Khabar Dabali Logo
  June 4, Thu

सोभियत युनियनको विघटनबाट सिकौं, मौलिकताभन्दा बाहिरबाट समृद्धि सम्भव छैन

दुभाग्य के हो भने सोभियतको मोडेलबाट शिक्षा लिनुको सट्टा सोभियत व्यवस्था सिध्यिएको भोलिपल्ट किताब लेख्न थालियो । विचार, इतिहास, सभ्यताको युग सकियो भन्न थालियो । अब संसारमा एउटै मात्र विचारधारा छ उदारवाद अर्थात् पूँजीवाद भन्न थालियो ।

बजारको सर्वौच्चताले संसारमा संकट ल्याईरहेको छ । यसले राज्य र राज्यका बीचको खाडल आर्थिक समृद्धिको खाडल झन् झन् व्यापक बनाउँदैछ । व्यक्ति र व्यक्तिबीचको सम्पन्नताको खाडल झन्–झन् चाक्लो बनाउँदैछ ।

सन् १९८९ मा भएको शोभियत युनियन विघटनको ऐतिहासिक अवस्थालाई हामीले अध्ययन गर्न जरुरी छ । हाम्रो समसामयिक सिद्धान्तले सिद्धान्तबोधले अझैपनि त्यो आत्मसाथ गर्न सकेका छैनौं । त्यत्रो शक्तिशाली देश, अस्त्र, शस्त्रले भरिएको विश्वको महाशक्ति देश । त्यति सजिलै धराशाही हुन्छ भनेर कुनै पनि राजनीतिक विज्ञान, अर्थशास्त्र तथा भविष्यवक्ताले कल्पना गर्न सकेका थिएनन् । तर धराशाही भयो ।

यसबाट हामीले सन्देश लिनुपर्छ । हाम्रो, सिद्धान्तको र सिद्धान्त शास्त्रको के कस्तो कमी र कमजोरी छ । किन युरोप र अमेरिकाका ठुला विद्धान दिनरात रुसको अध्ययनमा समय खर्च गरि राखेका छन् ? विभिन्न विश्वविद्यालयका डाक्टर, पिचयडी होल्डर, बौद्धिक समुदाय सबैले किन त्यो घटनाको सहि अनुमान लगाउन सकेनन् ? समाजवादको कुरा गर्ने, समाजवाद तर्फ देशलाई लान्छु भन्ने नेताले रुसको अध्ययन गर्न जरुरी छ ।

रुसको बारेमा कुरा गर्दा, तिनवटा मान्यता मोटामोटी अगाडि आएका छन् । जो करिब-करिब निर्विवाद पनि छ । एउटा मान्यता, शोभियत युनियनमा शक्ति, कलकारखानामा कम थिएन भन्ने छ । युनियन उत्पादन, अस्त्र र सस्त्रमा मजबुद नै थियो । तर त्यहाँ मानवअधिकार थिएन ।

लेख्ने, बोल्ने आजादी नभएपछि सत्तावर्गलाई जनमत के छ भन्ने थाहा नहुने रहेछ । त्यहाँ जनमत एकपटक सडकमा उत्रदाँसाथ भिमकाय हतियार, ट्यांक, महाट्यांकहरु समाप्त भए । आज सबैले स्वीकार गरेका छन् कि, सोभियत युनियनको यो अवस्था हुनुमा नागरिक अधिकारको प्रतिष्ठा भएको भए रुसी कम्युनिष्ट पार्टीको यो दशा हुने थिएन ।

सोभियत युनियनको पतनको निर्विवाद निष्कर्ष भनेको मानवअधिकार नहुनु नै हो । त्यो समाजमा मानवअधिकार भएको भए सत्ता चलाउने नेतृत्वलाई आफ्नो अवस्थाबारे थाहा हुने थियो ।

अर्को कुरा, सोभियत युनियनको विकासको मोडेल हो । सोभियत युनियन जहिले पनि संयुक्त अधिराज्य अमेरिकाको प्रतिस्पर्धी बन्न खोजिरह्यो । अमेरिकाले चन्द्रमामा मान्छे पठायो कि रुसले पनि पठाउनै पर्ने । उसले एउटा बम बनायो कि रुसले पनि बम बनाउनै पर्ने । तर जनताको अवस्था हेर्न फुर्सद नहुने ।

रुसमा ठूला–ठूला कारखाना मात्र खोल्ने मोडेल अपनाईयो । युद्धका सस्त्रहरु बनाउने तिर लगानी धेरै गरियो । त्यो मोडेलका कारणले पनि सोभियत युनियन ध्वस्त हुन पुग्यो । यो सबैले पाठ सिक्नुपर्ने वास्तविक घटना हो ।

तर दुभाग्य के हो भने, सोभियतको मोडेलबाट शिक्षा लिनुको सट्टा सोभियत व्यवस्था सिध्यिएको भोलिपल्ट किताब लेख्न थालियो । विचार, इतिहास, सभ्यताको युग सकियो भन्न थालियो । अब संसारमा एउटै मात्र विचारधारा छ, उदारवाद अर्थात् पूँजीवाद भन्न थालियो ।

आज उदारवाद र पूँजीवादको दुंगदुंगी बजेको पनि ठ्याक्कै ३० वर्ष भएछ । हो, सोभियत युनियनको विघटन भएको ३० वर्ष भएछ । यो ३० वर्षको बीचमा दुनियाले मुक्त बजार, स्वतन्त्र बजार, निर्बाध बजार त देख्यो तर, राज्यहरु कमजोर भएको देखेको छैन् । कारण राज्य, विकासको एक्टर नै नरहेको देखिएको छ । भूमण्डलीकरणले राज्य छ, राज्यका प्रधानमन्त्री छन्, गृहमन्त्री छन्, अर्थमन्त्री छन् तर विकासको यात्रामा शक्तिशाली संयन्त्र नै छैन भन्ने बनाएको छ । बडो विकराल प्रश्न छ । भूमण्डलीकरणका अध्यताले भनेका छन्, ‘यसले राज्यलाई भूमिका नै दिएको छैन ।’

संसार भर अहिले विकासको मोडेलबारे बहस भैरहेको छ । बजारको सर्वौच्चताले संसारमा संकट ल्याईरहेको छ । यसले राज्य र राज्यका बीचको खाडल आर्थिक समृद्धिको खाडल झन्-झन् व्यापक बनाउँदैछ । व्यक्ति र व्यक्तिबीचको सम्पन्नताको खाडल झन्–झन् चाक्लो बनाउँदैछ ।

हामी पनि नेपालमा विकास र समृद्धिको मोडेल तयार गर्दैछौं । हामीले आफ्नो मुलुक सुहाउँदो मोडेल बनाएनौ भने हाम्रो व्यवस्था पनि त्यस्तै हुन्छ । दिगो खालको हुन सक्दैन ।

अब हामी कता जाँदैछौ त ? हाम्रो सिद्धान्त र प्राथमिकता कता छ त ? संसदमा प्रस्तुत गरिएको कार्यक्रमले दिगो आर्थिक नीति बनाईने, दिगो समृद्धि गरिने भनिएको छ । ५/६ ठाउँमा दिगो गरिनेछ, भनेर लेखिएको छ । तर दिगो को अर्थ के हो ? विधेयकमा सामाजिक न्याय र उच्चतम आर्थिक बृद्धिदर साथ-साथ लगिने छ, भनिएको छ । बृद्धिदरलाई कसले विरोध गर्ला । तर सोध्नुपर्ने कुरा, उच्च बृद्धिदर र सामाजिक न्याय सँगसँगै जान सक्छ त ?

उच्च बृद्धिदर, समानता र सामाजिक न्याय सँगसँगै जान चाहन्छ कि चाँहदैन् । जान सक्छ कि सक्दैन ? जान सक्छ भने त्यसलाई कसरी ल्याइएको छ ?

उच्च बृद्धिदरको जबसम्म मुछो छोडिन्न, प्रष्ट हुनुस तपाई सामाजिक न्याय कायम गराउन सक्नुहुन्न । बृद्धिदर अलग शब्द हो । विकास अलग शब्द हो । र, सँगसँगै आम जनताको उन्नती अलग शब्द हुन् । सिद्धान्तको हिसाबले कुरा गर्दा, यदि दिगो आर्थिक विकास चाहने हो भने, उच्च आर्थिक बृद्धिदरको माया र मोह छोडेर वैकल्पीक उर्जामा तपाईं कति खर्च गर्नेवाला हुनुहुन्छ ?

२०० अरब डलरको पेट्रोलको आयात, १५० डलरको खानेकुराको आयात कमीको दिशामा के सोच्दैहुनुहुन्छ ? थुप्रै यस्ता सैद्धान्तिक बहस छन् । जुन कुरामा सजिलै बहस गर्न सकिन्छ । संसद त्यस्तो थलो हो कि होइन् त्यो मलाई थाहा छैन् । सायद होइन होला त्यति समय पनि हुँदैन । त्यति विशेषज्ञता पनि हुँदैन । यहाँ अर्थमन्त्रीको पद पनि त्यति धेरै विशेषज्ञको पद होइन ।

लामो समय कांग्रेसको शासन कालमा पनि अर्थमन्त्रीलाई विशेषज्ञको विषय बनाईयो । पिचएडी पास गरेका, बाहिरबाट पढेर आएका, तर नेपालको हकमा चाहीँ गहुँ र धानको फरक नबुझ्ने । नेपालको हकमा प्याजलाई पानी चाहिन्छ कि चाँहिदैन ? आलुलाई पानी चाहिन्छ कि चाहिँदैन् ? यी दूइवटा कुरा भन्न नसक्ने मानिसहरु हाम्रा सरकारका पालामा मन्त्री भए ।

विपि प्रारम्भमा अलमलिनु भयो । अलिकति पूँजीवादको प्रभावमा अनि अलिकति माक्र्सको प्रभावमा । पछि आफ्नो आखिरि वर्षमा विपिले प्रष्ट भन्नु भएको थियो, विकासको यो मोडेल हामीलाई चाहिँदैन्, जो अमेरिकामा छ ।

किन चाहिँदैन, त्यो अत्याधिक ज्यादा उर्जामाथि आधारित छ । त्यो अत्याधिक ज्यादा भूमिमाथि आधारित छ । अत्याधिक ज्यादा उत्पादनमाथि आधारित छ । हामी धान्न सक्दैनौं । त्यो जीवनशैली पनि धान्न सक्दैनौं ।

विपीको त्यो कथनलाई साह्रै विर्सेर हाम्रा प्रधानमन्त्रीहरु हुनु भो, उहाँहरुले आफ्नामध्ये पिएचडी गरेका मान्छे खोज्नु भो । त्यो पनि भरसक अमेरिकाबाट, भरसक जर्मनीबाट । फलस्वरुप हामी त्यो तथाकथित आधुनिकीकरणको तथाकथित विकासिकरणको अन्धयुगमा प्रवेश गर्यौं । जेसुकै भन्नुस् सिद्धान्त र प्राथमिकतालाई हामीले विपरित दिशामा लैजानु परेको छ । वर्तमान दिशामा प्रश्नचिन्ह खडा गर्नु परेको छ ।

मलाई त्यो थाहा छैन् । त्यहाँ अर्थमन्त्रीको मजबुरी कति छ ? विदेशीका शर्तहरु कति छन् ? अहिले पनि हामी विदेशमा निर्भर छौं । चाहेर पनि एकलै अर्थव्यवस्था बनाउन सक्दैनौं । एकातिर चीन छ, एकातिर भारत छ । तर भनिन्छ जस्तै लामो यात्रा पनि एक कदमबाट थालिन्छ । त्यो कदम हामी गरौं ।

माओले पनि राम्रो काम गर्न खोजेका थिए । रुसको नक्कल गर्न खोजेका थिएनन् । रुसभन्दा विपरित समाज बनाउन खोजेका थिए । बीचमा लटपटिए । माओले जहिले पनि भनेका थिए, ‘जनताबाट सिक र जनतालाई सिकाउ ।’

हामी जुगौंदेखि कृषि गरेकालाई सिकाउन जेटिए पठाउँछौं । यहाँ खाँचो गाउँको सीप र उर्जाको प्रयोग गर्ने विकासको मोडेल ल्याउनु छ । गाउँको अवस्था सबैलाई थाहा पनि छ । सब चुनाव लडेर आएका छौं । नलडेकालाई पनि थाहा छ । गाउँको सीप र उर्जा प्रयोग गर्ने धारा ल्याउनुस । नेपालले कुनै बैकल्पीक नारा ल्यायो भने यहाँ भनेजस्तै दिगो अर्थव्यवस्थाको बाटो देखाइयो भने नेपाल तेस्रो विश्वको लागि उदाहरण बन्छ । कित बृद्धिदर तर्फ लागौं, कित सामाजिक न्याय तर्फ लागौं । नेपाललाई लागि सुहाउँदो सिद्धान्तमा नभएपनि व्यवहारमा देखाउनुस । त्यो समय छ । नयाँ अवसर आएको छ ।

(बौद्धिक नेताका रुपमा परिचित नेपाली कांग्रेसका नेता प्रदिप गिरिले प्रतिनिधि सभाको बैठकमा मंगलबार राखेको धारणा जस्ताको तस्तै यहाँ राखिएको छ ।)

बैशाख ३१ गते, २०७६ - १५:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top