Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भ्रष्टचारीलाई भन्दा बढी घृणा देह व्यापारीलाई, यसलाई व्यवस्थित गर्ने कि बर्जित ?

‘काठमाडौंमा यौनकर्मी खोज्दै सादा पोशाकको प्रहरी ।’

फलानो ठाउँबाट देह व्यापारमा संलग्न यति जना पक्राउ ।’

यौनकर्मी रंगेहात पक्राउ परे ।’

‘फलानो ठाउँ यौन व्यवसायको अखडा बन्यो ।’

केही दिन यता प्रहरीले यौनकर्मीको खोजीमा अरु बढी सक्रियता देखाएको छ । सादा पोशाकमा खटिएका प्रहरीले धमाधम यौनकर्मी पक्राउ गरेको खबर पनि छाइरहेको छ ।

हुन त यौनकर्मी एवं देह व्यापारबारे निरन्तरजसो खबरहरु आइरहन्छ । खुलमखुला यौनजन्य गतिविधि गर्नु हामीकहाँ कानुनी मान्यता छैन । त्यही कारण यसलाई कानुनको नजरले ‘अपराध’ देख्छ । अतः अपराध नियन्त्रणका लागि यौन अखडामा छापा मार्नेदेखि यौनकर्मी पक्राउ पर्नेसम्मका सिलसिला जारी रहन्छ ।

यो क्रम आज मात्र चलेको होइन । वर्षौ-वर्षदेखि यौनजन्य गतिविधि हुने र प्रहरीले पक्राउ गर्ने क्रम चलिरहेको छ । कानुनले स्पष्ट रुपमै बर्जित गरेको यस्ता गतिविधिप्रति समाजले पनि नाख खुम्च्याउने गरेको छ । अर्थात समाजको बुझाई यौनकर्म घृणित, लज्जित, खेदजनक काम हो ।

यौनकर्म किन घृणित ?

कुनैपनि व्यक्तिले आर्थिक लाभको लागि यौनकर्म गर्छ भने हाम्रो समाजले त्यसलाई स्विकार्दैन । यौनलाई ‘छाडा’ वा ‘घृणित’ कुरा भनेर व्याख्या गर्ने समाजले यौनकर्मीलाई अपराधी ठान्ने गर्छ ।

त्यही कारण यस्ता गतिविधि लुकिछिपी वा अवैधानिक ढंगले हुने गर्छ । यौनकर्मीहरु खुला समाजमा आफ्नो अनुहार देखाउन सक्दैनन् । उनीहरु अध्याँरो रात वा अध्याँरो छिंडीमा यस्ता धन्दा चलाउँछन् । उनीहरुलाई एकातिर समाजसँग अनुहार लुकाउनुपर्ने अवस्था छ भने अर्कोतिर प्रहरीको आँखा छल्नुपर्ने वाध्यता छ ।

यसरी अध्याँरो रातमा लुकीछिपी गरिने कर्म वा धन्दालाई समाजले घृणा गर्छ । यस्तो धन्दालाई न वैधानिकता दिइएको छ, न नैतिक समर्थन ?

खासमा यसलाई हामीले अनैतिक, अवैधानिक, अस्वभाविक कृत्यको रुपमा लिने गरेका छौ । त्यही कारण यौन व्यापार र यौनकर्मी हाम्रो समाजको नजरमा गर्नै नहुने काम हो । अपराध हो । अनैतिक हो ।

यौनजन्य कृत्यले समाज विटुलो बनाउँछ ?

राज्य, प्रसासनले बर्षौ-बर्षदेखि यौनजन्य गतिविधिलाई अमान्य र अवैधानिक भन्दै बर्जित गर्ने हर(संभव प्रयास गरिरहेकै छ ।

यौनजन्य गतिविधिलाई कानुनी मान्यता छैन । यही कारण लुकीछिपी गरिने यौनकृत्य एवं यौन व्यापारमाथि बन्देज लगाउने गरिन्छ । यौन व्यापार गर्नु वा यौनकर्म गर्नु भनेको सामाजिक मर्यादा उल्लंघन गर्नु हो भन्ने बुझाई छ । यही बुझाईको कारण यौनकर्मले समाजमा विसंगति फैलाउने भय छ ।

यौनकर्म वा यौनधन्दासँग समाज भयभित छ । किनभने यसले समाजलाई कुरुप, विसंगत वा विटुलो बनाउँछ । हुनपनि आफ्ना छोरीचेली यौनकर्ममा लागेको कसैले स्विकार्न चाहँदैन । यौनकर्मकै वाहनामा अन्य अपराध पनि मौलाउने ठाउँ रहन्छ । त्यसैले यस्ता गतिविधिलाई नियन्त्रण मात्र होइन, बर्जित नै गर्ने प्रयास गरिन्छ ।

बर्जित गर्ने कि व्यवस्थित ?

यौन कर्म एवं यौन व्यापारलाई बर्जित गर्नैपर्छ । के यो अपराध हो ? के यसले समाजमा विसंगती फैलाउँछ ? के यसले अरु किसिमका अपराधलाई मौलाउने ठाउँ दिन्छ ?

यौन त्यसबेला अपराध हुन्छ, जब अमर्यादित र अव्यवस्थित ढंगले गरिन्छ । बर्बरतापूर्वक गरिने यौन अपराध हो । जथाभावी गरिने यौन विसंगति हो । तर, सबै अवस्थामा यौनजन्य गतिविधि अपराध हो त ?

भ्रष्टचारीलाई भन्दा बढी घृणा देह व्यापार गर्नेलाई गरिन्छ । तुलनात्मक रुपमा हेर्ने हो भने, भ्रष्टचारीले जसरी राज्य र समाजलाई खोक्रो बनाउँछ, यौनकर्मीले अरुलाई त्यसरी प्रत्यक्ष असर भने पुर्‍याउँदैन ।

यौन अपराध हो भने यसप्रति समाजले किन यति धेरै चासो राख्छ ? यौनप्रति किन उत्सुक हुन्छ ? किन यौनमा रमाउँछ ?

हामी वास्तवमा ढोंगी छौ । बाहिर बाहिर यौनजन्य गतिविधिलाई ‘घृणित’ भन्दै हिँड्छौ र भित्र(भित्रै त्यस्तै गतिविधिमा लिप्त हुन्छौ । नेता, मन्त्री, उद्यमी, सेलिब्रेटी मात्र होइन धर्मगुरुहरु समेत यस्ता कृत्यमा संलग्न रहेको खुलासा त बेलाखबत हुने गरेकै छ ।

समाजले व्यवस्थित अझ भनौ विवाहपछि दम्पतीबीच हुने यौनलाई सहर्ष स्विकार्छ भने त्यस बाहेकका सबै किसिमका यौनलाई घृणित मान्ने गरेको छ । विवाहअघि कुनै पुरुष र महिलावीच आपसी सहमतिमा हुने यौनलाई पनि त्यती सहज मान्ने गरिएको छैन ।

हुन त यौन एक शारीरिक आवश्यक्ता पनि हो । प्राकृतिक पनि । यौनलाई पूर्णत रोक्न वा निषेध गर्न सकिदैन । तर, जथाभावी वा विसंगत ढंगले गरिने यौनले भने समाजलाई दुषित बनाउँछ । त्यसो भन्दैमा यौनजन्य गतिविधिलाई बर्जित वा निषेध गर्नुपर्छ भन्ने मान्यता र तर्क चाहि त्यती वैज्ञानिक वा व्यवहारिक छैन ।

किनभने जतिसुकै रोक्न खोजेपनि, जतिसुकै छेक्न खोजेपनि यौनजन्य गतिविधि पूर्णत बन्द हुने होइन । प्रहरीले यौनकर्मी पक्राउ गरिरहने, यौन अखडामा छापा मारिहरने हो भने यो सिलसिला कहिल्यै अन्त्य हुने छैन ।

यसर्थ यौन बर्जित वा निषेध गरिने कुरा सहज र भरपर्दो बाटो होइन । बरु यसलाई व्यवस्थित गर्नु उपयुक्त हुन्छ । विश्वमै यौन व्यवसायलाई व्यवस्थित गरिएको छ । यसले सामाजिक विसंगति त हटाएको छ नै आर्थिक उपार्जन समेत भएको छ ।

रेडलाइट एरिया चाहिएला ?

यदि निश्चित ठाउँलाई रेडलाइड एरियाको रुपमा निश्चित गर्ने, यौनकर्मलाई व्यवस्थित गराउने, स्वास्थ्य र सुरक्षामा सजग रहने हो भने यौन व्यवसाय त्यती हानिकारक नहुन सक्छ, जति अहिले भएको छ ।

यौनजन्य गतिविधिलाई व्यवस्थित र व्यवसायिक बनाउने हो भने यसले अन्य किसिमको अपराधलाई त्यती फैलने बाटो नदिन सक्छ ।

बलात्कार, यौन हिंसा किन हुन्छ ? किनभने मान्छेहरु यौनकुष्ठा बोकेर हिँड्नछन् । मौका पर्दा यस्ता कृत्यमा उक्सने गर्छन् । यदि यौन कुष्ठा शान्त गर्ने अरु विकल्प हुने भने के उनीहरु जानी जानी अपराध गर्न तम्सन्छन् होला ?/ साभार अनलाइनखबर

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies