Khabar Dabali Logo
  July 18, Thu

क्रिकेट रंगशालाका लागि माघ महिनामा खेल आयोजना गरी आर्थिक संकलन गरिने

चितवन । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माण घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यसै वर्ष माघ महिनामा खेल आयोजना गरी आर्थिक संकलन गरिने भएको छ । 
रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले आज चितवनमा पत्रकारहरुसँगको छलफलमा यस्तो जानकारी गराएका हुन् ।

यस वर्ष माघसम्ममा रंगशाला निर्माणस्थलमा क्रिकेट खेल्न मिल्ने गरी खेलमैदान बनाउने तयारी गरिएको बताउँदै धुर्मुसले भने, ‘खेल मैदान तयार गरी केही खेल खेलाएर सहयोग संकलन गर्ने योजना रहेको छ ।’

धुर्मुसले शिलान्यासपूर्वका विभिन्न संरचना बनाउन र आवश्यक निर्माणका सामग्री खरिदका लागि कम्तीमा ३० करोड रुपैयाँ तत्काल आवश्यक परेको भन्दै सहयोग संकलन अभियानमा जुट्न सबैसँग आह्वान गरे । उनका अनुसार हालसम्म ७ करोडको हाराहारीमा रकम संकलन भएको छ । 
आगामी भदौमा शिलान्यास गरेर निर्माण सुरु गर्ने तयारीमा रहेको फाउण्डेसले देश तथा विदेशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी सहयोग संकलन अभियान सञ्चालन गरीरहेको छ । सहयोग संकलन अभियानलाई प्रभावकारी बनाउन विभिन्न संघ संस्थासँगको समन्वयमा समिति गठन गरिरहेको छ । 

नेपालमा पहिलोपल्ट बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा सबैलाई अपनत्व ग्रहण गराउन र निर्माण सम्पन्न गराउन विभिन्न समिति गठन भइरहेको धुर्मुसले बताए । केही दिनअघि मात्रै काठमाडौंमा खेलकुद क्षेत्रका प्रतिनिधिहरुको छुट्टै खेल समिति गठन गरिएको छ । समिति गठन अभियान अन्तर्गत चितवनमा पत्रकारहरुको समिति गठन गर्ने विषयमा पनि छलफल भएको थियो । 

बैशाख २९ गते, २०७६ - २१:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बद्री पंगेनीले कसलार्इ दिए ज्यान मार्ने धम्की ? प्रशासनमा पर्याे उजुरी

बद्री पंगेनीले कसलार्इ दिए ज्यान मार्ने धम्की ? प्रशासनमा पर्याे उजुरी

काठमाडौं । लोकगायक बद्री पंगेनीसहित तीन जनाले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन...   
अब सिके राउतमाथि बन्ने भयाे फिल्म, काे हाेला हिराे ?

अब सिके राउतमाथि बन्ने भयाे फिल्म, काे हाेला हिराे ?

काठमाडौँ । सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ । ‘डा.सिके राउत द प्यासन’ नाम राखेर...   
विप्लव समुहसँगकाे वार्ताले औपचारिकता पाउन नसकेकाे पूर्व संयाेजककाे भनाई

विप्लव समुहसँगकाे वार्ताले औपचारिकता पाउन नसकेकाे पूर्व संयाेजककाे भनाई

काठमाडौं । राजनीतिक वार्ता टोलीका पुर्व संयोजक सोमप्रसाद पाण्डेले नेत्र विक्रम चन्द विप्लव समूहसँग...   
वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने ठगी गर्ने युवक पक्राउ

वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने ठगी गर्ने युवक पक्राउ

काठमाडौं । साढे एकाउन्न लाख रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उनले...   

नेपाल टेलिकमकाे पोष्टपेड मोबाइल र पीएसटीएनको शुल्क आजैदेखि घट्यो

काठमाडौं । राष्ट्रको सञ्चार नेपाल टेलिकमले पोष्टपेड मोबाइल र पीएसटीएनको शुल्क आजैदेखि घटाएको छ। आर्थिक...   

इन्टरनेटको शुल्क बढाएर समृद्धि सपना पुरा हाेला ?

काठमाडौं । स्थानीय तहकाे निर्वाचनमा सबै जनप्रतिनिधि उम्मेद्वारका मुखमा झुण्डिएकाे शब्द हाे ‘स्मार्ट’...   
व्यवसाय दर्ताबाट भरतपुर महानगरले उठायो पौने पाँच करोड

व्यवसाय दर्ताबाट भरतपुर महानगरले उठायो पौने पाँच करोड

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा व्यवसाय दर्ताबाट भरतपुर महानगरले पाँच करोड ७६...   
बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रकाे जनजीवन सामान्य बनाउन सेना सक्रिय

बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रकाे जनजीवन सामान्य बनाउन सेना सक्रिय

काठमाडौं । नेपाली सेनाले बाढीपहिरो र डुबानबाट प्रभावित जनजीवन सामान्य बनाउन विपद् उद्धारका सामग्रीसहित...   
प्यान नम्बर नभए तलब नपाउनु हाेला, यसरी लिनुहोस् प्यान

प्यान नम्बर नभए तलब नपाउनु हाेला, यसरी लिनुहोस् प्यान

काठमाडौं, ३१ असार । सरकारले भोलि साउन १ गतेबाट प्यान अनिवार्य गरेको छ। यसले गर्दा कुनै पनि फर्म, निकायले...   
नेकपा एकताले पूर्णता पायाे, निष्कर्ष सचिवालय बैठकमा प्रस्तुत हुने

नेकपा एकताले पूर्णता पायाे, निष्कर्ष सचिवालय बैठकमा प्रस्तुत हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताले अाज पूर्णता पाएको छ । मंगलबार अपरान्ह ३ घण्टा चलेकाे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top