Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आम नागरिकमा टिपर दुर्घटनाको त्रास

रुपन्देही। एक हप्ताअघि बुटवलको पाखापानीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भयो । परीक्षा दिएर आफ्ना बुबासँग घर फर्कंदै गरेकी पुष्पा भण्डारी सवार स्कुटरलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गयो । आँखा अगाडि नै छोरीको मृत्यु देखेका बाबु घनश्यामसहित परिवारका सदस्य अहिले विक्षिप्त अवस्थामा छन्।

गत चैत १९ गते बुटवल धागो काराखाना नजीकै टिपरको ठक्करबाटै बुटवलका प्राध्यापक डोलराज अर्यालको मृत्यु भयो । अर्यालको निधनपछि उहाँको परिवार अझै शोकमा छ । चार दिनअघि कपिलवस्तुको दोहनीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भयो ।

टिपरको ठक्करबाट हुने सवारी दुर्घटना बढेपछि अहिले आम नागरिकको टिपर र चालकलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ । \'टिपरको आवाज सुन्ने वित्तिकै तर्सिनु पर्ने अवस्था सृजना भएको छ, जसका कारण टिपर चालकप्रति आमनागरिकमा नकारात्मक छाप बसेको छ\', प्राध्यापक बाबुराम पाण्डेले भने । टिपर दुर्घटनाका कारण विद्यालयका विद्यार्थीमा डर र त्रासको वातावरण पैदा भएको उनको भनाइ छ ।

ओभरलोड र तिव्र गतिका कारण प्रायः टिपरले ठक्कर दिएपछि यात्रु बाँच्ने सम्भावना कम हुन्छ । \'टिपर आएको देख्नेबित्तिकै यमराज आयो भन्छन्, टिपरलाई देख्नेबित्तिकै ठक्कर दिन्छ कि भन्ने मनोवैज्ञानीक प्रभाव परेको छ, यसप्रति टिपर व्यवसायी संवेदनशील बन्नुपर्छ\', पत्रकार सिपी खनालले भने ।

आजभोलि हरेक दिन हुने दुर्घटनाका कारण एक÷दुई जनाको ज्यान जाने कुरा सामान्य झँै लाग्न थालेको छ । \'आफन्तमा पर्दा मात्रै दुर्घटनाको पीडा थाहा हुन्छ\', सँगै परीक्षा दिएर फर्कदै गर्दा टिपरको ठक्करबाट साथी गुमाएकी बुटवलकी अस्मिता भारतीले भनिन् । टिपर दुर्घटनाले रुपन्देहीमा त्रासको वातावरण सृजना भएको छ । \'बाटोमा हिँड्दै गर्दा टिपर आयो भने भागेर घरभित्रै छिर्नुपर्ने अवस्था छ\', नीलहीरा समाजकी अध्यक्ष आनिक रानाले भनिन् ।

टिपर व्यवसायी तोया लम्सालका अनुसार रुपन्देहीमा करीब एक हजार टिपर सञ्चालनमा छन् । जसमध्ये ६५० टिपरले चुनढुङ्गा ढुवानी गर्छन् भने बाँकी टिपरले क्रसरलगायत सामग्री ढुवानी गर्छन् तर ट्राफिक प्रहरीले भने चुनढुङ्गा बोक्ने टिपरलाई मात्रै टाइम कार्ड लागू गरेकाले समस्या भएको व्यवसायी लम्सालको तर्क छ । 

ट्राफिक प्रहरी कार्यालयका अनुसार यो आर्थिक वर्षको आठ महीनामा प्रदेश नं ५ मा ३८ टिपर दुर्घटना भएका छन् । सबैभन्दा बढी गत चैत महीनामा आठ दुर्घटना भएका छन् । अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुको भनाइ छ । “टिपर दुर्घटना बढेपछि प्रदेशका मुख्य शहरमा टाइम कार्ड शुरु गर्यौ, जसले टिपरको गति नियन्त्रण भएको छ,” उनले भने।

दुर्घटनापछि आफन्तजनहरुले टिपर जलाउने चालकलाइ कुटपिट गने क्रमसमेत बढेको छ । “दुर्घटनापछि आफन्त गुमाएको चोटमा व्यक्तिले जस्तोसुकै कार्य गर्न सक्छन्, यसले थप जोखिम निम्त्याउँछ, यसका लागि समयमै समस्या समाधानको बाटो अवलम्बन गर्नुपर्छ,” मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष डिपी खनालले भने ।

पछिल्लो समय टिपरका कारण दिनहुँ दुर्घटना बढेपछि प्रदेश सरकारले सडकको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । दुर्घटना कम गर्न मुख्य बजार क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था गर्ने योजना बनाइएको भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए । उनले भने, “सडक सुरक्षाको विषयलाई लिएर सरकार गम्भीर छ, चालू आर्थिक वर्षमा झुम्सा, चरङगे धागो कारखाना सडकमा रु १० करोड बजेट विनियोजन गरी सडकलाई व्यवस्थित गरिएको छ, आगामी वर्ष पनि केही बजेट छुट्याएर सोही सडकबाट टिपर सञ्चालनका लागि रुट निर्धारण गरिनेछ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies