Khabar Dabali Logo
  June 1, Mon

झापामा एचआइभीका कारण ३५ जनाको मृत्यु

झापा। झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु हुनेहरु ३५ पुगेको जानकारी दिए ।

विसं २०६५ देखि २०७० सम्ममा १८, २०७१ मा चार, २०७२, २०७३ र २०७४ मा हरेक वर्ष एक÷एक र २०७५ मा १० ले एचआइभी एड्सका कारण ज्यान गुमाउनुपरेको हो । हाल झापामा ६१६ एचआइभी सङ्क्रमितले सरकारका तर्फबाट वितरित औषधि नियमित सेवन गरिरहेका छन् ।

एचआइभी सङ्क्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क रहेको झापामा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनले देखाएको छ । झापामा जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरसहित लवकुश आश्रम भद्रपुर, सहारा नेपाल विर्तामोड, आम्दा नेपाल दमक र नाइट चेस क्लब काँकरभिट्टाले एचआइभी सङ्क्रमितको परीक्षण, उपचार र हेरचाह गरिरहेका छन् ।

मेची अञ्चल अस्पताल भद्रपुरमा सिडीफोर परीक्षण गर्ने मेसिन राखिएको छ भने भाइरल लोड परीक्षणका लागि नमूना सङ्कलन, ड्राइब्लड स्पट कलेक्सन, पिएमटिसिटी सेवा (प्रसूतिबाहेक) जस्ता अति आवश्यक सेवा सङ्क्रमितले जिल्लामै पाउँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन पौडेल बताउछन् ।

लवकुश आश्रम भद्रपुरकी संस्थापक अध्यक्ष रञ्जु शर्माले झापामा सन् २०१७ देखि २०१९ सम्ममा सङ्क्रमित महिलाबाट जन्मेका बच्चामा ३० नेगेटिभ र एक पोजेटिभ फेलापरेको जानकारी दिए ।

बैशाख १२ गते, २०७६ - १४:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा गाडी दुर्घटना : १२ जनाको मृत्यु, २१ घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा...   
मेयर रेणु दाहाल लगायतको संयुक्त प्रयासले चितवन जिल्लामा कोरोना भाइरस जानबाट जाेगियाे

मेयर रेणु दाहाल लगायतको संयुक्त प्रयासले चितवन जिल्लामा कोरोना भाइरस जानबाट जाेगियाे

चितवन । जिल्लाका स्थानीय तह, प्रशासन, अस्पताल, राजनैतिक दलसँगै सरोकारवालाहरुको संयुक्त प्रयासले...   
कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ : नेता शाही

कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ : नेता शाही

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै...   

भारतमा कोरोना सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या...   

रुकुम चौरजहारी हत्या प्रकरण : निष्पक्ष छानबिन गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

रुकुम । रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएका...   

विद्युतीय साधनमाथिको अङ्कुश हटाउन माग

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको भन्दै सरोकारवाला...   

दाङका कोरोना सङ्क्रमितमा डेङ्गु भेटियो

दाङ । दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९...   
चौतर्फी विरोध भएपछि शिक्षामन्त्रीले भने : सामुदायिक विद्यालयको जिम्मा निजीलाई दिने शिक्षा मन्त्रालयको कार्यक्रम होइन

चौतर्फी विरोध भएपछि शिक्षामन्त्रीले भने : सामुदायिक विद्यालयको जिम्मा निजीलाई दिने शिक्षा मन्त्रालयको कार्यक्रम होइन

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि...   

कालापानीबाट भारतीय सेना फिर्ता गराउनुपर्छ : प्रदेश सरकार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गराउन, त्यहाँ निर्माण...   

रौतहटमा फेरि थपिए २९ जना कोरोना संक्रमित, दुुईहजार बढीको रिपोर्ट आउँन बाँकी

रौतहट । रौतहटमा फेरि थप २९ जना कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा संक्रमितको कुल संख्या...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top