Khabar Dabali Logo
  July 18, Thu

नेपालद्वारा मलेशिया ३९ रनले पराजित

काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि(यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा म्यान्मालाई सात विकेटले पराजित गरेको थियो ।

जितसँगै समूह ए मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ । नेपाल साविक विजेतासमेत हो । अघिल्लो संस्करणको खेलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई जितका लािग १४२ रनको लक्ष्य दिएको थियो । जवाफमा मलेशिया ३३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो ।

मलेशियाका लागि सार्भिन सुरेद्रनले सर्वाधिक ४६ रनको योगदान दिए भने अमहेद अस्यार्फले १७ तथा किशन कुमारले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

मलेशियालाई १०२ रनमा समेट्ने क्रममा नेपालका रमेश कुर्मी, तिलकराज भण्डारी र प्रशान्त महतले दुई/दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४१ रन जोडेको थियो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷१६ र सुवास ऐरले ११ रन जोडे ।

बलिङतर्फ मलेशियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे । नेपालले भोलि आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

बैशाख ११ गते, २०७६ - १५:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अपडेटः बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ९० पुग्यो, २९ अझै बेपत्ता

काठमाडौं । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको...   

रक्षा मन्त्रालयद्वारा सीमामा थप २१ सय सैनिक परिचालन

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न...   
भाइको दबाबमा आमाले पठाएको त्यो फोटो फेरिदिएकाे प्रियंका चोपडाको जीवन

भाइको दबाबमा आमाले पठाएको त्यो फोटो फेरिदिएकाे प्रियंका चोपडाको जीवन

एजेन्सी । बलिउडका साथै हलिउडकि चर्चित नायिक प्रियंका चोपडाको आज (१८ जुलाई) मा जन्मदिन हो । उनको जन्मदिनको...   

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको...   

सुन र चाँदीको मुल्य फेरि ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो...   

एन आई सी एशिया बैंक र मेघा हस्पिटलबीच सम्झौता

ललितपुर । एन आई सी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रा.लि. धोबिघाट, ललितपुरबीच बैंकका कर्मचारी, बैंकका...   
५ वटा बुद्धमुर्ति तोडफोड

५ वटा बुद्धमुर्ति तोडफोड

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको...   
बाढीपीडित पशुपक्षीको उद्धार

बाढीपीडित पशुपक्षीको उद्धार

काठमाडौं । बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ ।...   
गृहमन्त्रीद्वारा १५६ हजयात्रीलाई बिदाइ

गृहमन्त्रीद्वारा १५६ हजयात्रीलाई बिदाइ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई...   
मृत्युदण्ड सुनाइएका ‘भारतीय जासुस’ को मुद्दा फेरि हेर्न पाकिस्तानलाई आदेश

मृत्युदण्ड सुनाइएका ‘भारतीय जासुस’ को मुद्दा फेरि हेर्न पाकिस्तानलाई आदेश

अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले जासुस भएको आरोप लगाएका भूतपूर्व भारतीय नौसैनिक अधिकारी कुलभूषण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top