Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मोदीसँगको मोहभंग, रामदेव अब यसरी हुँदैछन् यूटर्न

एजेन्सी । २०१४ को लोकसभा चुनावका दौरान योग गुरु रामदेवले मुख्य रुपमा भारतीय जनता पार्टी (भाजपा)लाई जिताउन र विशेष रुपमा नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाउन खुलेर लागे । तर अहिलेको निर्वाचनमा उनी पुरै मौन बने । उनी मोदीको लागि भोट माग्न चुनावी अभियानमा कतै सामेल भएनन् ।

उनी सम्बद्ध पतंजलि आयुर्वेदका मुख्य कार्यकारी प्रमुख बालकृष्ण आचार्यले जनहितमा काम गर्ने जुन पार्टी आएपनि फरक नपर्ने बताएका छन् । एक भारतीय मिडियासँग कुरा गर्दै उनले भने, ‘जुनसुकै पार्टी आएपनि गएपनि, हामीलाई यसले कुनै फरक पर्दैन, जुन पार्टी राष्ट्र हित तथा जनहितमा काम गर्छ, त्यसैले नै नयाँ सरकार बनाउँछ ।’

उनले भारतीय एक मिडियासँग भाजपाले किसानको लागि खास काम नगरेको बताएका छन् । उनले भने, ‘वर्तमान सरकारले जे गरेको छ त्यो भारतीय किसानको लागि पर्याप्त छैन । किसानको लागि धेरै गर्न आवश्यक छ । जो सत्तामा आउँछ उसको पहिलो प्राथमिकता हाम्रा किसानहरुका लागि हुनुपर्छ । ठूलो कम्पनी तथा उद्यमीलाई सुविधा दिनुको साटो किसानलाई सुविधा बढाउन आवश्यक छ ।’

बालकृष्णले यो पनि भने कि दुनिया भर योगको लोकप्रिय बनाउनको लागि भाजपाले गरेको प्रयास सराहनी छ । तर आयुर्वेदको क्षेत्र बढाउन सरकार असक्षम देखियो । बालकृष्ण भन्छन्, ‘केहि प्रयास भएको छ तर त्यो एकदमै कम हो । हामी आयुर्वेदको क्षेत्रमा अनुसन्धान तथा विकास गर्ने कुरामा पछाडि छौं । आयुर्वेदको क्षेत्रमा अनुसन्धान तथा विकास नयाँ सरकारको लागि प्राथमिकतामा पर्नु पर्छ ।’

रामदेव यसरी बने मौन
अहिलेको लोकसभा चुनावको दौरान बाबा रामदेव धेरै हदसम्म मौन रहे । साथमा उनी नरेन्द्र मोदीको नजिक भएनन् । पछिल्लो महिना जब राज्यवर्धन सिंह राठौर जयपुरको ग्रामीण निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गरिरहेका थिए । त्यसबेला रामदेवले भने उनको समर्थन गरेका थिए ।

कुनै समय रामदेवले भनेका थिए, ‘आगामी २०–२५ वर्षमा भारत, विश्वको आर्थिक तथा राजनीतिक महाशक्ति बनाउनको लागि हामीले मोदीलाई अझै मजबुद बनाउनु पर्छ । उनको हातमा देश सुरक्षित छ । हाम्रो युवाहरुको भविष्य सुरक्षित छ । महिलाहरुले सम्मान पाएका छन् । किसानका खेत सुरक्षित छ ।\' तर यो भनाई पुरै हिसाबले उल्टो छ जुन उनले पछिल्लो साल दिएका थिए ।

२०१८ को मईमा रामदेवले एनडीटीवीलाई बताएका थिए कि पेट्रोल तथा डिजलको मुल्य बढ्नुको कारण मोदीलाई ठुलाे नोक्सानी पर्छ । उनले एउटा टिभि च्यानलमा यो पनि भने कि लोकसभा चुनावमा भाजपाको लागि कुनै प्रचार गर्नेछैनौं ।

राजनीतिक रुपबाट उनले आफुँलाई टाढा राखेका छन् । रामदेवले एक टिभीसँगकाे कुराकानीमा यसाे पनि भनेका थिए, ‘म सबै दलको साथमा छु । र विना कुनै दल ।\' उनी अघि भन्छन्, ‘जुन मानिसहरु गाईलाई धार्मिक पशु बनाइरहेका छन् यो गलत हो । गाइको कुनै धर्म हुँदैन ।’

२०१३ मा मोदीको समर्थन गरेका थिए
रामदेवले २०१३ मा नै भविष्यवाणी गरेका थिए कि २०१४ को चुनावमा मोदी प्रधानमन्त्री बन्नेछन् । रामदेवले भनेका थिए, ‘हामीले मोदीको लागि भोट दिन आह्वान गर्नुपर्छ । यो यात्रा एक भ्रष्ट शासन तथा आर्थिक न्यायको स्वतन्त्रताको लागि हुनेछ ।’

दुवैले एक अर्काप्रति असाध्यै सम्मान देखाएका पनि थिए । कतिपय स्थानमा मोदी र रामदेवको एउटै साझा मञ्च पनि बनेका थिए । दुवैले एउटै लक्ष्य र दृष्टिकोणको एकदमै खुलेर प्रशंसा गरेका थिए । २०१४ को मार्चमा दिल्ली रामलीला मैदानमा भएको एक सभामा मोदीले रामदेवसँगै आफ्नो लक्ष्य भारतीय कालो धनलाई फिर्ता गराउने भनेका थिए ।

कांग्रेससँगको यू–टर्न
मोदी कार्यकालको दौरान रामदेवले विपक्षी कांग्रेससँग सम्बन्ध सुधार्ने प्रयास गरेका थिए । उनले एक टिभी च्यानलसँग बताएका थिए कि, ‘कांग्रेस अध्यक्ष राहुल गान्धीसँग मित्रतापूर्ण सम्बन्ध छ ।’ उनले राहुल सँगै सोनिया गान्धी नियमित रुपबाट योगाभ्यास गरिरहेको बताएका थिए ।

२०१५ मईमा रामदेवले फेरि राहुलको प्रशंसा गर्दै कमजोर कांग्रेसको जीवित गर्नेवाला भनि श्रेय दिएका थिए । कुनै समय आफु र पतंजलीको विरोधमा कांग्रेसले भुमिका खेलेको बताएका रामदेवले पछिल्लो समय भाजपासँग मौन हुँदै कांग्रेससँग मित्रताको हात बढाएको बुझिन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies