Khabar Dabali Logo
  June 2, Tue

यस साता करीब पाँच अर्ब बराबरको शेयर कारोवार

काठमाडाैं । शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो । साताको शुरुआतदेखि नै उकालो लागेको बजार अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो ।

यस साता करीब रु पाँच अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचकसमेत २३.६८ विन्दुले बढेको छ ।

स्टकका अनुसार कूल एक करोड ५२ लाख ६३ हजार ७४९ किक्ता शेयर रु चार अर्ब ९४ करोड ९३ लाख ४१ हजार ९६१ मूल्यमा खरीद बित्री भएका छन् । कारोवार हुने साताको पाँच दिनमध्ये चार दिन बजारमा वृद्धि भएको थियो भने अन्तिम दिन भने सामान्य अङ्कले घटेको थियो ।

साताको पहिलो दिन नेप्सेमा आइतबार सामान्य सुधार आएको थियो । कारोवार मापक नेप्से परिसूचक ३.०७ विन्दुले बढेर एक हजार २९५.०३ विन्दुमा पुग्यो । आइतबार कूल १७१ कम्पनीको २६ लाख ६९ हजार ५९ किक्ता शेयर रु ८४ करोड ७६ लाख ९९ हजार ६६१ मूल्यमा खरीद बित्री भए ।

त्यस्तै सोमबार नेप्से परिसूचक ६.३० विन्दुले बढेर एक हजार ३०१.३४ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।२१ विन्दुले बढेर २७८.२४ उक्लियो । कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ किक्ता शेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बित्री भए ।

त्यस्तै मङ्गलबार कारोवार सूचक १४.१२ विन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुग्यो । स्टकका अनुसार सो दिन कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर रु एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७२९ मूल्यमा कारोवार भयो ।

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । सो दिन कारोवार मापक नेप्से ५।५५ विन्दुले बढेर एक हजार ३२१ विन्दुमा पुग्यो । स्टकका अनुसार बुधबार १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ किक्ता शेयर रु एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ मा खरीद बित्री भए ।

बिहीबार भने शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । उक्त दिन नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८।७१ विन्दुमा झर्‍यो । स्टकका अनुसार कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर रु ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए । यस साता स्टकका विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा प्रोग्रेसिभ फाइनान्सको ५९ लाख एक हजार कित्ता हकप्रद शेयर सूचीकृत भयो । त्यस्तै प्रभु बैंकको ६५ लाख ८७ हजार १५८ कित्ता शेयर लाभांश, कृषि विकास बैंकको ५१ लाख तीन हजार १२९ कित्ता शेयर लाभांश सूचीकृत भयो ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको एक लाख ४४ हजार ७५ कित्ता शेयर लाभांश सूचीकृत हुँदा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको चार लाख ९७ हजार ७७८ कित्ता साधारण शेयर र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख ३५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।

जेठ ४ गते, २०७६ - १५:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको...   

कर्णालीमा फेरि थप २९ जनामा कोरोना पुष्टि

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको...   

काश्मिरमा एक आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

नयाँ दिल्ली । भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको...   

अमेरिकामा एकै दिन ७४३ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको...   

नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न सांसदको माग

काठमाडौं । राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार...   
क्वारेन्टिनमा बसेकालाई दैनिक २ सय भत्ता

क्वारेन्टिनमा बसेकालाई दैनिक २ सय भत्ता

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता...   

कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारको मृत्यु, ६३ लाख ७४ हजार संक्रमित

पेरिस। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु...   

मोदीलाई नारायणकाजी श्रेष्ठको आग्रह – पशुपतिनाथको आशीर्वाद लिएर पवित्र भूमिको एक इन्च भूमि पनि लिँदैनौ भनेर सच्चिनुस्

काठमाडौँ । नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र...   

कोरोना महामारीकै बेला फेरि इबोलाका रोगी देखिए, चार जनाको मृत्यु

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक...   
सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

काठमाडौं । सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top