Khabar Dabali Logo
  May 29, Fri

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैन : ओनसरी

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताएकी छिन् ।

प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताइन् ।
रिपोटर्स क्लब नेपाल प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले प्रदेशसभाका सदस्यले जनताको राय लिएर मात्रै राजधानीको टुङ्गो लगाउने धारणा राखिन् । मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुङ्गो लाग्न समय लागेको उनको भनाइ थियो ।

अध्यक्ष घर्तीले नेपालको साधनस्रोतमा नेपाली जनतालाई मालिक बनाउने प्रयासस्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको बताइन् । उनले पार्टीभित्र कुनै समस्या नरहे पनि शान्ति र स्थायित्व नचाहनेले अनावश्यक हल्ला चलाउने गरेको तर्क गरीन् ।

सरकारले ल्याएको मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उहाँले मिडियामाथि अङ्कुश लगाउने सरकारको नियत नभएको बताइन् । उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै विधेयक त्रुटीपूर्ण भए सच्याएर जान सकिने बताइन् ।

बैशाख २९ गते, २०७६ - १२:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, भारतबाट फर्किदा मृत्यु भएकाको रिर्पोट पोजेटिभ

काठमाडौं । भारतबाट नेपाल फर्कदै गदा बाटामै मृत्यु भएका अर्घाखाचीका एक युवकको मृत्यु कोरोनाबाट भएको...   
कोटेश्वर-कलंकी सडकखण्डमा फ्लाइओभर बनाइने

कोटेश्वर-कलंकी सडकखण्डमा फ्लाइओभर बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कोटेश्वर-कलंकी सडकखण्डमा नेपालमै पहिलो पटक फ्लाइओभर निर्माण...   
कस्तो आयो ०७७/०७८ बजेट ? पढ्नुहोस् पुर्ण पाठ

कस्तो आयो ०७७/०७८ बजेट ? पढ्नुहोस् पुर्ण पाठ

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री...   

बुँदागत रुपमा पढ्नुहोस् बजेटका मुख्य घोषणा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री...   

आजमात्रै १५६ जना थपिए, १ हजार नाघ्यो कोरोना संक्रमितको संख्या

काठमाडौं । आज विहिबार मात्रै १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या सँगै नेपालमा संक्रमितको...   
भरतपुर नगरपालिकाको लोकप्रिय कदम –निशुल्क एम्बुलेन्स संचालन

भरतपुर नगरपालिकाको लोकप्रिय कदम –निशुल्क एम्बुलेन्स संचालन

चितवन । भरतपुर महानगरपालिकाले कोरोना संक्रमणको आशंका गरिएका विरामीहरुका लागी निशुल्क एम्बुलेन्स...   

आज बजेट आउँदै, मन्त्रीपरिषदको बैठक बसेर बजेट स्वीकृत गरिदै

काठमाडौं । आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज...   
३ महिना नपुग्दै स्वास्थ्यसचिव कोईरालाको सरुवा

३ महिना नपुग्दै स्वास्थ्यसचिव कोईरालाको सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा गरिएको छ । ३ महिना अघि मात्रै...   

दैलेखमा थपिए ८ जना कोरोना संक्रमित, ९ सय ९० पुग्यो संख्या

सुर्खेत । सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा दैलेखमा ८ जना कोरोना संक्रमित पुष्टी भएको हो । संक्रमित...   

पतिको हत्या अभियोगमा पार्वतीदेवी पक्राउ

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top