Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बाह्र वर्षपछि सडक विवाद मिलाउँन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा

जाजरकोट । निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् ।

विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारीसाधन चल्न धौधौ परेको यस सडक खण्डमा विवाद सल्ट्याउन कर्मचारी लिएर प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह गाउँ पुगेका हुन् । सिंहसँगै सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्ट, पूर्वसांसद भक्तबहादुर शाह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलगायतको टोलीले १२ वर्षपछि स्वार्थका कारण यातायात चल्न नसक्ने अवस्था सिर्जना भएको सडकको निरीक्षण गरी प्राविधिक ९स्टिमेट० लागतसमेत बदलेका छन् ।

निर्माणकार्य शुरु भएको १२ वर्षसम्म यातायातका साधन चल्न नसकेपछि चौतर्फी आलोचना बढिरहेको बेला प्रदेशसभा सदस्य सिंहले सबै सरोकारवालालाई लिएर भेरी नगरपालिका–२ राङ्सीमा गई समस्या समाधान गरेका हुन् । पूर्वसभासद् भक्तबहादुर शाहको घर हुँदै जाने सो सडक, उहाँ नै संविधानसभाका सभासद् भएको बेला निर्माण भएको थियो । प्राविधिकलाई अनावश्यक दबाब दिएर स्टिमेटभन्दा बाहिर गई निर्माण गरिएको यो सडकमा यातायातका साधन चल्न नसक्ने अवस्था सिर्जना भएपछि अहिले सबै सरोकारवाला निकायको उपस्थितिमा स्टिमेट बदलेर सडक पूर्ण निर्माण गर्ने सहमति भएको हो ।

एउटै गाउँमा १२ मोड बनाएर सडकमा यातायातका साधन मोड्न नसक्ने अवस्था सिर्जना भएपछि यातायातका साधन चल्न नसक्ने अवस्था सिर्जना भएको थियो । २१ किलोमिटर सडकमा रु ३२ करोड रकम खर्च हुँदासम्म यातायात चल्न नसक्दा चौतर्फी आलोचना बढेपछि प्रदेशसभा सदस्य सिंहको नेतृत्वमा स्थानीयवासीको उपस्थितिमा विवाद समाधान गरेर सडक निर्माणको बाटो खुलेको हो ।

यो सडकलाई कर्णाली प्रदेश सरकारले लुम्बिनी, जाजरकोट, खलङ्गा, बाहुनथाना, राङ्सी, पाँचकाटिया जुम्ला हुँदै रारा जोड्ने रणनीतिक महत्वको रूपमा लिदै आएको छ । विवादका कारण सडकको स्तरोन्नति हुन नसक्दा सडक निर्माणकार्य अलपत्र पर्दैै आएको थियो । अहिले सो सडकखण्डमा ग्राबेलको कामसँगै फराकिलो बनाउने कार्यसमेत शुरु भएको सिंहले बताए । विवादका कारण सडक मर्मत गर्न समस्या भएकाले अब समाधान भएपछि काम अगाडि बढ्ने डिभिजन प्रमुख भट्टले बताए ।

चुनावमा भोट हाल्नका लागि कार्यकर्तामार्फत खबर पु¥याउने नेता गाउँमा आएर विवाद सल्ट्याएको र भेटघाट गरेको पहिलो घटना भएको स्थानीयवासी मैनकला वलीले बताए ।
जाजरकोट बीचविन्दुमा भएकाले सडक निर्माणपछि पर्याप्त लाभ जाजरकोटका जनताले लिनसक्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । मन्त्री बस्नेतले भने, “हामी जाजरकोटवासी तीन सडकको बीचविन्दुमा छौँ, जाजरकोट छोएर तीन त्रिदेशीय सडक निर्माण भइरहेको छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies