Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

विवेकशील नेपालीको प्रश्न - पुनर्निर्माण कहाँ पुग्यो सरकार ?

काठमाडौं । विवेकशिल नेपालीले २०७२ सालको महाभूकम्प पीडितहरूको आवासको व्यवस्थालाई प्राथमिकतामा राख्न सरकारकारसँग आग्रह गरेको छ । विवेकशिल नेपालीले बिहिबार एक बिज्ञप्ती मार्फत पुनर्निर्माणको काम थप छिटो अनि प्रभावकारी बनाउन नेपाल सरकार अनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई स्थानीय सरकारको नेतृत्वको प्रभावकारी उपयोग गर्न समेत हामी अनुरोध गरेको हो ।

बिज्ञप्तीमा भनिएको छ \'नेतृत्व भनेकै पूर्वतयारी हो। २०७२ सालको महाभूकम्प गएको आज ४ वर्ष बितेको छ र नेपालमा ८ रेक्टर भन्दा ठूलो भूकम्प ढिलो-चाडोँ जाने अनुमान वैज्ञानिकहरुले गरिरहेको बेला पुनर्निर्माणको काम थप छिटो अनि प्रभावकारी बनाउन नेपाल सरकार अनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई स्थानीय सरकारको नेतृत्वको प्रभावकारी उपयोग गर्न समेत हामी अनुरोध गर्दछौँ। अझै पनि आधा भूकम्प पीडित अस्थायी आवासमा रहेकाले ती पीडितहरूको आवासको व्यवस्थालाई प्राथमिकतामा राख्न विवेकशील नेपाली सरकार समक्ष जोडदार अनुरोध गर्दछ।

विवेकशील नेपाली दलले आफ्नो अनुभवका आधारमा ४ बर्ष अघि नै सरकारलाई छच् भूकम्प पूर्वतयारी रणनीति सुझाएको थियो। के सरकारले यो वा यो भन्दा राम्रो पूर्वतयारीको रणनीतिहरु बनाएको छ ।

वितेका ४ वर्षमा भूकम्पले सिकाएको पाठ हामीले अझै सिक्न सकेका छैनौँ। अझै पनि हाम्रो ढङ्ग पुगेको देखिँदैन। भूकम्पका झट्का हाम्रा लागि ‘मसान वैराग्य’ मात्र हुने गरेका छन्। सरकारको तर्फबाट कुनै नीति, कुनै योजना अनि कुनै पूर्व तयारीको ठोस काम भएको नागरिकले महसुस गर्न पाएका छैनन्। बितेका १४६१ दिनहरूमा नेपालीहरूले हजारौँ परकम्प बेहोरेका छन्। करिब आठ लाख प्रभावित परिवार मध्ये आधा परिवार मात्र नयाँ घरमा प्रवेश गरेका छन्। आधा प्रभावित परिवारले पूरा अनुदान पाएका छैनन्। फेरि पाँचौँ वर्षको बर्खा आउँदै छ। अझै पनि लाखौँ नेपालीहरू पालकै मुनि छन्। हाम्रा मठ-मन्दिर अनि सम्पदाहरू अझै उठ्न सकेका छैनन्। दुस्खको कुरा पुर्निर्माण राष्ट्रिय प्राथमिकता बन्न सकेको महसुस गर्न सकिएको छैन।

हामीले यी भवनहरू बनाइरहँदा अर्को आउन सक्ने भूकम्प बारे कति सजगता अपनाएका छौँ रु हाम्रो पूर्व तयारी कति छ रु आजको थप प्रश्नहरु हुन् यी। हामीले हाम्रा बस्तीहरू उठाउँदै गर्दा, हाम्रा मौलिकता बचाउन सक्दैछौं वा छैनौँ ? हाम्रो इतिहास, संस्कृतिलाई जोगाउन सजग देखिएका छौँ की छैनौँ। यो विनाश हाम्रो लागि नयाँ थालनीको अवसर बन्यो की नाइँ रु हामीले एकीकृत बस्ती बारे कति गृहकार्य गर्‍यौँ रु यी यावत प्रश्नहरूको उत्तर हामीले दिनै पर्छ।

हाम्रो पुनर्निर्माणको काम सुरु नै ढिलो गरी भयो। प्राधिकरणले राजनैतिक खिचातानीको बिच नेतृत्व अस्थिर रह्यो। नीति अनि योजनाहरूले मूर्त रूपमा पाउन ढिलाइ हुँदै गयो। मित्र सहयोगी राष्ट्रहरूको घोषणा अनुरूपको सहयोग पाउन सकेनौँ। तैपनि, हामीले पाउँदै गरेको अर्धसफलताबाट पाठ सिक्दै अघि बढ्न जरुरी छ।

विवेकशील नेपाली दलले भूकम्प गएको २५ मिनेटबाटै उद्धार अनि राहतको काम सुरु गरेको थियो। उक्त सुरुवाती दिनहरूमा आफ्नो कुशल व्यवस्थापनबाट १७ जिल्लाका ४१४ स्थानहरूमा पुग्दै करिब ५८३४ घरहरूको सेवा गर्ने अवसर प्राप्त गरेका थियौँ। त्यसपछि पनि विवेकशील नेपालीले निरन्तर खबरदारी चलाउँदै आएको छ। विवेकशील नेपालीले “पुनर्निर्माण, कहाँ पुग्यो सरकार रु” भन्ने अभियान २०७३ सालदेखि नै चलाउँदै आएको छ।

विवेकशील नेपाली आगामी दिनहरूमा नागरिकको तर्फबाट खबरदारी गर्ने छ। साथै, नेपाल सरकार, पुनर्निर्माण प्राधिकरण, महानगरपालिका लगायत सरोकार निकायलाई पनि साथ दिन तयार छ। २०७६ सालमा बाँकी रहेका पुनर्निर्माणको काम सक्न सरकार समक्ष हामी अनुरोध गर्दछ। नेपाल आमाको जय होस् !\'

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies