Khabar Dabali Logo
  July 18, Thu

‘द सुपर मम’ बन्न सफल भईन एमी कर्माचार्य

काठमाडौं । केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालिले संयुक्त रुपमा राजधानीको प्रज्ञा भवनमा आयोजना गरेको ‘द सुपर मम’ को बिजेता बन्न सफल भईन भक्तपुर निबासी एमी कर्माचार्य । विभिन्न चरण पार गर्दै ‘द सुपर मम’ को अन्तिम प्रतिश्प्रधामा १६ जना प्रतिश्प्रधिहरुले भाग लिएका थिए । अन्य १५ प्रतिश्प्रधिहरुलाई उछिन्दै उनले उक्त बिजेताको ताज जित्न सफल भएकी थिइन् । त्यसैगरी फर्स्ट रनरअप अमृता शर्मा र सेकेन्ड रनरअपमा बाला राइ भएका थिए ।

प्रमुख अतिथि उधोगपति साहित्यकार बसन्त चौधरीको उपस्थितिमा सम्पन्न भएको द सुपर ममको निर्णायक मण्डलीमा नेपालको प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, सन्ध्या पहाडी, बिशाल पहाडी र भुषण श्रेष्ठ रहेका थिए ।

प्रतियोगिताका लागि भाग लिएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएर उनीहरुलाई अन्तिम प्रतिश्प्रधामा उतारिएको आयोजक सस्थाको प्रमुख पुजना प्रधानले बताएकी छिन । मोडल कोरियोग्राफर ट्रेनर उरुषा जोशी द्वारा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक प्रधानले गराइन।

प्रतियोगितामा ‘द सुपर मम’ले ताज सहित स्कुटी, दोस्रोले ४३ इन्चको टेलिभिजन र तेस्रो हुनेले वासिङ मेसिन प्राप्त गरेका थिए । विवाह गर्नु र बच्चा जन्माउनु जीवनको अन्त्य होइन यो त सुन्दर सुरुवात हो । आउँनुहोस् हामी मञ्चमा उभिएर सुपर आमा बनेर देखाउँ भन्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रम आयोजक नायिका पुजना प्रधानले बताइन ।

बैशाख ३० गते, २०७६ - १४:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अपडेटः बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ९० पुग्यो, २९ अझै बेपत्ता

काठमाडौं । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको...   

रक्षा मन्त्रालयद्वारा सीमामा थप २१ सय सैनिक परिचालन

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न...   
भाइको दबाबमा आमाले पठाएको त्यो फोटो फेरिदिएकाे प्रियंका चोपडाको जीवन

भाइको दबाबमा आमाले पठाएको त्यो फोटो फेरिदिएकाे प्रियंका चोपडाको जीवन

एजेन्सी । बलिउडका साथै हलिउडकि चर्चित नायिक प्रियंका चोपडाको आज (१८ जुलाई) मा जन्मदिन हो । उनको जन्मदिनको...   

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको...   

सुन र चाँदीको मुल्य फेरि ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो...   

एन आई सी एशिया बैंक र मेघा हस्पिटलबीच सम्झौता

ललितपुर । एन आई सी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रा.लि. धोबिघाट, ललितपुरबीच बैंकका कर्मचारी, बैंकका...   
५ वटा बुद्धमुर्ति तोडफोड

५ वटा बुद्धमुर्ति तोडफोड

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको...   
बाढीपीडित पशुपक्षीको उद्धार

बाढीपीडित पशुपक्षीको उद्धार

काठमाडौं । बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ ।...   
गृहमन्त्रीद्वारा १५६ हजयात्रीलाई बिदाइ

गृहमन्त्रीद्वारा १५६ हजयात्रीलाई बिदाइ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई...   
मृत्युदण्ड सुनाइएका ‘भारतीय जासुस’ को मुद्दा फेरि हेर्न पाकिस्तानलाई आदेश

मृत्युदण्ड सुनाइएका ‘भारतीय जासुस’ को मुद्दा फेरि हेर्न पाकिस्तानलाई आदेश

अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले जासुस भएको आरोप लगाएका भूतपूर्व भारतीय नौसैनिक अधिकारी कुलभूषण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top