Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

संकटमा पर्दै बाबुराम भट्टराई

काठमाडौं । पार्टी एकता गरेर एक नम्बरको पार्टी बनाउने ध्याउन्नमा लागेका तत्कालिन नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई संकटमा परेका छन् । पार्टी एकतामा असन्तुष्टी जनाउँदै दर्जनौं केन्द्रिय नेताहरुले पार्टी नै परित्याग गर्ने अवस्था आएपछि भट्टराई समस्यामा परेका हुन् । स्रोतले बताए अनुसार भट्टराईले पार्टी एकता गर्दा नयाँ शक्तिबाट गएका उच्च स्तरका नेतालाई पाखा लगाउँदै भागवण्डा गरेका थिए ।

यसरी गरिएको थियो भागवण्डा
समाजवादी पार्टी स्थापना गर्दा बनेको २५ सदस्यीय पदाधिकारीमा भट्टराईको तर्फबाट जम्मा ९ जना सदस्य परेका छन् । तत्कालीन समाजवादी फोरमले भने १६ सदस्य लिएको छ । समाजवादी पार्टीमा पदाधिकारीलाई विशेष स्थान मानिन्छ । पार्टी एकता गर्दा बनाइएको केन्द्रित समितिमा पनि अति न्यून संख्यामा तत्कालिन नयाँशक्तिबाट सामेल भएका छन् । चार सय ३१ जना केन्द्रीय सदस्य गठन गरिएकोमा नयाँ शक्तिबाट जम्मा एक सय ५१ मात्रै परेका हुन् ।

पार्टी एकता प्रति नै असन्तुष्ट
तत्कालीन नयाँ शक्तिका कतिपय नेता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग भएको पार्टी एकतामै असन्तुष्ट छन् । वैचारिक धार र पृष्ठभूमिलाई तिलाञ्जली दिइएको उनीहरुको तर्क छ । स्रोतले बताएअनुसार पछिल्लो चुनावी नतिजासँगै आत्तिएका भट्टराईले आफुँ निकट केही नेतासँग मात्रै छलफल गरी पार्टी एकता टुंग्याएका थिए । जसको कारण उनको समुहमा एकमत हुन सकेको थिएन । तत्कालिन नयाँ शक्तिका कतिपय नेताहरु सत्तारुढ नेकपा या वैचारिक रुपले समाजवादी धारका अन्य साना पार्टीसँग एकता गर्नुपर्ने लाइनमा थिए ।

कतिपय नेता नेकपामा प्रवेश गर्दै
संघीय समाजवादी फोरमसँगको एकताप्रति असहमती राख्दै आएकी नेतृ सिमा बिकले बुधबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेकी छिन् । संविधान सभा सदस्यसमेत रहेकी नेतृ विक तत्कालिन नयाँ शक्तिमा केन्द्रीय कार्यकारिणी सदस्य थिईन् । उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले पार्टी प्रवेश गराएका थिए । उनले वैचारिक आधार र पृष्ठभूमिलाई नै तिलाञ्जली दिंदै पार्टी एकता गरिएको बताएकी छिन् ।

उनीसँगै अन्य नेताले पनि पार्टी प्रवेश गर्ने भनिएपनि बुधबारको प्रवेश कार्यक्रममा अरु सहभागि भएनन् । स्रोतले बताए अनुसार डा. बाबुराम भट्टराईको निर्णयमा असन्तुष्ट करिब आधा दर्जनभन्दा बढि नेताले केहि दिनमै नेकपा प्रवेश गर्नेछन् ।

यी नेता हुन् असन्तुष्टी पोख्ने
पार्टी एकताको विज्ञप्ती आउँदै गर्दा तत्कालिन नयाँ शक्तिका नेता देवेन्द्र पराजुलीले सामाजिक सञ्जाल मार्फत चर्को असन्तुष्टी पोखेका थिए । उनले नेतृत्वको सोंच र शैली नै लोकतान्त्रिक नभएको बताएका थिए । उनले लेखेका थिए, ‘महाधिवेशन आयोजक समितिको बैठक बोलाउने, सबैलाई कुराउने अनि दुई चार जना मात्रै बसेर निर्णय लिने। यो अलोकतान्त्रिक सोच र शैली हो ।’

उनीसँगै अन्य नेताहरु पनि एकता प्रक्रियाप्रति असन्तुष्ट छन् । तत्कालीन नयाँ शक्तिको पृष्ठभूमि र राजनीतिक कार्यदिशालाई तिजाञ्जली दिंदै उपेन्द्र यादव नेतृत्वको फोरमसँग विलय भएको उनिहरुको आरोप छ । उनिहरुले फोरमसँग एकता नभई विलय भएको धारणासमेत सार्वजनिक गरेका छन् ।

तत्कालिन नयाँ शक्तिका नेताहरु कल्पना धमला, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, राम बहादुर बोहोरालगायत नेताहरुले सुरुदेखि नै असन्तुष्टी पोख्दै आएका थिए । पार्टी एकता लगत्तै उनिहरुले छुट्टै भेला समेत बोलाएका थिए । जानकारी अनुसार असन्तुष्ट नेताहरुले समाजवादी पार्टी छिट्टै छोड्ने सम्भावना छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies