Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

स्तन क्यान्सरका यी १० हल्ला, महिलालाई मात्र होइन पुरुषलाई पनि हुन्छ !

एजेन्सी । स्तन क्यान्सर स्तनका कोषहरु असामान्य रुपमा वृद्धि हुन थालेपछि लाग्न सक्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ । स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।

त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ । क्यान्सर हुने प्रकृतिका ट्युमरले नजीकका तन्तु तथा अवयवहरू नष्ट गर्छन् । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन्, शल्यक्रिया गरेर हटाए पनि फेरी उत्पन्न हुन्छन् र धेरै खतरनाक हुन्छन् । स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाहीँ तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ ।

स्तन क्यान्सर एकदमै छिटो फैलने क्यान्सरमा पर्छ । जसको कारण वर्षेनी थुप्रै महिलाहरुले ज्यान गुमाइरहेका छन् । विश्वमा स्तन क्यान्सरका कारण ज्यान गुमाउने महिलाको संख्यामा दिनानुदिन वृद्धि हुनुको कारण यस क्यान्सरसम्बन्धी ज्ञानको कमि भएको एक रिपार्टमा उल्लेख छ ।

महिलाहरुमा स्तन क्यान्सरको बारेमा सम्पूर्ण जानकारी हुनु अत्यावश्यक छ । समयमा नै स्तन क्यान्सरका लक्षणहरुको बारेमा थाहा भएमा यसको उपचार सम्भव भएको डाक्टरहरु बताउँछन् । तर, स्तन क्यान्सरको बारेमा यथार्थ र हल्लाहरु पनि उत्तिकै सुनिन्छन् । केहि यस्ता हल्लाहरुको पछाडि लागेर स्तन क्यान्सर भएको भ्रममा पर्नेहरु पनि धेरै भेटिन्छन् ।

वास्तवमै स्तन क्यान्सरको बारेमा यथार्थ र हल्ला के के हुन् त ?

१)स्तनमा आएका गाँठागुँठी
स्तनमा आउने स–साना गाँठागुँठीनै स्तन क्यान्सर हो भन्ने भ्रम धेरै महिलाहरुमा व्याप्त छ । बेलायतमा गरिएको एक अनुसन्धानका अनुसार स्तनमा गाँठागुँठी भएका १० प्रतिशत महिलामा मात्र स्तन क्यान्सरको सम्भावना हुन्छ । भने अन्यको स्तनमा फ्याट र सिस्ट बढेर गाँठागुँठी हुने गर्छ ।

२)ब्राले क्यान्सर
महिलाहरुले लगाउने भित्री वस्त्र ‘ब्रा’ ले क्यान्सर गराउँछ भन्ने भ्रम धेरैमा पाइन्छ । भित्री वस्त्रले लिम्फटिक तत्वको प्रवाह रोक्ने भएकाले क्यान्सरको सम्भावना हुन्छ भन्ने तर्क गरिरहेको पाइन्छ तर यो भ्रम मात्रै हो यसमा कुनै पनि प्रकारको वास्तविकता हुँदैन ।

३)पसिना रोक्ने डियोड्रेन्टको प्रयोग
पसिनाको दुर्गन्ध रोक्न प्रयोग गरिने कस्मेटिक सामानको प्रयोगले स्तन क्यान्सर हुन्छ भन्ने मान्यता रहेको छ । तर, अमेरिकी क्यान्सर सोसाइटीले यो हल्ला मात्र भएको बताएका छन् । त्यसैगरी नेशनल क्यान्सर इन्स्टिच्युटको एक अध्ययनले स्तन क्यान्सर र पसिना कम गर्ने पदार्थबीच कुनै पनि सम्बन्ध नरहेको बताएको छ ।

४)स्तन क्यान्सर सर्ने रोग
स्तन क्यान्सर सर्ने रोग होइन यो एकजनाबाट अर्कोमा सर्न सम्भव छैन । स्तन क्यान्सर कोशिकाहरुको अनियमित वृद्धि हुने कारणले लाग्ने भएकाले यसबाट बच्न स्वस्थ जीवनशैली अपनाउन जरुरी हुन्छ ।

५)ठूला स्तन हुनु
ठूलो स्तन हुँदा स्तन क्यान्सर हुन्छ भन्नु भ्रम मात्रै हो ।

६)परिवारमा स्तन क्यान्सर नहुँदा
यदि तपाईंको घरमा कसैलाई पनि स्तन क्यान्सर भएको छैन भने आफूलाई पनि हुँदैन भन्ने भ्रममा रहनु गलत हो । स्तन क्यान्सर भएका ८० प्रतिशत महिलाहरुको परिवारमा यस रोगका विरामी नभएको इतिहास रहेको छ ।

७)परिवारमा कसैलाई स्तन क्यान्सर भएमा
आम मानिसहरुमा परिवारमा स्तन क्यान्सर भएका कोहि महिला भएमा तिनका सन्तानमा पनि स्तन क्यान्सर हुने खतरा हुन्छ । यो सबै भ्रम हो । डाटाको अनुसार १० प्रतिशत मानिसमा मात्र हो रोग जेनेटिकबाट लाग्छ ।

८)म्यामोग्रामबाट सर्छ क्यान्सर
धेरै मानिसमा क्यान्सर जाँच गर्ने मेसिनबाट एक अर्कामा सर्छ भन्ने धारण रहेको छ । क्यान्सर म्यामोग्रामबाट फैलदैन । नेशनल क्यान्सर इन्स्टिच्युटको अनुसार म्यामोग्राफीको सिलसिलामा प्रयोग गरिने रेडिएशनको मात्रा एकदमै कम हुन्छ । जसले क्यान्सर हने सम्भावना एकदमै कम हुन्छ ।

९)के स्तन क्यान्सरको उपचार सम्भव हुन्छ रु
तपाईं क्यान्सरको उपचार सम्भव छ भन्ने सोच्नुहुन्छ भने यो गलत हो । यदि क्यान्सर भएको पहिलो स्टेजमै थाहा भएमा यसको सफल उपचार हुन्छ । यदि क्यान्सर दोस्रो वा तेस्रो स्टेजमा पुगिसकेको छ भने यसको उपचार असम्भव नै हुन्छ ।

१०)पुरुषलाई स्तन क्यान्सर हुँदैन
स्तन क्यान्सर महिलालाई मात्र होइन पुरुषलाई पनि हुन्छ । विश्वमा थुप्रै पुरुषहरु स्तन क्यान्सरका पीडित छन् । यद्यपि, पूरुषमा भएको स्तन क्यान्सर सजिल्यै पत्ता लाग्छ ।

कसरी बच्ने ?
स्तन क्यान्सरबाट बच्नको लाािग स्वस्थ जीवनशैली अपनाउनुपर्छ । जस्तै, तौल सन्तुलन राख्ने र व्यायाम गर्ने गर्नूपर्छ । धुम्रपान, मध्यपानजस्ता खराब बानीबाट टाढा नै बस्नुपर्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies