Khabar Dabali Logo
  June 17, Mon

लाइफ इन्स्योरेन्स कम्पनीको १९औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७६ जेष्ठ ४ गते शनिबार, बीरगंजमा सम्पन्न उन्नाइसौं बार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२३.५० (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ५,४९,९६,१६,०८१०/- हुनेछ ।

अध्यक्ष श्री गोविन्द लाल संघईज्यूको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा स्वागत मन्तव्य एवं बार्षिक प्रतिवेदन प्रस्तुत गदै उनले समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजारहिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त रे ।

सभाबाट आ.व.२०७४/०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ ।

यस कम्पनीको लगानी रु ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,२२,००० भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

जेठ ४ गते, २०७६ - १६:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार...   

गुठी विधेयक विवादः सत्ता पक्षकै सांसद पक्ष र विपक्षमा

काठमाडौं । राष्ट्रियसभाका सांसदले गुठीसम्बन्धी विधेयकको पक्ष र विपक्षमा विभाजित भई आ–आफ्नो धारणा...   

काठमाडौँ–केरुङ रेलमार्गः नेपाली टोली चीन प्रस्थान, बल नेपालको कोर्टमा

काठमाडौं । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल...   
माथिल्लो तामाकोसीमा सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

माथिल्लो तामाकोसीमा सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो...   
होटल हायातको कर्मचारी पाँच दिनदेखि आन्दोलित, होटलको सम्पुर्ण सेवा ठप्प

होटल हायातको कर्मचारी पाँच दिनदेखि आन्दोलित, होटलको सम्पुर्ण सेवा ठप्प

काठमाडौं । होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको...   

२०० मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्ट स्थापनाको तयारीमा भारत

नयाँदिल्ली । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को अगुवाईमा दुई वटा नयाँ सौर्य ऊर्जा प्लान्ट स्थापना...   

प्रतिनिधिसभामा पाँच वटा खर्च कटौतीको प्रस्ताव

काठमाडौं । विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलमा उद्योग, वाणिज्य तथाका आपूर्ति,...   
क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाडौँ । नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)0 ले आज त्रिभुवन...   

पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सम्पन्न, कहिलेबाट सञ्चालन हुने

वीरगञ्ज । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म...   
पार्टी एकताप्रति सहमति र इमान्दारिसाथ उभिनुपर्छ – अध्यक्ष प्रचण्ड

पार्टी एकताप्रति सहमति र इमान्दारिसाथ उभिनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकप)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top