Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

प्रदेश नं ५ मा चार पटक प्रदेशसभा स्थगित

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण विभिन्न विषयमा प्रदेशसभा स्थगन भएको प्रदेश नं ५ को सचिवालयले जनाएको छ । विसं २०७५ को असार ४, साउन १३, माघ १८ र माघ २२ गते विपक्षी नेपाली काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन भएको थियो ।

बजेटका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलको धारणा, स्थायी राजधानीका विषयमा मुख्यमन्त्रीको जवाफ, निर्मला हत्याकाण्ड र डा गोविन्द केसीको सत्याग्रहको विषयलाई लिएर प्रदेशसभा अवरुद्ध भएको थियो । “संसदमा विपक्षी दलको सहभागिता विना संसद् सञ्चालन गर्न सहज वातावरण हुँदैन, विपक्षीको अवरोध भएपछि प्रदेशसभा स्थगन हुन्छ”, प्रदेश नं ५ को प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले भने ।

नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य डिल्ली चौधरीले प्रदेशसभा अवरुद्ध भएपछि धेरै विषय सम्वादबाट समाधान भएको उल्लेख गर्दै अझै पनि प्रदेशको अधिकार कटौतीको विषयमा संयुक्त छलफल गरिरहेको जानकारी दिए।

प्रदेश नं ५ को प्रदेशसभामा अहिलेसम्म ७० वटा बैठक बसेको छ जसले ३३ वटा विधेयक पारित गरेको छ । ती बैठकमध्ये २२ पहिलो अधिवेशनमा, दोस्रो अधिवेशनमा २८ र तेस्रो अधिवेशनमा ३० बैठक प्रदेशसभाको भएको छ । विसं २०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक भएको थियो ।

प्रदेशसभामा पाँच दलका ८७ जनामध्ये एक जना प्रदेशसभा सदस्यको मृत्युपछि ८६ सदस्य छन् । यसमध्ये नेपाल कम्युनिष्ट पार्टीका ६०, नेपाली काङ्ग्रेसका १९, सङ्घीय समाजवादी फोरम नेपालका पाँच र राष्ट्रिय जनमोर्चा नेपाल र राष्ट्रिय जनशक्ति पार्टीका एक एक प्रदेशसभा सदस्य छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies