् गच्छामी, संघम् शरणम् गच्छामीलगायत बुद्धका शान्ति सन्देश प्रवाहित गरिएको थियो ।

यस्तै बुद्ध नेपालमा जन्मेका हुन्, बुद्ध शान्तिका प्रतीक हुन्, नेपाल भ्रमण गरौँजस्ता बुद्धभूमि नेपालको प्रचारमूलक सन्देश प्रवाह गरिएको थियो । शोभायात्रामा बौद्ध अनुयायीलगायत पोर्चुगलमा रहेका नेपालीको उल्लेख्य सहभागिता रहेको थियो ।

शोभा यात्रापछि मार्तिम मुनिज पार्कमा आयोजित कार्यक्रममा बोल्दै बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमालले बुद्धका ज्ञान, दर्शन र उपदेश विश्वसामु पुर्‍याउनु सबै नेपालीको दायित्व रहेको बताउनुभयो । शोभायात्रामार्फत विदेशीलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिइएको र बुद्धभूमि नेपालको प्रचारप्रसार गरिएको वाणिज्यदूत हमालको भनाइ थियो ।

पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले बुद्धभूमि नेपालको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष कुवेर कार्की, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले बुद्धको सन्देशमाथि प्रकाश पार्नुभएको थियो । यसअघि रोसियोस्थित काजा दि लाफोइसको हलमा धर्मगुरुद्वारा बुद्धको पूजाआराधना गरिएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies