Khabar Dabali Logo
  July 18, Thu

विपन्न परिवारलाई निःशुल्क मिटरबक्स, वर्षौंको सपना पूरा

भोजपुर । करीब तीन वर्षअघि गाउँमा बिजुली आए पनि भोजपुर नगरपालिका–५, बोखिमका भीम राईको परिवारले धिपधिपे टुकीको भरमा रात कटाउने गरेका थिए । आर्थिक अवस्था कमजोर भएका कारण उनले घरमा बिजुली जोड्न सकेका थिएनन् तर वडाको सिफारिश लिएर विद्युत् प्राधिकरण पुगेपछि वैशाख दोस्रो हप्ता नै घरमै निःशुल्क मिटरबक्स जडान गरिदियो ।

‘निःशुल्क मिटरबक्स पाएपछि बल्ल बिजुली बत्ती बाल्ने सपना पूरा भएको छ,’ उनले भने, ‘टुकीको धिपधिपे उज्यालोमा रात काट्नुपर्ने दिन गए ।’ उनीजस्ता मिटर किन्न नसक्ने विपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको निःशुल्क मिटर पाएपछि विपन्न परिवारको वर्षौंको सपना पूरा भएको हो ।

वडाको सिफारिशपछि भोजपुर–८, पोखरेका रमेश विश्वकर्माले पनि निःशुल्क मिटर पाए । सदरमुकाम छेउमै घर भए पनि आर्थिक अवस्था कमजोर भएकाले उनले वर्षौंदेखि दिनरात टुकीमै रात गुजार्नु परेको थियो । प्राधिकरणले निःशुल्क मिटर जडान गरिदिएपछि मात्रै आफ्नो घर उज्यालो बनेको उनले बताए ।

टेम्केमैयुङ गाउँपालिका–७, कोटका हर्कराज राई र जानुकादेवी राईले पनि वडाको सिफारिशका आधारमा मिटर लिएका छन् । गाउँमा बिजुली पुगेको एक वर्षपछि उनीहरुले पनि सो सेवा उपभोग गर्न पाएका हुन् । गाउँका ५० भन्दा बढी घरधुरीले बिजुली बाल्दा आर्थिक अवस्था कमजोरीले उनीहरुको घरमा बिजुली पुगेको थिएन ।

भोजपुर–८ का वडाध्यक्ष गोपाल कार्कीले प्राधिकरणको सहयोगले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारको घरमा बत्ती बाल्ने सपना पूरा भएको बताए । ‘हामीले परिवारको अवस्था हेरेर निःशुल्क मिटरका लागि सिफारिश गर्ने गरेका छौँ,’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले नौवटै स्थानीय तहका ८१ वटै वडाबाट आर्थिक अवस्था कमजोर भएको सिफारिश ल्याउनेलाई निःशुल्क रूपमा विद्युत् मिटर दिइने जनाएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयबाट आएको परिपत्रअनुसार विपन्न परिवारलाई विद्युत् मिटर दिन थालिएको वितरण केन्द्रका प्रशासन प्रमुख गणेशप्रसाद खनालले बताए । अतिविपन्न परिवार तथा सांस्कृतिक महत्वका सम्पदाका लागि निःशुल्क मिटर उपलब्ध गराइने व्यवस्था छ ।

जेठ १ गते, २०७६ - १३:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौंडाबाट लागुऔषधसहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा...   

प्रेम प्रस्ताव राख्दा यी ६ कुरामा ध्यान दिनुहोस्

तपाईलाई कुनै व्यक्ति मनपर्छ रु अनि तपाईले त्यसलाई प्रभावमा पार्न के गुर्नहुन्छ रु कतै गलत गर्दै त हुनुहुन्न...   
जापानी एनिमेशन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु

जापानी एनिमेशन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु

जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले...   
फेसएपमाथि कत्तिको विश्वास गर्न सकिन्छ ?

फेसएपमाथि कत्तिको विश्वास गर्न सकिन्छ ?

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे अहिले सबैतिर...   

फूल टिपेको भन्दै वडाध्यक्षको कुटाइबाट बालक घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ ।...   
तपाईंको कार्यथलोमा सम्बन्ध कस्ताे छ ?

तपाईंको कार्यथलोमा सम्बन्ध कस्ताे छ ?

घरपछि कर्यथलो अर्थात अफिस एउटा त्यस्तो स्थान हो, जहाँ तपाई सबैभन्दा बढि समय बिताउनु हून्छ । त्यसैले...   

महिलाहरू कस्ता पुरुष मन पराउछन् ? थाहा पाउनुहोस्

एजेन्सी । प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई...   

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

काठमाडौँ । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ ।नेपालका सबै...   

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ ।...   
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

हेटौँडा । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top