Khabar Dabali Logo
  May 27, Wed

जहाँ पहिलो पटक किशोरीलाई ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु

दाङ। तुलसीपुर उपमहानगरपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु गरेको छ । आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको हो ।

उपमहानगरपालिका र बेस संस्थाको आयोजना एवं सु–आहारा कार्यक्रमको सहयोगमा उपमहानगरपालिकाभित्रका सबै किशोरीलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दाहालले बताए । उनका अनुसार उपमहानगरभित्रका १० देखि १९ वर्षसम्मका सबै किशोरीलाई खुवाइनेछ ।

उपहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य विषयका शिक्षक–शिक्षिका, स्वास्थ्य सेवाका प्रमुखसँग समन्वय गरिएको प्रमुख डा दाहालको भनाइ छ । उनले विद्यालयभित्र र बाहिरका सबै किशोरीलाई खुवाउने उद्देश्य राखिएको बताए । आइरन फोलिक एसिड विद्यालय जाने किशोरीलाई विद्यालयमा र विद्यालय नजाने किशोरीलाई समुदाय, वडा तथा स्वास्थ्य संस्थामा खुवाइनेछ ।

प्रमुख दाहालका अनुसार प्रत्येक किशोरीलाई ६० मिलिग्राम आइरन र चार सय मिलिग्राम फोलिक एसिड खुवाइनेछ । यही कार्यलाई १३ हप्तासम्म निरन्तरता दिइने बताइएको छ । दाङमा पहिलो पटक यो कार्यक्रम शुरु हुन लागेको हो । किशोरीहरुको स्वास्थ्य खराबी भएकै कारण विद्यालयबाट टाढा हुने गर्ने गरेका तथा स्वास्थ्य पनि कमजोर बन्दै जान थालेको भन्दै यो कार्यक्रम शुरु गरेको उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सूर्यबहादुर डाँगीले बताए ।

उपमहानगरपालिकाले अहिले घर–घरमा गएर वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्ने कार्यक्रम पनि जारी राखेको छ । साथै स्मार्ट आमा कार्यक्रम पनि उपमहानगरपालिकाले जारी राखेको छ । उपमहानगरपालिकालाई मोतियाविन्दुरहित बनाउन मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्य पनि जारी राखिएको डा दाहालले बताए ।

जेठ १ गते, २०७६ - १२:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकामा अझै लुकीछिपी भित्रिने क्रम रोकिएन

काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने...   
निउरो निउरो भन्दैमा सीमाको दिन सप्र्यो

निउरो निउरो भन्दैमा सीमाको दिन सप्र्यो

चिप्लेढुङ्गा । बन्दाबन्दी छ, रोजगार नहुँदा धेरैलाई आर्थिक समस्या सिर्जना हुन थालेको छ । कास्की, माछापुच्छ्रे...   

एक सातामै १३ हजार कर्णाली छिरे : व्यवस्थापन सकस

सुर्खेत । यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन...   

कोरोनाको सामना लुकेर हैन जुधेर गरिन्छ : मुख्यमन्त्री पौडेल

हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनासँग डराएर ढोका थुनेर वा लुकेर मात्र...   
सर्लाहीका किसानले बजार नपाएपछि १५ कठ्ठामा लगाएको भिन्डी ट्र्याक्टर लगाएर जोतेँ

सर्लाहीका किसानले बजार नपाएपछि १५ कठ्ठामा लगाएको भिन्डी ट्र्याक्टर लगाएर जोतेँ

सर्लाही । जिल्लाको हरिवन नगरपालिका–४ सासापुर तीनघरेका एक दम्पतीले जग्गा भाडामा लिएर तरकारी खेती...   

पोखरामा नदीले बगाएर एक जनाको मृत्यु

चिप्लेढुङ्गा । पोखरामा नदीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १ गाईघाट...   

कोरोना प्रभावित महाराष्ट्र र दिल्लीबाट दैनिक हजारौंँ नेपाली घर फर्कँदै

राँझा । भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन् । नेपालगञ्जस्थित...   

अधिकांश उद्योगीले दिएनन् चैत महिनाको पारिश्रमिक

काठमाडौ । कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको...   

सोमबार मृत्यु भएकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ

चितवन । सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ...   

कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने (नो मास्क, नो राइड)

सउल । कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top