Khabar Dabali Logo
  August 22, Thu

अब्बल बन्दै सामुदायिक विद्यालय

धनगढी । केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे। कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो।

आजको नागरिक दैनिकमा खबर छ – आफैंले पढाउने सामुदायिक विद्यालयले दिने शिक्षाप्रति विश्वास नभएर शिक्षकले पनि निजी विद्यालयमा छोराछोरी पढाउँथे। तर केही वर्षयता सुदूरपश्चिम प्रदेशका केही सामुदायिक विद्यालयले गरेको गुणात्मक सुधारले पुरानो परिदृष्य बदलिएको छ। सामुदायिक विद्यालयले शिक्षामा गरेको सुधारका कारण विद्यार्थी र अभिभावक दुवैको आकर्षण बढेको छ।

अस्थायी राजधानी धनगढीमा रहेको पन्चोदय उच्च माविले चालु शैक्षिक सत्रका लागि निजी विद्यालय छाडेर भर्ना हुन आएका सबै विद्यार्थीलाई भर्ना गर्न सकेन। ‘चालु शैक्षिक वर्षमा कक्षा १ देखि कक्षा ९ सम्म भर्ना हुन यति धेरै विद्यार्थी आए कि हामीले सबलाई स्थान दिन सकेनौं। प्रवेश परीक्षा लिएरमात्र भर्ना गर्नुप¥यो,’ पन्चोदय उच्च माविका प्राचार्य हरिश ओझाले भने।

पन्चोदयमा गत वर्षदेखि नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न थालिएको छ। विद्यार्थीको भर्ना चाप धेरै भएकाले कक्षा ९ मा नेपालीमा ३ र अंग्रेजीमा ३ गरेर ६ सेक्सन सञ्चालन गरिएको छ भने अन्य कक्षामा पनि अंग्रेजीमा २ र नेपालीमा २ गरेर ४ सेक्सन चलाउनुपरेको उनले बताए।

पन्चोदय उच्च माविमा राम्रो पठनपाठन हुन थालेपछि अभिभावकले निजी विद्यालयवाट छोराछोरी छुटाएर भर्ना गरेका छन। ‘मैले मेरा छोराछोरी दुवैलाई निजी विद्यालयबाट निकालेर पन्चोदयमा भर्ना गरेको छु।’ धनगढी–४ कि साधना सिंहले भनिन्। उनले एलजी एकेडेमीमा पढ्ने छोरी अनिषा र अक्सफोर्ड बोर्डिङमा पढ्ने छोरा अनिशलाई छुटाएर पन्चोदयमा भर्ना गरेको बताइन्। ‘निजी विद्यालयमा भन्दा राम्रो पढाइ हुन्छ भन्ने सुनेर पन्चोदयमा ल्याएर भर्ना गरेकी हुँ’, उनले भनिन्, ‘कम खर्चमा राम्रो पठनपाठन हुने भएकाले हाम्रो टोलका धेरैले यही स्कुलमा भर्ना गरेका छन्।’

निजी स्कुलमा पढिरहेका धनगढी– ४ का शरद चौधरीलाई पनि उनका अभिभावकले पन्चोदयमा भर्ना गर्न खोजेका थिए। तर उनले भर्ना पाउन सकेनन्। ‘पन्चोदयमा भर्ना हुन प्रवेश परीक्षा दिएँ तर नाम निस्केन’, चौधरीले भने।

यसैगरी बझाङको सबैभन्दा पुरानो सरकारी स्कुल सत्यवादी माविले पनि पठनपाठनमा सुधार ल्याएको छ। सो विद्यालयले सामुदायिकले पनि उत्कृष्ट र गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने पुष्टि गरेको छ। नेपाली र अंग्रजी दुबै माध्यमबाट सो विद्यालयमा पठनपाठन हुने गरेको छ। विद्यालयमा भर्ना हुने विद्यार्थीको चाप बढेपछि यस वर्ष पनि प्रवेश परीक्षाबाट छनोट गरियो। आवेदन भरेका सबैले भर्ना पाएनन्।

सो विद्यालयमा पठनपाठन राम्रो भएको र नतिजा पनि राम्रो आउन थालेकाले विद्यार्थीको आकर्षण बढेको अभिभावक बताउँछन्। ‘पठनपाठनमा विद्यार्थीको मन जितेकाले यो विद्यालय विद्यार्थीको आर्कणको केन्द्र बन्न सफल भएको हो’, अभिभावक रमेशबहादुर बिष्टले भने, ‘मैले ३ छोरी र १ छोरालाई निजी विद्यालयबाट निकालेर यो विद्यालयमा भर्ना गरें। पैसा पनि धेरै खर्च नहुने र पढाइ पनि निजीमा भन्दा राम्रो भएपछि यो विद्यालयप्रति सबैको आकर्षण बढेको हो।’

सदरमुकाम चैनपुरका निजी विद्यालयबाट छोराछोरीलाई निकालेर सत्यवादी माविमा भर्ना गर्न चाहे पनि नपाएको गुनासो केही अभिभावकको छ। विद्यालयमा विद्यार्थीको चाप बढेपछि सेक्सन बनाएर पढाउनुपरेको छ। पाँचदेखि माथिका सबै कक्षामा ३ देखि ४ वटा सेक्सन सञ्चालनमा रहेको प्रधानाध्यापक रामदत्त उपाध्यायले बताए।

विद्यार्थी संख्याको अनुपातमा विद्यालयमा शिक्षक संख्या निकै कम छ। ‘१ हजार ७ सय १८ विद्यार्थी गत साल भर्ना भएका थिए। यो वर्ष झन् चाप परेको छ। भर्ना भइरहेकाले यकिन संख्या निकाल्न बाँकी रहेको उनले बताए। अभिभावकले आफ्ना छोराछोरीलाईलाई भर्ना गर्न विद्यालयलाई दबाब दिने गरेका छन्। शिक्षक संख्या जम्मा १८ छ। विद्यालयले निजी स्रोतमा मावि तहमा ४ जना शिक्षक राखेको छ। बझाङका तत्कालीन राजा जयपृथ्बीबहादुर सिंहले १९६३ सालमा स्थापना गरेको यो विद्यालय सदरमुकाम चैनपुरसँगै जोडिएको भोपुरमा छ।

त्यस्तै दार्चुलाको सदरमुकाम खलंगास्थित महेन्द्र नमुना मावि पनि पठनपाठनमा निजी विद्यालयलाई पछाढि पार्दै सबैको मन जित्न सफल भएको छ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने सो विद्यालय लगातार तीन वर्ष उतकृष्ट नतिजा हात पार्न सफल भएको छ। पठनपाठन र नजिता राम्रो दुवै राम्रो भएकाले अभिभावक र विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक रामदत्त जोशीले बताए। अंग्रेजी माध्यममा पनि पठनपाठन हुन थालेपछि गुणस्तर चुलिएको अभिभावक बताउँछन। यसै कारण विद्यार्थीको आकर्षण बढेको तर सबैले भर्ना पाउन नसकेको प्रअ जोशीले बताए।

निजी विद्यालय सामुदायिकमा समायोजन
यसैगरी डडेल्धुरामा पनि सामुदायिक विद्यालयमा पठनपाठन राम्रो हुन थालेपछि निजी विद्यालय समस्यामा पर्न थालेका छन्। विद्यार्थी अपुग भएपछि निजी विद्यालय सामुदायिकमा समायोजन हुन थालेका छन्। गन्यापधुरा गाउँपालिकामा रहेको मर्निङवेल बोर्डिङ स्कुल जिमरोडा लाटागन्याप प्राविमा मर्ज भएको हो। त्यस्तै लाटागन्याप प्राविमा सरस्वती प्रावि पनि मर्ज भएको छ। लाटागन्याप प्राथमिक विद्यालय मालिगाउँमा कक्षा पाँचसम्म पढाइ हुन्छ। गत शैक्षिक सत्रमा जम्मा ४८ विद्यार्थी अध्ययनरत थिए। सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन थालेपछि समायोजन हुनुपरेको मर्निङवेल बोर्डिङ स्कुलका प्रिन्सिपल शेरबहादुर ऐरले बताए।

‘संस्थागत विद्यालयमा जसरी सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन थालेका छन्। सामुदायिक विद्यालयलाई पनि उत्कृष्ट र गुणस्तरीय बनाउनुपर्छ भन्ने मान्यता राखेर हामी सबै मिलेका हौं,’ उनले भने। सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन थालिएपछि निजी विद्यालय विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुग्न थालेपछि समायोजन गर्नुपरेको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए।

जेठ ४ गते, २०७६ - ०९:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागेश्वरीका  बहुमूल्य  गरगहना  खै ?

बागेश्वरीका बहुमूल्य गरगहना खै ?

काठमाडौं। नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनले विभिन्न समयमा चढाएका बहुमूल्य गरगहनाहरु हराएका...   

सशस्त्रको ध्यान उत्तरी नाकातर्फ

काठमाडौं । सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोट (बिओपी)...   

प्रधानमन्त्री जहाँ भएपनि भिडियोबाटै मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद्...   
श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनी जिउदैँ जलाएर फरार

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनी जिउदैँ जलाएर फरार

काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै...   

भारतले भूकम्पपछि पुननिर्माणका लागि नेपाललाई साढे दुई अर्ब उपलब्ध गर्यो

काठमाडौं । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध...   

निजी मिडियाप्रति अनुदार बन्दै सरकार

काठमाडौं । प्रनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन बोर्डलाई असीमित अधिकार दिएर निजी मिडियालाई...   

द्रुतमार्गको डीपीआर स्वीकृत

काठमाडौं । काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत...   

नेपाल–भारत बैठक : तितो मेट्ने पहल मात्रै

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमार्फत दुई मुलुकबीच सम्बन्धमा रहेको तिक्तता मेट्ने...   

स्कारपियाको ठक्करबाट एकको मृत्यु

चितवन । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण...   
सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित

सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित

काठमाडौं । बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top