Khabar Dabali Logo
  June 2, Tue

भन्सार विभाग भन्छ – १५१ देशसँग व्यापार, २३ मा नाफा

काठमाडौं । नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महीनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा रहेको छ । व्यापार नाफामा रहेका मुलुकको कारोवार भने असाध्यै न्यून छ । नाम मात्रैको व्यापार ती देशसँग भएको विवरणमा उल्लेख छ ।

छिमेकी देश चीन र भारतसँगको व्यापार घाटाको मात्रा सबैभन्दा बढी रहेको छ । भारतबाट रु छ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामान आयात भएको छ । नेपालबाट रु ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार बराबरको मात्रै निर्यात भएको छ ।

निर्यातभन्दा आयातको मात्रा बढी भएका कारण भारतसँग ठूलो परिमाणमा व्यापार घाटा भएको देखिन्छ । भन्सार विभागको विवरणका आधारमा हेर्ने हो भने भारतसँग रु छ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार बराबरको व्यापार घाटा रहेको छ ।

यस्तै उत्तरी छिमेकी देश चीनबाट रु एक खर्ब ५३ अर्ब ९६ करोड ५६ लाख मूल्य बराबरको सामान आयात हुँदा रु एक अर्ब ५२ करोड ३२ लाख ६१ हजार मूल्य बराबरका सामान मात्र निर्यात भएको छ । चीनसँग नेपालको व्यापार घाटा रु एक खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रहेको छ ।

नेपालको व्यापार घाटा हुने देशमा संयुक्त अरब इमिरेट्ससमेत रहेको छ । सो देशसँग रु २६ अर्ब ७० करोड चार लाख ६२ हजार बराबरको व्यापार घाटा छ । सो देशबाट रु २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजार बराबरको सामान आयात हुँदा रु ११ करोड ८७ लाख ३३ हजार बराबरको मात्रै निकासी भएको छ ।

नेपालको व्यापार घाटा रहेको देशमा फ्रान्ससमेत रहेको छ । फ्रान्ससँग रु १६ अर्ब ४० करोड ११ लाख ४७ हजार बराबरको व्यापार घाटा रहेको छ । फ्रान्सबाट रु १७ अर्ब ३६ करोड ७९ लाख ७४ हजार बराबरको सामान आयात गर्दा रु ९६ करोड ६८ लाख बराबरको मात्रै सामान निकासी भएको छ ।

इण्डोनेसिया, थाइल्याण्ड, क्यानाडा, मलेसिया, स्विटजरल्याण्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरब, युक्रेनलगायतका देशसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको विवरणमा उल्लेख छ ।

नेपालको कूल व्यापार हुने मुलुकमध्ये बहामासमा रु आठ लाख ६९ हजार, यमन रु एक करोड ८२ लाख ८७ हजार, अल्जेरिया रु छ करोड ८६ लाख ४७ हजार, एन्टिगुआ र बर्मुडा रु दुई लाख ७८ हजार, न्यू क्यालेडोनिया रु एक करोड ६६ लाख ६१ हजार, गुयना रु २८ लाख ५१ हजार, अजरबैजान रु १८ लाख ८४ हजार र पानामा रु २३ लाख १६ हजार बराबरको सामान निर्यात भई नाफामा रहेको पाइएको छ ।

चालू आवको नौ महीनामा रु १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख चार हजार बराबरको आयात भएको छ । यस्तै सोही अवधिमा रु ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार बराबरको मात्रै सामान निर्यात भएको छ । व्यापार घाटा मात्रै रु नौ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५७ हजार बराबरको रहेको छ ।

विभागका अनुसार कूल ४६ मुलुकमा भने कुनै पनि मालवस्तु निर्यात हुन सकेका छैनन् । सार्क मुलुकमध्ये पाकिस्तानसँग पनि रु ४५ करोड १४ लाख ४६ हजार बराबरको व्यापार घाटा छ भने भूटानसँग रु एक अर्ब पाँच करोड ६० लाख ५५ हजार बराबरको घाटा रहेको छ । श्रीलङ्कासँग रु २१ करोड ७२ लाख ६८ हजार व्यापार घाटा रहँदा अफगानिस्तानसँग भने रु एक करोड ४७ लाख ८४ हजार बराबरको नाफामा रहेको छ ।

यस्तै बङ्गलादेशसँग रु दुई अर्ब ४६ करोड सात लाख ५८ हजार बराबरको व्यापार घाटा रहेको छ ।

जेठ ३ गते, २०७६ - १६:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको...   

कर्णालीमा फेरि थप २९ जनामा कोरोना पुष्टि

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको...   

काश्मिरमा एक आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

नयाँ दिल्ली । भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको...   

अमेरिकामा एकै दिन ७४३ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको...   

नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न सांसदको माग

काठमाडौं । राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार...   
क्वारेन्टिनमा बसेकालाई दैनिक २ सय भत्ता

क्वारेन्टिनमा बसेकालाई दैनिक २ सय भत्ता

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता...   

कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारको मृत्यु, ६३ लाख ७४ हजार संक्रमित

पेरिस। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु...   

मोदीलाई नारायणकाजी श्रेष्ठको आग्रह – पशुपतिनाथको आशीर्वाद लिएर पवित्र भूमिको एक इन्च भूमि पनि लिँदैनौ भनेर सच्चिनुस्

काठमाडौँ । नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र...   

कोरोना महामारीकै बेला फेरि इबोलाका रोगी देखिए, चार जनाको मृत्यु

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक...   
सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

काठमाडौं । सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top