Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

चामलको गेडामा तीन देशको झण्डा !

क्यान्भास । लोक्ता वा नेपाली कागजमा चित्रकला प्रसस्तै भइरहन्छ । दृश्यचित्र होस् या मुहार चित्र, थान्का वा पौभा चित्र ठूलाठूला आकारमा बनाउनु सामान्य हो र धेरै चित्रकारले यस्ता चित्र बनाइरहेका छन् ।

एउटा चालमको गेडोमा निकै कम कलाकारले चित्र कोर्ने कलाकार बिरलै होलान् । त्यसमाथि पनि तीन तीन देशका झण्डा एउटै चालमको गेडोमा अटेको छ । विश्व चर्चित तीन साहित्यकाको चित्र एउटै चामलको गेडोमा बनेको छ । अनि नेपाली मौलिक पोशाकमा सजिएका एक पुरुषको चित्र पनि एउटै चामलको गेडोमा उनीएको छ ।

कतिपयलाई यो नौलो पनि लाग्नसक्छ । उक्त चित्र अहिले तपाईं काठमाडौँमा जारी ‘नेपाल–भारत अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’मा हेर्न सक्नुहुन्छ ।

नेपाल र भारतको चित्रकला प्रदर्शनी भनिए पनि यहाँ एकजना बङ्गलादेशी चित्रकार खालिफा पलाश पनि सहभागी छन्। उनी नै हो चामलको गेडामा चित्र बनाएर प्रदर्शनीमै चर्चा कमाउने चित्रकार । उनको चित्रकला हेर्न सामान्य आँखाले भ्याउँदैन । आइ ग्लासको प्रयोग गर्नुपर्छ ।

\'साह्रै राम्रो लाग्यो, यति सानो चामलको गेडामा यसरी चित्र बनाउँदाको मेहनतलाई सम्मान गर्नुपर्छ,\' चित्र अवलोकन गर्दै मनोविद् डा नरेन्द्र ठगुन्नाले भने । उनले एउटा चामलको गेडोमा तीन देशको झण्डा बनाएर आपसी सम्बन्धलाई देखाउन खोजेका छन् ।

नेपाल र भारत सिमाना जोडिएको जिल्ला हो । सिमाना नजोडिएको जिल्लामध्ये सबैभन्दा नजिक करीब २७ किलोमिटर दुरीमा रहेको बङ्गलादेश सम्बन्धका हिसाबले नजिक छ । \'यी तीन देशको आपसी सम्बन्धलाई प्रगाढ छ भन्ने सन्देश दिन एउटै चामलको गेडोमा तीन देशको झण्डा समावेश गरेको हुँ,\' चित्रकार पलाशले बताए ।

चित्र हेर्नकै लागि आइग्लासको प्रयोग गर्नुपर्छ भने बनाउँदा कति गाह्रो भयो होला ? उनलाई चित्रकला हेर्न आएका दर्शकको पहिलो प्रश्न हुन्छ, \'तपाईलाई चित्र बनाउन गाह्रो भएन ।\'सहज रुपमा उत्तर आउँछ \'अरु बनाएजस्तै सामान्य नै लाग्छ, दुई÷तीन दिनमा एउटा चित्र बनाइन्छ ।\'

मुहारचित्र बनाउनलाई सामान्यतः क्यान्भासमा धेरै समय लाग्दैन । तर उनलाई मसिनो कूचि चलाएर रङ भर्न कठिन त छ नै । त्यसमाथि बगेर जाने जलरङ पानी नसोस्ने चामलको गेडोमा भर्न ठूलै चुनौती छ । रङको संयोजन मिलाउन सकिएन भने आकार निकाल्न नसकिने उनको तर्क छ ।

सांस्कतिक विविधताले भरिपूर्ण नेपालसँग सांस्कृतिक सम्बन्ध विस्तार गरी चित्रकलासम्बन्धी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल र भारतका चित्रकारको सहभागितामा ‘नेपाल–भारत अन्तर्राष्ट्रिय चित्रकला’ प्रदर्शनी आयाजना गरिएको हो । त्यसमा बङ्गलादेशका चित्रकला समेत हेर्न पाउँदा नेपाली कलाकारले खुशी ब्यक्त गरे । राखिएका उनका सात चित्रमध्ये अर्को एउटा चामलको गेडोमा चर्चित साहित्यकार रञ्जना ठाकुर, शेक्सपियर र नजरुलको चित्र कोरिएको छ ।

अर्को एउटा गेडोमा भने नेपाली मौलिक पोशाकमा सजिएका एक पुरुषको चित्र छ । नेपालमा चित्रकला प्रदर्शनी हुन लागेकाले नेपालको प्रतिनिधित्व गराएको उनले बताए । सेड द लाइट पिस मेकरको आयोजना ‘इण्डो–नेपाल कला उत्सव’अन्तर्गत जारी प्रदर्शनीमा अर्का भारतीय चित्रकारले फ्याँकिएका वस्तुबाट बनाइएको मूर्तिकला समेत प्रदर्शनी गरेका छन् ।

चित्रकार सपना शाहले आफ्नो आमाको ममतालाई कल्पना गरेर चित्र कोरेकी छिन् । आमा र छोरीको सम्बन्ध कस्तो हुन्छ, भनेर त्यसलाई प्रतिविम्बको रुपमा आफ्नो कथा उतारेको शाहले बताए ।

भारतीय चित्रकार रितु सिंहले शिशुलाई काखमा लिएर खेलाउँदै गरेको आमाको माया चित्रले पनि दर्शकको मन तान्छ । योसँगै उनका तीन चित्र यहाँ प्रदर्शनीमा छ । कपालमा फूल सिउरिएकी झक्तपुरकी ६५ वर्षीया आमा घाम ताप्दै थिइन्। दुबै हातले गालामा समाएर आफ्नै धुनमा रहँदा वृद्धाको तस्वीरलाई नेपाली चित्रकार एनवी गुरुङले चित्रमा उतारेका छ ।

“साहै्र सुन्दर लाग्यो,” चित्र अवलोकन गर्दै भारतीय राजदूत मञ्जिवसिंह पुरीले भने । विभिन्न देशका चित्रकार सहभागी भएर गरिने यस्तो प्रदर्शनीले सांस्कृतिक सम्बन्ध, भाषिक एकतालाई जीवन्त बनाउने कलाकारले बताएका छन् ।

यहाँ नेपाली २४ र भारतका १०, बङ्गलादेशका र बेलायतका एक÷एक गरी ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियो कला प्रदर्शनमा राखिएका छन् ।

प्रदर्शनममा नेपाल र भारत कला, संस्कृति, रहनसहन, रीतिरिवाज, जीवनशैली, फूल, वन, वन्यजन्तुसहित मुहार चित्र र कुमारीको चित्र समावेश छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies