Khabar Dabali Logo
  May 29, Fri

अब विश्वभर निःशुल्क हाइस्पिड वाईफाई उपलब्ध हुने !

चीनको एक कम्पनीले अब विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने भएकाे छ ।
उक्त कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण भएकाे हाे । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् ।


चिनियाँ सञ्चार माध्यमहरुका अनुसार अन्तरीक्षबाट आउने वाईफाई नेटवर्कलाई मानिसहरुले सजिलैसँग आफ्नो स्मार्टफोनलगायतका ग्याजेटमा सजिलैसँग कनेक्ट गर्न सक्नेछन् ।

कम्पनीका अनुसार, आगामी वर्ष चीनको गाँसु प्रान्तस्थित जिउकुआङ प्रक्षेपण केन्द्रबाट उक्त स्याटेलाइट लञ्च गरिनेछ । सन् २०२० सम्म अन्तरीक्षमा यस्ता १० वटा अरु स्याटेलाइट पनि पठाउने योजना छ । त्यस्तै सन् २०२६ सम्ममा अन्तरीक्षमा लिंकस्योरका यस्ता २ सय ७२ वटा स्याटेलाइट हुनेछन् । त्यसले पूरै विश्वमा निःशुल्क वाईफाई नेटवर्क उपलब्ध गराउनेछ । कम्पनीका सीईओ वांग जिग्यिंगका अनुसार, यस योजनालाई सफल बनाउन कम्पनीले झण्डै ५ हजार करोड रुपैयाँ बराबरको रकम लगानी गर्नेछ ।

टेलिकम नेटवर्क तथा अन्य इन्टरनेट प्रदायकहरु नपुगेका र पुग्न सम्भव नदेखिने क्षेत्रहरुमा समेत अन्तरीक्षको उक्त नेटवर्कले काम गर्नेछ । रिपोर्टअनुसार, विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न पाएका छैनन् ।

स्मरणरहोस् स्पेस एक्स नामक कम्पनीले यही वर्ष अन्तरीक्षमा ७ हजार स्टारलिंक स्याटेलाइट पठाउने स्वीकृति पाएको छ भने साे कम्पनीले आगामी केही वर्ष भित्रैमा अन्तरीक्षबाट पृथ्वीमा इन्टरनेट सेवा उपलब्ध गराउनका लागि १६ सय स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गर्नेछ ।
स्पेस एक्सका अलावा गुगल, वनवेब तथा टेलिस्याटजस्ता कम्पनीहरु पनि यस्तो खाले योजना ल्याउने तयारीमा लागिरहेका छन् । एजेन्सी

बैशाख २५ गते, २०७६ - २१:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top